Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

चिन्ताका क्षणहरू

प्रिय पाठकहरू, एउटा केटीको नाम, जुन नामलाई प्रायः मेरो काल्पनिक नाम भनिन्छ र जुन नाममा मैले झण्डै तीन वर्षसम्म तीन सय पटक भन्दा बढी कलम चलाइ सकेकोछु, काल्पनिक नाम होइन भन्ने कुरा सके तपाईहरूलाई थाहा होला। आफनो विचारमा मैले त्यो नाम अन्तर्गत धेरै जीवन्त रचनाहरू लेखेको छु र, ती रचनाहरूसँग आत्मसात गरेको छु।

निबन्धको सन्दर्भ
एकः


प्रिय पाठकहरू, एउटा केटीको नाम, जुन नामलाई प्रायः मेरो काल्पनिक नाम भनिन्छ र जुन नाममा मैले झण्डै तीन वर्षसम्म तीन सय पटक भन्दा बढी कलम चलाइ सकेकोछु, काल्पनिक नाम होइन भन्ने कुरा सके तपाईहरूलाई थाहा होला। आफनो विचारमा मैले त्यो नाम अन्तर्गत धेरै जीवन्त रचनाहरू लेखेको छु र, ती रचनाहरूसँग आत्मसात गरेको छु। त्यसैले आफना ती प्रिय रचनाहरूलाई म कुनै बेेवारिसी नाममा, जसको अस्तित्व केवल अन्दाज मात्र हुन्छ, लेखु“? यो हुन सक्ने कुरा होइन। वस्तुतः त्यो एउटा जीवन्त नाउँ थियो– मेरा लागि– र आज पनि छ, तर हिजो र आजमा धेरै फरक छ। म चिन्तनको शाश्वत शैलीबाट त शायद अलग भएको छैन तर मानसिकताको यो धरातलमा मबाट अब सुश्री रूक्मणीका नाममा रचनाहरू नलेखिउन भन्ने लाग्दैछ। आफनो अन्तःस्करण देखि नै सार्हैब कमजोर मानिसका लागि जीवनको त्यतिबेलाको घतलाग्दो क्षण सम्झनु र त्यसैमा बहकिनु बाहेक अर्को विकल्प वहाना छुटेको डुङ्गा मात्र हुन सक्दछ।

