Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

राजा वीरेन्द्र र उनका भाइ राजा ज्ञानेन्द्रले दुई ठूला गल्ती गरे। राजा वीरेन्द्रले बीपी कोइरालाले बढाउनुभएको राजनीतिक सहयोग र सहकार्यको हात नसमाएर राजतन्त्रका विरुद्घ विपत्तिको बीजारोपण गरेका थिए भने राजा ज्ञानेन्द्रले गिरजिाप्रसाद कोइरालालाई दुत्कारेर गणतन्त्रको बीजारोपण गरे।

राजा वीरेन्द्रका महत्त्वाकांक्षाहरू राम्ररी बुझेकी इन्दिरा गान्धीले क्षेत्रीय राजनीतिमा सन्तुलन कायम राख्न उनीसँगको सम्बन्धलाई पारिवारकि र कूटनीतिक हिसाबले मिलाएर राखेकी थिइन्। बाहिरी रूपमा राजा वीरेन्द्र आफूलाई स्वतन्त्र राजाका रूपमा प्रस्तुत गर्दथे भने कूटनीतिको महत्त्वपूर्ण मामिलामा इन्दिरासँग उनले आफ्नो तादात्म्य मिलाएका थिए। इन्दिरा गान्धीको हत्यापछि अचानक नै त्यो पारिवारकि सम्बन्धमा धाँजा फाट्यो।

मूर्तिहरूको सहर काठमाडौँका प्राचीन मन्दिरहरूबाट ऐतिहासिक महत्त्वका कलात्मक मूर्तिहरू रातारात हराउथेँ। यस्ता मूल्यवान् मूर्तिहरू अन्तर्राष्ट्रिय बजारमा करोडौँ करोड रुपियाँमा बिक्ने गर्दथे। यो व्यापारमा राजा महेन्द्रका कान्छा भाइ वसुन्धरा र माइला छोरा ज्ञानेन्द्र शाहको नाम जोडिने गर्दथ्यो।

शाही नेपाली वायुसेवा निगम अधिराजकुमार ज्ञानेन्द्रको प्रभावमा थियो। निगमका लागि कुन जहाज कसरी किन्ने, कुन जहाज बेच्ने, उड्डयन र पर्यटन क्षेत्रको विकासका लागि के गर्ने र के नगर्ने सबै निर्णय निर्मल निवासमा हुन्थ्यो।

बडामहारानीलाई युवराजाधिराज दीपेन्द्र धीरेन्द्रको संगतले बिग्रन लागेको महसुस भएको थियो। बेलायमा पढ्न बसेका दीपेन्द्र अनेक प्रकारका उटपट्याङ काममा लागेको चर्चा थियो। हि्वस्की पिउने र केटीहरूसँग संगत गर्ने त सामान्य कुरा थियो। एकपटक उनले बेलायतबाट प्रकाशित हुने सन पत्रिकालाई दिएको अन्तर्वार्तामा नेपालमा आफूले चाहेकी कुनै पनि केटीलाई सुताउन सक्ने बताएका थिए।

सूर्यबहादुर थापाले सुधारिएको पञ्चायतका पक्षमा जनमत बटुल्न साम, दाम, दण्ड र भेदको नीति अख्तियार गर्नुभएको थियो। जनमतसंग्रहमा राजाको पक्षलाई जिताउन राष्ट्रिय स्रोतको ठूलो दुरुपयोग गरिएको थियो। झापाको जंगल सखाप पारिएको थियो भने सर्पको छालाको व्यापार खुब चम्किएको थियो। कतिपय व्यापारीहरू दुई नम्बरी धन्दाबाट रातारात करोडपति र देशका प्रतिष्ठित व्यापारी बनेका थिए। अहिलेको प्रतिष्ठित औद्योगिक समूह चौधरी गु्रपको जग त्यही बेला हालिएको थियो। ०३६ सालको जनमतसंग्रहमा प्रधानमन्त्री सूर्यबहादुर थापामार्फत निर्दलीय पञ्चायतलाई सहयोग गरेपछि नै चौधरी परिवारको भाग्यको ढोका खुलेको हो।

विनोद चौधरीको सोझो सम्बन्ध थियो, अधिराजकुमार धीरेन्द्रसँग। मोहनगोपाल खेतान राजा, रानी, अधिराजकुमारहरू, प्रधानमन्त्री र देशका प्रमुख सरकारी पदाधिकारीहरू सबैसँग सोझो सम्पर्कमा रहन्थे।

संसारमा कहीँ पनि चुनावमा कसैको पराजय ठूलो समाचार बन्दैन। तर, किसुनजीको पराजय मदन भण्डारीको विजयभन्दा ठूलो समाचार बन्यो। यही किसुनजीको शक्ति थियो।

गणेशमानजीका लागि किसुनजीको पराजय अप्रत्याशित थियो। उहाँ गिरजिाप्रसाद कोइरालालाई प्रधानमन्त्रीका रूपमा देख्न चाहनुहुन्नथ्यो। किसुनजी पराजित भएपछि उहाँको इच्छा महेन्द्रनारायण निधिलाई प्रधानमन्त्री बनाउने थियो।

