Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

हजुरआमाको चिठी

यो वर्षको दशैंमा विनित पनि नआउने भयो, विनिता पनि नआउने भई। दुवै नआएपनि ता आउँछस् कि आउँदैनस्? तेरो बाबा भन्दै थियो, पुनित आउँछ। यसपाला त“ पक्कै आएस्। महाअष्टमीको दिन तेरो वर्तमन गर्नुपर्छ। त्यो दिन लगन जुराउनु पर्दैन। त“ मेरो नाति भएर पनि वर्तमन नगरि बिहे गरिछस्।

त्यो छ“डुलीलाई पनि लिएर आएस्। त्यसको पनि माना–पाथी भर्नुछ। तैंले मलाई थाहै नदिई बिहे गरिछस्। मैले यहा“ तेरा लागि भनेर कुलघरानकी छोरी खोजीकी थिए“। कन्या कलेजमा पढ्दै थिई। कलकलाउँदी, राम्री, शील–स्वभावकी थिई। बाबु निकै धनी थिए। तैंले बिहे गरिस् भने त मोटर नै दाइजो दिन्छु भन्दैथे। जेठी छोरीको बिहेमा उनले जति दाइजो दिए ती सबैको हिसाब गर्ने हो भने हाम्रै घरमा अटाउने थिएन होला। त्यस्ता धनी र कुलघरानकी छोरीसंग बिहे नगरेर त्यो कहाँ कहाँकी कुइरिनीसंग बिहे गरिस्। तैंले त तेरो बाजेबराजुको नाकै काटी दिइस्। मैले तेरो बाबासंग गुनासोगर्दा उसले वास्तै गरेन। खोई के हो के हो, तिमी बाबु छोरा दुवैलाई आफ्नो कुलको नाक जाने डरै छैन। अहिले पनि सक्छस् भने त्यो छ“डुलीलाई त्यतै छोडेर आइज। यहा“ म तेरा लागि एउटी धनी केटी खोज्छु। झ्याईंझ्याईं बाजा बजाएर एकपटक तेरो बिहे गरिदिन्छु। त्यसपछि मलाई एउटा पनाती पाइ दे र त“ जहा“सुकै जा। तेरो र तेरो बाबाका कारण कुलको धर्म नै नष्ट हुन लागि सक्यो। तेरो बाबा अचेल सराद्ध पनि गर्दैन। पहिले–पहिले त सराद्ध गर्ने, गराइदिने बाहुन पनि पाइन्थ्यो। अचेल धूमधामले नेहोरा गर्दा पनि बाहुनै पाइदैन।

अस्ती तेरो हजुर बाबाको सराद्ध थियो। तेरो बाबालाई मैले हजार पटक हात जोरें सराद्ध गर् भनेर। अह“ टेर्दै टेरेन। बिहानै पशुपति गएर भएभरका माग्नेलाई पेटभरी हलुवापुरी खुवाएर आएछ। त्यसरी पनि सराद्ध हुन्छ र? मेरो त चित्तै बुझेन। फेरी तेरी ठूली आमालाई गुहारेर एउटा सराद्धे गर्ने र अर्को सराद्धे गराउने बाहुन खोज्न लगाए“। सराद्धे त भयो। तर, मलाई विधि पुर्यासएर गरेजस्तो लागेन। आतेपातेमै सिध्याए सराद्धे। सय रुपिया“ दक्षिणा दिएकी थिए“। मान्दै मानेनन्। धेरै कराउन थालेपछि फेरी पचास पचास थपिदिए“। त्यसको भोलिपल्ट रीमाले आएर भनी, हजुरआमा, हजुरआमा, हिजो सराद्धे गर्ने र गराउने बाहुन त दुवै जैसी परेछन्। त्यसले मलाई जिस्क्याउन ठट्टा गरेकी हो कि सा“च्चै थाह पाएर भनेकी हो। मलाई थक्कथक्क लाग्यो। कस्तो जमाना आयो? पहिले पहिले हजुरको घरमा पुरेत बस्न पाउँ भनेर कस्ता–कस्ता सक्कली पण्डित आउँथे। तेरो हजुरबाबाले पा“चजना पण्डित पाल्नु भएको थियो। घरमा तिथि सराद पर्दा पाथीका पाथी सिधा लैजान्थे। तेलटारबाट आउने मार्सी धान म पहिले नै तिथी सरादका लागि छुट्याएर राख्दथे। तेरी मामीले पनि मेरो बिंडो थामेकै थिई। तर, के गर्नु, मलाई लानुपर्ने कालले त्यसलाई लग्यो।

