Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

प्रेमको पातलिँदो परिभाषा (भाग २)

सुयशको जीवनमा मायाको घाम लाग्न लाग्न खोज्थ्यो, अनि कालो वादल आएर ढपक्क छोपी हाल्दथ्यो। पर्सोन्यालिटी त उसको पनि छ्या भन्ने खालको थिएन। रामेश जस्तो हंकी नभएपनि औसत केटाहरु भन्दा अलिमाथि नै थियो उ। एटिच्यूड प्रोव्लेम भने खूव थियो उसमा। साथीभाइसंग हिंडदा वढी नै पोज मार्ने वानी थियो उसको। कानमा इयरफोन छुटदैनथ्यो। गीतको शोखिन थियो उ। पुराना हिन्दी गीतमा निकै रमाउथ्यो। महिनै पिच्छे मोवाइल फेर्ने शोख थियो उसको। कान्तिपुर शहरमा भर्खर भर्खर व्लूटूथ आएको वेला उसले पनि त्यो यन्त्र कानमा लगाएको थियो। अमेरिकावाट देश घुम्न आएका उसका काकाले के भिरेको त्यो कानमा? अमेरिकामा त लेवर कामगर्नेले मात्रै भिर्छन यस्तो त! भनेपछि उसले कानवाट व्लूटूथ झिकेर थन्क्याइ दिएको थियो।

Read more...

प्रेमको पातलिंदो परिभाषा

रेष्टुरामा साथीहरुसंग रमाइ रहेको रामेश अचानक ठूलो स्वरमा एउटा पुरानो हिन्दी गीत गाउन थाल्यो – क्या हुआ, तेरा वादा! उसको गायन सुनेर साथीहरु रमाएनन। गीतको नाममा कहिल्यै ग सम्म पनि उच्चारण नगर्ने रामेश आज एकाएक किन गाउन थाल्यो? के भयो उसलाई? कतै रक्सी लागेको त होइन?

Read more...

कसै माथि अनुचित प्रभाव पार्ने काम म कहिल्यै गर्दिन : शरद्‍चन्द्र शाह

२०४२ फागुन २६ गते देशान्तरमा प्रकाशित शरद्‍चन्द्र शाहसितको अन्तर्वार्ताः

किशोर :  तपाईलाई सार्वजनिक जीवनमा लाग्ने उत्साह कहाँबाट प्राप्त भयो?
शाह :  मेरो छात्र जीवनको अन्तिम भाग बेलायतमा बित्यो। त्यहाँ मैले आफ्ना जिन्दगीका उद्देश्यहरू बारे गम्भीर चिन्तन मनन गर्ने प्रशस्त अवसर पाएँ। त्यस बेला अन्य प्रलोभन तिर आकर्षित नहुनुको कारणले मैले पढाईका अतिरिक्त पाएको समयमा आफ्नो जिन्दगीको उद्देश्य के हो भन्ने सोच्नमा लगाएँ। मैले त्यसै बेला श्रीमद् भागवद् गीताको विस्तृत अध्ययन गरें। म मा जसरी हुन्छ, जुन तरिकाबाट हुन्छ तन, मन, धन अर्पण गरेर मातृभूमिको सेवा गर्नु पर्छ भन्ने भावनाको उदय भयो। त्यही अनुरूप जबसम्म म सक्षम छु म देशको सेवामा आफ्नो सम्पूर्ण क्षमता लगाइरहन्छु। यो मेरो बानी नै भइसकेको छ।

किशोर :  तपाईंको जीवनमा कुनै त्यस्तो रोमांचक क्षण आएको होला–जसलाई तपाईं आफ्नो स्मृतिमा राखिराख्न चाहनुहुन्छ?
शाह :  कुनै पनि उद्देश्य प्राप्तिका निमित्त गार्ह्रा –गार्ह्रा  चुनौतिहरूलाई स्वीकार्दै काम गर्दा जब उपलब्धि हासिल हुन्छ, त्यस बेलाको अनुभूति निश्चय नै रोमांचक हुन्छ। मेरो जिन्दगीमा यस्ता निकै अनुभवहरू छन्। सफलता असफलता भनेको त बेग्लै कुरा हो।

किशोर :  तपाईको दृष्टिमा ठूला उपलब्धि के हुन्?
शाह :  मेरा सामुन्ने खेलकुद जगतकै चुनौतिहरू छन्। खेल जगतका राष्ट्रिय, अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा, निकै ठूला चुनौतिहरूको हामीले सामना गर्यौं । विभिन्न अन्तर्राष्ट्रिय समितिहरूमा लडिएका चुनाव र नयाँ नयाँ खेलहरूको स्थापना गर्ने क्रममा पाएको सृजनात्मक सफलता निश्चय नै हाम्रा लागि ठूला उपलब्धि हुन्।

Read more...

रगतको भल

कहाँ यस्तो थियो र यो वस्ती? डा“डाको कुनैपनि कुनावाट देखिने जंगलमा फूलेका लाली गुरा“शका निख्खर राता फूलहरु नै छोपिने गरी ढलान भै सकेछ शहरको। सिमेन्टका घरहरुले भरिइ सकेछ पूरै वस्ती। अस्थायी कटेरा र गुम्तीहरुले शहरलाई ढपक्कै ढाकी सकेछ। यो शहरको सौन्दर्य नै वरपरका जंगलहुन। जंगल– न सारै घना, न सारै छिमलिएका। मनलाई मन्द हावामा हेलेर चराहरुको चीरवीरमा जंगलतिर एकोहोरिएको शहरको आँखा नै छोपिएपछि वा“की के रहन्छ र?
Read more...