यसलाई मेरो आत्म स्वीकृति माने हुन्छ कि त्यो नाम एउटा परिकल्पित नाम नभएर, एउटा लेखक–पत्रकारलाई लेख्नका लागि चाहिने भनिएको तथाकथित प्रेरणा स्रोत नभएर, एउटा जिउँदो यथार्थ हो। त्यसो भनेर यो कथा कुनै भावुक प्रेमीले आफनो मन वहलाउन वा प्रेमिकाको नाउँ चलाउन पत्र–पत्रिका मार्फत प्रकट भएको निश्चय पनि होइन। वास्तविकता अर्कै छ र त्यो कथा भन्दा पनि आश्चर्य लाग्दो छ। आफना पाठकहरूसँग मेरो विचार सम्प्रेषणको सम्बन्ध नभएको भए संभवत प्रारम्भमा संबोधन आफैलाई गर्ने थिए“ हु“ला। तर मलाई त्यो समस्या नपर्ने कुरा निश्चित छ। यसै कारण पनि, यतिबेला मलाई केही लेख्ने मूड आयो। कुनै एक समयको विचार, विचार भन्दा पनि त्यसको प्रस्तुतिकरणको शैलीलाई उठाउनु पर्दछ भन्ने मलाई पक्का थाहा छ। मानिस अवसरहीन छैन, तर गुमेको अवसरलाई सम्झेर पछुताउने वर्गको पनि म होइन। लेख्नुको अर्थात यो लेख्नुको यो भन्दा मीठो प्रस्तुतिकरण अरू केही हनु सक्दैन होला।
रातो रङ्गको कपडामा वयसन्धी नाध्न थालेकी एउटा केटीको तपाईहरू कल्पना गर्नोस्, कस्तो लाग्यो? झण्डै तेर्ह  वर्ष अघि त्यो केटीलाई मैले यसै रूपमा भेटेको थिए“। त्यो भेट मात्र थियो, आत्मीयताको प्रारम्भ थिएन। झूठ नबोल्ने हो भने, म यौनिक रूपमा त्यस बखत उ प्रति नराम्ररी आकर्षित भए“ र मेरो व्यवहारले त्यसबेला उसमा एक प्रकारको नमिठो–असजिलोपना पनि ल्यायो होला। त्यसपछि चार महीना पछि फेरि हाम्रो भेट भयो र मैले उसको व्यवहारमा एउटा नवीन आकर्षण फेला पारें। उसले पनि मलाई आफनो देहयष्टि प्रति लोभिएको मान्छेको सरल मूल्यमा भन्दा बढ्तै चिनी र उसले मलाई होइन, निश्चित होइन, म भित्रको एउटा प्रतिभालाई चिनेकी थिई।
हाम्रा सम्बन्धहरूले, त्यसपछिका झण्डै बार्ह  वर्षसम्म, निखार पाइ नै रहे। पारम्परिक रीतिका विवाह बाहेक हामीले कुनै पनि पर्दा राखेनौं। त्यो सम्बन्धले नै अभिप्रेरित गरेर शायद मैले उसको नाम छापामा दर्ता गराए“।
अब एउटा कुरा कि त्यो केटीको मृत्यु भएको केही महीना भयो भन्ने खबर तपाईहरूले पाउनु भयो भने के सोच्नु हुन्छ? कृपया विचार गर्नोस्। त्यसपछिका मेरा कुराहरूमा ध्यान दिन तपाईहरू विलक्षण रूपले सफल हुनुुहुनेछ। यति कुरामा ध्यान दिनुहोस् यो कुरा सार्वजनिक र लेखकीय हितलाई पनि ध्यानमा राखेर प्रकाशित गर्नैपर्ने कुनै एउटा सिङ्गो वाध्यता छ कि छैन?
केही दिन अघि मात्र मैले आदर्श प्रेमको हदसम्मको अविश्वसनीय सिनेमा हेरें र समाचार पत्रमा त्यो सिनेमाको प्रेरणा पाएर आत्महत्या गर्ने एउटा जोडीको बारेमा पढें। त्यो कस्तो संवेदनशीलता थियो कुन्नि? संभवतः हाम्रो समाजमा प्रेमको आदर्शलाई ज्यू“दो बनाउने कुराले अहिले पनि काल्पनिक कथाको भन्दा माथिल्लो दर्जा ओगट्दछन्। नओगटुन पनि किन? प्रत्येक दशक हामी कहाँ हजारौं कृष्ण जन्मन्छन् र तिनैको पुराणगाथा हाम्रो दर्शन, साहित्य, जीवन सबै थोक हो।
तर मैले शोक मनाउन यति मात्र चुनंे कि त्यो केटी अब छाया“मा जीवित छैन।
त्यससँग मेरो निष्ठाको सम्बन्ध त्यसबेला टुट्यो जब मैले सोचें, साहसको एउटा निकै लामो लेखकीय सीमालाई उसले नाघिसकेकी छ। म आफनो धारणामा दृढ थिए“, कलमले पाउनु पर्नेसम्म उपलब्धि उसका लागि प्राप्त थियो र सामाजिक जागरूकताका लागि उसको देन अद्वितीय।