पढे–लेखेकी र जागीर खाएकी भए पनि तेरी मामी भिन्नै स्वभावकी थिई। ऊ गएपछि मैले त“लाई र रिमालाई कति धामा गरेर हुर्काए“। तर, अहिले त“ विदेश गएपछि हजुरआमालाई सम्झनै छाडेको छस्। तेरो बाबा दिनभर काममा जान्छ। रातभरि पढ्छ। पहिले पहिले त त्यो नकटी रीमा पनि हजुरआमा–हजुरआमा भन्दै चेपारो घस्न आउँथी। अहिले त उसलाई फुर्सदै छैन।
तेरो बाबा मेरो कुरै सुन्दैन। अब त रीमाले उमेर खाइसकेकी छ। गएको असारदेखी उन्नाइसकी लागी सकी। बडो आङकी ढडा“ककी देखिन्छे। त्यसको बिहे गर्ने बेला भइसक्यो भन्दा तेरो बाबा उमेरै भएको छैन भन्छ। अस्ती …बाबु, आफैं पोइ खोजेर गई भने कुलको त नाकै काटिन्छ' भन्दा पहिले पोइ खोजोस्, त्यसपछि त्यसैले खोजेको पोइसँग बिहे गरिदिएर नाक जोगाउँला भन्यो। खाली ठट्टा मात्र गर्छ तेरो बाबा। ऊ चाहीं प्यान्टे कट्टु र च्यान्टे कमिज लगाएर नाइटो हल्लाउँदै दौडिन्छे। कहिले कलेज जाने भन्छे, कहिले क्लब जाने भन्छे। यसो विदाको दिन पर्योा कि भएभरका केटाकेटी जम्मा गर्दछे र दिनभरि नाच्छे। मैले केही भन्यो भने तरक्क आ“सु चुहाउँछे। चित्त दुखाउँछे। अलिअलि अङ्ग्रेजी त मैले पनि बुझेकी छु नि। अस्ती एउटा गुईंठेसंग अङ्ग्रेजीमा भन्दै थिई, …यू मीट मी एट एक्सजोन ओके?' मैले …मीट मी' त बुझें तर, …एक्सजोन' बुझिन“। तेरो बाबालाई सोधेको खिस्स हा“सेेर टारी दियो। ओ के ओ के भन्दाभन्दै कुनै दिन भु“डी बोकी भने के गर्ने? मलाई डर लागेको छ। उमेर हो, उमेरमा गर्न हुने र नहुने कुराको छ्यान विचार हु“दैन। अब त“ आफैंलाई हेर। हामीले त“लाई पढ्न पठाएका थियौ, तैंले बिहे गरिस्। अहिले त ठिकै छ, पढाइ पनि सकिस्, काममा पनि लागिस। त“ त काममा नलागेको भए पनि केही फरक पर्ने थिएन। तर, यो नकटी रीमाले के बबण्डर गर्ने हो पत्तो छैन।

अब म धेरै बूढी भइसकें। तिमीहरूको चिन्ताले आधा जिउ भइसक्यो। पोहोरसम्म आफैं बत्ती काटेर देउतालाई चढाउँथे। यसपालि, मनीबाजेले पुनीतको सूर्यको दशा चलेकोछ, बाह्रसुते बत्ती बालिदिनु भनेका थिए। बल्लबल्ल छर छिमेक गुहारेर बत्ती कात्न लगाए। एकसय आठ वाह्रसुते बत्ती बालेर सूर्य भगवानसंग तेरो कल्याणका लागि गुहार लगाएकी छु। त“लाई शनिको दशाले पनि छोएको छ। शनिबार शनिबार नुहाएर पिपललाई पानी चढाउने गर्नु। तिमीहरू धर्मकर्म केही मान्दैनौ। उसै त वंश खिईंदै गएको छ। त“ भएको एउटा नातिले पनि म्लेच्छसंग बिहे गरिस्। कता हो, अचेल अङ्ग्रेजलाई पनि हामी जस्तै हिन्दु बनाउँछन् रे! त्यो छ“डुलीलाई छाडदैनस् भने बरु हिन्दु बनाइ दे! म त्यतिमै भए पनि सन्तोष मानौंला। मलाई त रीमालाई धेरै पढाउने मन थिएन। तर, तेरो बाबाको जिद्दीका अगाडि मेरो केही जोर चलेन। अब तैंले अंङग्रेज्नी छानेको जस्तै त्यसले पनि अङ्ग्रेज लडको छानी भने समाजको अगाडी कसरी मुख देखाउनु? तैले त लौ बुहारी नै भित्र्याएको होस् । रीमाले त्यसैगरी ज्वाईं भित्र्याई भने त्यो ज्वाईंलाई कसरी भान्सामा उकाल्नु? तिमीहरूले मलाई यो मर्ने बेलामा एकरत्ति सुख–शान्ति र चैन नदिने भयौ। माथि स्वर्गमा गएपछि मैले तेरा हजुरबाबालाई र अरु पितृलाई के जवाफ दिनु? तिमीहरू यस्ता कुरा बुझदैनौ।

