Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

कति राम्री गरिमा !

रेष्टुरामा साथीहरुसंग रमाइ रहेको रामेश अचानक ठूलो स्वरमा एउटा पुरानो हिन्दी गीत गाउन थाल्यो – क्या हुआ, तेरा वादा! उसको गायन सुनेर साथीहरु रमाएनन। गीतको नाममा कहिल्यै ग सम्म पनि उच्चारण नगर्ने रामेश आज एकाएक किन गाउन थाल्यो? के भयो उसलाई? कतै रक्सी लागेको त होइन?

साथीहरु के गर्ने कसो गर्ने टुंगोमा पुग्न नसकेको वेला रामेशको कुममा हात राख्दै किमिलाले विस्तारै सोधी – के भयो रमी?

किमिलाको मायालु स्वर सुनेर रामेश खुशी भयो। आफनो अनुहारमा एक थोपा पनि खुशी आउन नदिइ उसले रुन्चे स्वरमा विलौना गर्यो – आज लोकतन्त्र डे हैन? लोकतन्त्र भएपछि हामी सवै स्वतन्त्र हुन्छौं भनेको होइन? तर, खोइ कहा छ यहा लोकतन्त्र? यहावाट निस्केपछि मापसे चेकिंग हुन्छ। त्यहावाट उम्किन सके घरमा हुने अर्को मापसे चेकिंगवाट जोगिनु पर्दछ। यही हो त लोकतन्त्र? लोकतन्त्रमा सवैको अधिकार समान हुन्छ, मान्छेले आफनो इच्छा अनुसारको जिन्दगी भोग्न पाउछ भनेर सरले पढाएको होइन? खोइ त हाम्रो खान पिउन लाउन र रमाइलोगर्न पाउने मौलिक अधिकार? हिंड साथी हो, लोकतन्त्रको नाममा झूठो कुरा पढाउने त्यो सरलाई हामी सवैले एक एक किक दिउ र झोंकतन्त्र मनाउ।
रामेशको कुरा सुनेर सवै गललल्ल हासे। एउटा सुयश मात्रै हासेन। उसको अनुहार आवश्यकता भन्दा वढी नै गम्भीर थियो। उ मनमनै सोची रहेको थियो – यो मोरो पागल रुदा किमिलाको टाउको किन दुखेको? के छ यिनीहरुको वीचमा?
सुयश किमिलालाई लभ गर्दथ्यो। लभ र फ्रेण्डशिप संगसंगै चल्ने यो जमानामा किमिला उसलाई लभ गर्थी कि गर्दैनथी? थाह पाउन सकेको थिएन सुयशले। किमिला आफू वाहेक अरु कसैसंग पनि वोली भने उसको पारो चढथ्यो। अहिले पनि भएको त्यही थियो – त्यो साला रामेशलाई रमी रे! सुयश मनमनै उत्तेजित भै रहेको थियो।
सुयशको मनमा चलेको आधी वेहरीका वारे कसैलाई थाह थिएन। मनमनै गुम्सिने मान्छेको मनको कुरा कसरी थाह पाउनु? सुयश सोच्न थाल्यो – अव फेसबुक अकाउण्टमा स्टाटस अपडेट गर्दछु – आइ लभ यू किमी, आइ लभ यू सो मच। वी काइण्ड टू मी। उसले मोवाइलमा नेटवर्क खोज्न थाल्यो। वासापस पासवर्ड टाइप गर्यो। नेट कनेक्ट भएन। जंकीहरुले खानाको भन्दा नेटको खोजी वढी गर्न थालेपछि साहूजीले पासवर्ड चेन्ज गरि दिएको थियो। नया पासवर्ड उसकी छोरी सुकुमायाले आफनो सम्झनामा मात्रै राखेकी थिइ र सुकुमाया यतिवेला अर्को टेवलमा वासा सर्भ गर्दै थिइ।
एकछिन अघिसम्म रुन्चे स्वरमा आलाप विलाप गरी रहेको रामेश साथीहरुलाई लोकतन्त्रको परिभाषा सुनाउदै थियो : हलिउडमा जति लोकतन्त्र वलिउडमा छैन। कलिउडको त कुरै नगर साथी हो। यहाको सेन्सर त वलिउडको भन्दा खतराको छ। हलिउडमा मात्रै हो, सेन्सर पनि छैन, टेन्सन पनि छैन।
रामेशको भाषण एकदमै ठीक लागी रहेको थियो किमिलालाई। उसको घरमा पनि लोकतन्त्र नाम मात्रैको थियो। कपडाका मामिलामा उ माथि सेन्सर शुरु भएको थियो ड्याडी ममीको। किमिलाले भोड्का र चुरोट तान्ने गरेको शंकामा उसको पकेट मनी पनि काटिएको थियो। उसको चालामाला वढी नै लोकतान्त्रिक भएकोमा ड्याडी ममी चिन्तित थिए। वेला वेलामा उनीहरु आफना पालाका कुरा सम्भि्कन्थे र रमाउथे। किमिलाका ड्याडी ममीले पनि लभ गरेका थिए। त्यतिवेला गुपचूप प्रेमपत्र ओहोर दोहोर गर्नु वाहेक अतिरिक्त गतिविधिमा लाग्ने त चान्स नै थिएन...

© Kishore Nepal. All rights reserved.