सम्भवतः उसँगको मेरो सम्बन्ध अझ खुलस्त भएको छैन। यसलाई म खुलस्त गरेर आफनो स्तरलाई ती बिकाउ पत्र–पत्रिकाका लेखकहरूको तहमा लान चाहन्न जो आफना मनहरूमा बडो …बोल्ड' भाषा बुन्दछन् र आत्मरतिको एक अन्तिम हदलाई नाघ्दछन्। सम्बन्धको घनिष्ठता र मनको एकात्मक आत्मीयतालाई देखाउन यदि विछ्यौनाका कुराहरू लेख्नु अनिवार्य छन् भने निश्चय नै म त्यस्तो अनिवार्यतालाई नमस्कार भन्न हिचकिचाउन्न।
केही दिन अघि म भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ्ग जिल्लाको सिलगुडी भन्ने शहरमा थिए“। भारतमा इन्दिरा गान्धीको इमर्जेन्सीमा पनि त्यति प्रताडना थिएन जति त्यतातिरको हाम्रो पुस्ताले चेतनाको पहिलो समयदेखि नै मानसिक रूपले भोग्दै आएको छ। पछि धरान आएर मैले मेरो साथी कलाकार मुकेशलाई यही कुरा बताए“— त्यहा“ सुरक्षाको कमी छैन, खानपीन र बसोवास सस्तो छ, यातायात र मनोरञ्जनको तकलीफ छैन, पढ्न–लेख्न पत्र–पत्रिकाहरूको एक रत्ति अभाव छैन, अर्थात त्यहा“ केही दिन र केही रात बडो राम्रोसँग गुजार्न सकिन्छ, तर पनि मेची पारी छ“दासम्म मलाई यही लागिरह््यो कि म मेची पारी कहिले पुग्दछु? यो माटोको आकर्षण र यसको गन्ध नै यस्तो छ कि मेरो लागि, म अर्को कुरा सोच्दै सोच्दिन।
सा“च्चै यो माटोले मलाई सधैसधै भावुकतालाई स्वीकार्न वाध्य गराउँछ, त्यतिबेला पनि जब जिउले थाम्न सक्ने जति कथित अबैध राजनीतिक साहित्य उनेर म यो माटोमा हिडिरहेको हुन्थंे अर्थात म स्वयं एउटा सिङ्गो र नजानिदो असुरक्षालाई काखी च्यापेर हिडेको हुन्थें। त्यसबेला पनि माटोको मोहले शायद म त्यहीं थिए“ र आज पनि मेरो पछि–पछि यो गन्धले मलाई टाढासम्म लखेटेर फेरि भित्रै ल्याउँछ— मेची यता।
अनिकाल, खण्डवृष्टि, खडेरी, अभाव र महामारीको बीचमा बसेर पनि सन्तुलित हुने चेष्टा गर्दैछु र मेची पारीको सुरक्षालाई बुढी औंला देखाइरहेछु। त्यस केटीमा माटोको यो गन्ध एकदमै थोरै थियो— मेरो एक पटकको घ्राणमा त्यो सबै निस्क्यो पनि, मसँगको एक दशकको सहचर्यमा उसमा गन्ध थपियो पनि, तर मलाई थाहा छैन त्यो गन्ध स्थायी बस्यो कि बसेन? पाठकहरू, तपाईहरूको यो प्रचण्ड आत्मीय मित्र गलत नै हो। थप्पडहरूको अतिले शायद मलाई अर्कै केही बनायो भने त्यो कुरा मलाई थाहा छैन।
मैले एकपटक त्यस केटीको म्वाई खाएको थिए“— झण्डै पन्ध्र मिनेटको त्यो म्वाईमा मैले माटोको हो कि हो कि जस्तो गन्ध मात्र पाए“। माटोको यो प्रसँगले तपाईहरूले सोच्नु भयो होला म एउटा शानदार राष्ट्रवादी दर्जा पाउन योग्य छु।
संभवतः मलाई त्यस केटीसँग माटोले छुट्यायो। किनभने भाषा, मेरो लागि, चाहे त्यो कुनै पनि भाषा होस्, तगारो होइन भन्ने कुरा बिडम्वना मात्र होइन। श्रमले आत्मविश्वास दिन्छ भन्ने कुरा म जस्तो चेतनाको पहिलो प्रहार देखिको श्रमजीवीलाई राम्ररी थाह छ। त्यसैले पाठकहरू, मेरा निवन्धहरूमा संवेदनाका क्षणहरू केही बढी नै परेका छन् भने मलाई थाह छ, तपाईहरूले त्यसलाई मेरो श्रमले जन्माएको संवेदना मानेर अस्वीकार गर्नु हुने छैन।