हिसि हराएको शहर

आत्महत्या होइन, हाराकीरी। आत्महत्या सोझो र सपाटहुन्छ। एकदुई तीखा शव्दहरु मनको भित्री तहमा गडेपछि जव मानिस असह्य वेदनाहरुले छटपटाउन थाल्दछ, त्यसवेला भावनाको अतिरेकमा आफनो घा“टीमा आफै सुर्किने कस्न थाल्दछ। हिजो विहानमात्रै, एकाविहानै, घाम भुल्किनसम्म पनि नपाउँदै, भर्खरै जवानीको सीमाना छुन लागेकी शहरकी एउटी केटीले आफनै कोठाको दलिनमा घा“टीमा पासो लगाएर आत्महत्याको प्रयास गरी। काठमाडौंमा अव दलिन राखेर वनाइएका आवासीय घरहरुमा रमाउनेहरु वा“की नै कति छन र? पूर्वको इच्छुमती र पश्चिमको विष्णुमतीलाई काठमाडौं शहरको सा“ध सीमाना मान्नेहरुको पुस्ता टुंगिइ सकेको छ। घरको मूल ढोकाको दाया“–वाया“ वनाइएका खोपामा राखिएका गणेश र भीमसेनलाई अक्षता चढाएर भरेङ उक्लि“दै गरेकी केटीकी आमाको आँखामा पासोको त्यो भयानक दृश्य नपरेको भए त्यो एउटा यौवन अकस्मात आएको आ“धी अचानक रोकिएजस्तै गरी रोकिन्थ्यो। भरेङ उक्लिदै गरेकी आमा त्यो दृश्य देखेर आत्तिएकी थिइ। उसको हातवाट खोपाको भीमसेनलाई नित्य जल चढाउने करुवा खसेर भरेङमा गुडेको थियो...टन, टन, टन।
Read more...

हजुर आमाको चिठी

यो वर्षको दशैंमा विनित पनि नआउने भयो, विनिता पनि नआउने भई। दुवै नआएपनि ता आउँछस् कि आउँदैनस्? तेरो बाबा भन्दै थियो, पुनित आउँछ। यसपाला त“ पक्कै आएस्। महाअष्टमीको दिन तेरो वर्तमन गर्नुपर्छ। त्यो दिन लगन जुराउनु पर्दैन। त“ मेरो नाति भएर पनि वर्तमन नगरि बिहे गरिछस्।
Read more...

चिन्ताका क्षणहरू

प्रिय पाठकहरू, एउटा केटीको नाम, जुन नामलाई प्रायः मेरो काल्पनिक नाम भनिन्छ र जुन नाममा मैले झण्डै तीन वर्षसम्म तीन सय पटक भन्दा बढी कलम चलाइ सकेकोछु, काल्पनिक नाम होइन भन्ने कुरा सके तपाईहरूलाई थाहा होला। आफनो विचारमा मैले त्यो नाम अन्तर्गत धेरै जीवन्त रचनाहरू लेखेको छु र, ती रचनाहरूसँग आत्मसात गरेको छु।
Read more...

सिमलको भुवाभित्र, अलमलमा जीवन

हामी पन्ध्र हजार एकसय मिटरको उँचाइमा उडनेछौं...हवाइ जहाजले गति लिंदैछ। आठसय किलोमिटर प्रतिघण्टा। सीटको माथिल्लो भागमा केही अक्षरहरु चम्किइ रहेका छन। फासेन योर सीट वेल्ट। नत्रभने उछिट्टिने डर हुन्छ। उछिट्टिए पनि कतै पुगी हाल्ने होइन नि। नो स्मोकिंग– अक्षरहरु चम्किइ रहेका छन। कति अविश्वासी हुन्छ मानिसको जात। एकछिन अघिमात्र तीन तीन ठाउँमा पूरै खल्ती टक्टक्याएर सलाई लाइटरको चेक जा“च गरी सकेपछि पनि के भनेको होला यो – सम्पूर्ण उडान अवधिभर धूम्रपान नगर्नु होला। अनि, यो पन्ध्र हजार मिटरमाथि कुन नेटवर्कले काम गर्ला र मोवाइल प्रयोगगर्ला मानिसले? कतै टावरको टुप्पो देखिइ पो हाल्छ कि। जहाजको झ्यालवाट चियाउन खोज्दछु। आँखालाई जतिसुकै धर्तीतिर ओराले पनि संसारलाई चियाएर हेर्न सकिदैन यो सानो झ्यालवाट। पन्ध्र हजार मिटरमाथि सिमलका भुवाजस्तै छरिएका वादलका समूहभित्र छिरेपछि मानिस आफैसंग रत्तिन थाल्दो रहेछ एकोहोरो, एकनासले।
Read more...
Subscribe to this RSS feed

© Kishore Nepal. All rights reserved.