यसपटक ता आउँछस् भनेर दशैंका लागि मैले मधेसबाट दुईवटा खसी मगाएकी छु। त“लाई कलेजो भुटेको मन पर्दछ। एउटा खसीको कलेजोले त“लाई छोप पनि लाग्दैन। अब मधेसको पनि के कुरा गर्नु? तेरो बाबा जोगी जस्तो छ। उसलाई केही चाहिने होइन। मधेसको त्यत्रो सम्पति सबै अलपत्र छ। तेरो हजुरबाबाले त्यो सम्पति बडो मेहनत गरेर जोड्नुभएको हो। तेरो हजुरबाबाले महाराजलाई रिझाउन के मात्रै गर्नु भएन? त्यसरी नरिझाएको भए यति सम्पति जम्मा हुनै सक्दैनथ्यो । महाराजलाई खुशी तुल्याएर तेरो हजुरबाबाले जंगलै बक्सिस पाउनुभएको थियो। साठीजना थारुले त्यो जंगल फाडानी गरेका थिए। जंगल फा“ड्दाफा“ड्दै सातजना थारु औलो लागेर मरे। तिनका सन्तान अहिलेसम्म पनि हाम्रै खेत खलियानमा काम गर्दैछन्। अस्ति कता हो, सरकारले कमाईखाने थारुलाई मुक्तगर्न कानुन बनायो रे! त्यसपछि एक हुल थारु यहा“ तेरो बाबासंग कुरा गर्न आएका थिए। तेरो बाबाले सजिलै भनि दियो– मैले तिमीहरूलाई कहिले बा“धा राखेको छु र? मन लागे काम गर, नलागे जाऊ। तर, उनीहरू त सरकारले मुक्ति दिएपछि मालिकले पनि मुक्ति देला भन्ने डरले पो आएका रहेछन्। तेरो बाबाले मन नलागे जाऊ भने पछि अलाप–विलाप गर्न थाले। तेरो बाबाले बल्लबल्ल सम्झाएर पठायो।

अ“, अरु थोक जे भए पनि ता आउँदा त्यो छ“डुलीलाई ल्याउन नबिर्सिनु। छोडे त हुन्थ्यो। तर अब त त्यसलाई छोड्न सक्दैनस होला! जे भए पनि आफ्नो नातिले सुमरेपछि त्यो यो घरकी बुहारी नै हो। बरु, त्यसैलाई फकाएर तेरो यहा“ अर्कीसंग पनि बिहे गरिदिउँला। तेरो बाबा त“ आउँछस् भनेर बाटो हेर्दैछ। त“ यसपटक घर नआई नछाडेस्। सवभन्दा ठूलो कुरा तेरो वर्तमन नगरी हु“दैन। तेरो वर्तमन नगरेसम्म पितृ तर्दैनन्। त्रिशंकु भएर आकाशमा अड्की रहन्छन्। तेरो बाबा त हामी जिउँदाहरू पनि पितृ जस्तै त्रिशंकु भएर धर्तीमा अड्किएका छौं पितृको के कुरा भन्छ। त्यो के के भन्छ, म त त्यसको कुरै बुझदिन। विनित र विनिता पनि आए त हुन्थ्यो। तर, अर्काको सन्तान आफ्नो जस्तो हुने रहेनछ। मेरी मुवा मर्जी हुन्थ्यो, अर्काको बाच्छो चाट्यो मुखभरि रौं। तिनीहरूको व्यवहार देखेर अहिले त मलाई पनि त्यस्तै लागेको छ।

© Kishore Nepal. All rights reserved.