 

दुईः

…चिन्ताका क्षणहरू' मूलरूपमा सेल्युलाइड—८१ को नामले संग्रहको आकांक्षा राखिएको निबन्धहरूलाई दिइएको नाउँ हो। नेपाली गद्य साहित्यमा आफनो कीर्ति स्थापना गर्ने अभिष्ट राखेर भन्दा मैले आफना पारिवारिक चिन्ताका समयमा मन र मस्तिष्कको स्वच्छताका लागि निबन्धहरू लेखें। त्यसैले संग्रहका लागि रोजिएको शीर्षक जायज छ भन्ने मलाई लागेको छ।
विकास र अविकासको संघारमा खडा रहेको नेपाली गद्यलाई आफना निबन्धहरू मार्फत परिष्कारको दाबी नगरे पनि एउटा स्वाभिमानी लेखकको नाताले यी निबन्धहरूको सान्दर्भिकतालाई म इन्कार गर्दिन। यी निबन्धहरू मूल्याङकनको खरो आरनमा खारियुन भन्ने आग्रह राखेकेा छु।


एक :
प्रक्रियामा

भङ्गेराको जोडी खट्प्वालमा संभोगरत छन्, अनायास भाले उड्छ र पनि पोथी स्थिर छे। भाले फेरि आउँछ। फेरि संभोग र फेरि संभोग। आँखामा दृश्य नपार्न पनि सकिन्छ। तर पर्न जान्छ। फेरि पर्न जान्छ।
म आकाश जस्ती आमाको छेउमा बसेको छु— धेरै पटक प्रयास गर्छु— एउटा तस्वीर खिंचु, अहिले नै। मलाई सार्हैी हतारो छ— सार्हैर। म आत्तिईसकेको छु। म निस्सासिई सकेको छु। मेरा पाइलाहरू गर्हुल“गा भएका छन्। स्थितप्रज्ञ छु। लाटो छु र आफनै अस्तित्व प्रति बेहद संवेदनशील पनि।
भङ्गेराको संभोग फेरि प्रारम्भ हुन्छ।
यो सपना होइन, शाही नेपाल वायुसेवा निगमको सेल्स काउन्टर हो। मङ्गलमय शुभकामनाहरू सजाएको एउटा ठूलो भवन।
एउटा भर्खरको ठिटो सेल्समा— उ भन्दैछ— “क्यान्सर पेसेन्ट? तपाईको आमा?? युटेरस क्यान्सर???”
म निरीह आमाको गाला सुमसुम्याई रहेको छु।
ठिटो भन्दैछ— “अन्ठाउन्न मात्र? तर.....” ठिटो बा“की शब्द आ“शुमा बोल्दछ— “मेरो आमा त अठ्चालीसमा नै जानु भयो।”
वेदनाले म आत्तिन्छु। नियतिले मेरी आमालाई कति वर्ष बोनस दिएको छ कुन्नी, मलाई थाहा छैन। संसार विहानको सुन्दरतम सपनाहरूबाट प्रारम्भ भएर एउटा कुरूप दुर्गन्धमा सकिन्छ। कत्रो आश्चर्य।
मृत्युको अनिवार्यता त्यो मलाई थाहा छ। यथार्थमा म जान्दछु मेरी आमा जीवनको समाप्तितिर हुनहुन्छ। तर म पनि मेरी आमा जतिकै ढिपीवाला छु, उहा“ छिट्टै मर्नु हुन्न। मेरो जीवनमा तीस वसन्त मात्र देखेर उहा“ले मर्नु हु“दैन। तर आमाको जीवनको आग्रह गरेर म उहा“का लागि पीडा, निराशा र अशान्तिको एउटा सिङ्गो र अनावश्यक जीवनको माग गरिरहेको हुन्छु।
मर्सि किलीङ— म पसीनाले निथ्रुक भिज्दछु।
घा“टी सा“गुरिदै गएको छ र प्रत्येक पटकको बाडुल्कीमा चिन्ताले घरलाई एउटा लहर दिन्छ। ठीक सात घण्टा पछि हजारौं फिट अग्लो आकाशमा विजया आमाको टाउकोलाई आफनो काखमा राखेर उडीरहेकी हुनेछ। तर विज्ञान स्वयं नै जुन रोगबाट पराजित छ भने?
