प्रेमको पातलिँदो परिभाषा (भाग २)
- Published in कान्तिपुर गाथा
- Be the first to comment!
- Read: 3628 times
सुयशको जीवनमा मायाको घाम लाग्न लाग्न खोज्थ्यो, अनि कालो वादल आएर ढपक्क छोपी हाल्दथ्यो। पर्सोन्यालिटी त उसको पनि छ्या भन्ने खालको थिएन। रामेश जस्तो हंकी नभएपनि औसत केटाहरु भन्दा अलिमाथि नै थियो उ। एटिच्यूड प्रोव्लेम भने खूव थियो उसमा। साथीभाइसंग हिंडदा वढी नै पोज मार्ने वानी थियो उसको। कानमा इयरफोन छुटदैनथ्यो। गीतको शोखिन थियो उ। पुराना हिन्दी गीतमा निकै रमाउथ्यो। महिनै पिच्छे मोवाइल फेर्ने शोख थियो उसको। कान्तिपुर शहरमा भर्खर भर्खर व्लूटूथ आएको वेला उसले पनि त्यो यन्त्र कानमा लगाएको थियो। अमेरिकावाट देश घुम्न आएका उसका काकाले के भिरेको त्यो कानमा? अमेरिकामा त लेवर कामगर्नेले मात्रै भिर्छन यस्तो त! भनेपछि उसले कानवाट व्लूटूथ झिकेर थन्क्याइ दिएको थियो।