चक्र दाइले आन्दोलनका पक्षमा आफ्नोे व्यापक परचिय र प्रभावको प्रयोग किन गर्नुभएन, यसको जवाफ मैले अहिलेसम्म पनि पाउन सकेको छैन। मैले त्यतिखेर उहाँलाई जर्ज फर्नान्डिस, सुरेन्द्र मोहन, नीतिश कुमारलगायतका समाजवादी नेताहरूसँग सम्पर्क र सम्बन्ध राख्न सल्लाह दिएको थिएँ। तर, उहाँले त्यसमा खासै ध्यान दिनुभएन।

"ओहो, अच्छा ! जेएनले पनि अन्तरमि सरकारको औचित्यमा प्रश्न उठाए ? बदमासहरू ! यिनीहरूले कुरै बुझेका छैनन्।" टिप्पणीसहित किसुनजीले भन्नुभयो, "त्यसलाई काटछाँट गर्न मिल्दैन ? काटछाँट गरेर देखाइदेऊ।" मैले जेएनको अन्तर्वार्ताका आपत्तिजनक अंश सम्पादित गरेर प्रसारण गर्न लगाएँ।

वामदेव गौतमको गृहमन्त्रीकालको चर्चित प्रसङ्ग थियो- सुन तस्करी। यो गठबन्धन सरकार सुन तस्करीका मामिलामा बदनाम भयो। काठमाडौँ महानगरपालिकाका मेयर केशव स्थापित वामदेवका दाहिने हात मानिन्थे। उनको कल्पनाशील दिमाग नकारात्मक र सकारात्मक विचारहरूले सधैँ भरभिराउ हुन्थ्यो। काठमाडौँका ठूलासाना तस्करहरूसँग उनको व्यापक सम्पर्क थियो।

सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताका बारे सेनाको रजिर्भेसन थियो। यस्तो रजिर्भेसन रुक्माङ्गद कटवालको थियो कि पूरै सङ्गठनको थियो ? यसबारे मैले निकै खोजी गरेँ। सरकारको केन्द्रमा महत्त्वपूर्ण पद लिएर बसेका मन्त्रीप्रति सैनिक संगठनको रजिर्भेसन स्वाभाविक हुनै सक्दैनथ्यो। पछि स्पष्ट भयो, यस्तो रजिर्भेसन कटवालको व्यक्तिगत थियो।

नारायण खड्काको नेतृत्वमा प्रधानमन्त्रीको कार्यालय संगठित थिएन। प्रधानमन्त्रीको प्रतिरक्षामा गर्नुपर्ने काम शिथिल थियो। सत्ताको केन्द्रमा पुगेपछि मानिसका व्यवहारहरू बदलिने गर्दछन्। खड्का पनि यसबाट मुक्त थिएनन्। उनमा पार्टी र सरकारबीच न्यूनतम सन्तुलन मिलाउन सक्ने खुबी देखिएन।

कुबेर शर्माको निकृष्ट मानसिकताको परचिय थियो। सूचना पढेपछि म सरासर किसुनजीकहाँ पुगेँ र गुनासो गरेँ, "किसुनजी यसका विरुद्घ वक्तव्य दिन्छु कुबेरले ममाथि लगाएका एकएक आरोपहरूको जवाफ दिन्छु।" उहाँले भन्नुभयो, "होइन छोडिदेउ। केही नगर। उनको धृष्टताको जवाफ उनीभन्दा बढी दुष्ट भएर दिने हो र ?"

केदारमान सिंह अलिकति बढी भाउ खोज्ने, विनय गुरुवाचार्य साँच्चै विनम्र देखिने, भोला राणा बिन्दास र अक्कड। काठमाडौँमा विदेशी समाचार संस्थाहरूको प्रतिनिधित्व गर्ने यी सबै नेपाली पत्रकारहरूको स्वभाव परस्परमा विपरीत भए पनि सबै कुनै न कुनै हिसाबले दरबारसँग जोडिएका थिए।

कमल थापाले देशान्तरलाई सरकारका पक्षमा ल्याउन साम, दाम, दण्ड र भेदका सबै नीति अपनाए। यसका लागि उनी व्यक्तिगत रूपमा मात्रै होइन, सरकारकै पक्षबाट पनि सक्रिय थिए। उनी पटकपटक कुराकानीका लागि मेरो घर आए। तर, उनका सबै प्रयास र प्रयत्न निष्फल भए।

मैले एक दिन जेपीलाई अखबारको कार्यालयमा नआउन भनेँ पनि। तर, सुरुचि कार्यालयको पछाडिबाट बग्ने टुकुचामा धेरै फोहर पानी बगिसकेको थियो। अन्ततः मलाई एक दिन सुरुचिबाट घोक्य्राएर निकालियो। म प्रधान सम्पादकको कुर्सीबाट एकैपटक पुतलीसडकको पेटीमा आइपुगेँ।

© Kishore Nepal. All rights reserved.