राती आएर बिरालाहरू कराई दिन्छन्। आँखा फुट्ने अ“ध्यारोमा हा“डी घोप्ट्याए जत्तिकै चूक अन्धविश्वासले सानदिदी बिरालो लखेट्छे।
“आमा”
“हु“।”
समय कोलाहल मात्र बा“चिरहेको छ। मानिसका अजस्र पसिनाहरू बगिसक्दा पनि यो विकासशील देशले एउटा क्यान्सर अस्पताल खोल्ने प्रयत्न गरेको छैन। देशका दानवीर कर्णहरूले आफनो कमाईको एक रौं हिस्सा देउतालाई चढाएर मोक्ष कमाई रहेकाछन्। मानिसहरू आफनो देशमा मर्न नपाएर दिल्ली, भेलोर र बम्बईसम्म सास धानी रहेकाछन्।
म त्यही प्रक्रियामा सामेल छु। एउटा नामर्द मुलुकको कमारो नागरिकको त्यो भन्दा अर्को नियति हुन पनि सक्दैन।
ब्राह्मणहरू स्वस्ति वाचन गर्दैछन्। लयहरूः ओं पुनन्तुमा देवगणा, पुनन्तुमा सविता।
स्वर अनुगुञ्जित छः स्वस्ति न इन्द्रो वृद्धश्रवा स्वस्ति न पुषा विश्ववेदा स्वस्ति ं ं ं ं ं ंं ं
म लयबाट पर सुकेका आँखाले आफनी आमाको दिव्य र तेजस्वी निधारलाई हेर्दछु। उमा चिठी लेख्छेः हजुरआमा, तपाईलाई संचो होस् भनेर म रोज देउतालाई गाईको दुध चढाई रहेकी छु।
म आफुलाई सम्भि्कन्छु— मृत्यु सुखद हुनुपर्दछ।
त्यसपछि म विस्तारै कुनै एक देउताको नाउँमा थुक्दछु किन भने मलाई भूत लागेको छ र भूतले बेसारमा लटपटिएको पहेंलो अक्षता मात्र रूचाउँछ। ज्योतिषले दृढ विश्वास पोखेको छः वैशाखसम्म उहा“लाई कडा दशा छ, तर मार्केस छैन। केही हु“दैन।
 म आमाको वरिपरि रूमल्लिई रहेका मृत्युका छाया“हरूलाई देख्दछु र पनि आफैमा ठीक भनेको छ, कुनै …मिरेकल' अवश्य हुन्छ। आमालाई संचो हुन्छ। त्यसपछि मेरो कातर मुटुमा साईबाबा आएर बस्दछन्।
जे भए पनि अन्धविश्वासलाई मैले मानसिक शान्ति मानेको छु।
त्यसैले अब्राहम कुभरको दिवंगत आत्माले मलाई क्षमा गरोस् मैले उनको वैज्ञानिक यथार्थलाई पचाइन।
मलाई थाहा छः निबन्धको शीर्षक कस्तो हुनुह“दैन? बौराउन नपाएका आकांक्षाहरू छन्। म नियतिको यतिविघ्न क्रुरता र मारहरूलाई सहनै नसक्ने भएको छु। नियति एउटा प्यारासाइट हो। साला परजीवी।
जिन्दगी बस सर्की रहेको छ। शायद यो कलमले अब केही बेरको विश्रान्ति खोजेको हुनुपर्दछ।


 
दुई :
सम्झेर दिनहरूलाई

म आफनो कोठामा बसेर, जगजीत सिंह र मेंहदी हसनसँगै, एउटा उदास सा“झ बिताइरहेको छु। आँखाहरू भत्भती पोलेका छन्। पाइलामा ताकत छैन। सारा शरीर भयानक तातोमा बाफिएको छ।
नित्से भन्छन्, “दयाबाट भन्दा युद्ध र साहसबाट धेरै महान् कामहरू भएका छन्। तपाई दयाशील भएर होइन बहादुर भएर नै धेरै दुर्भाग्यहरूबाट आजसम्म जोगिनु भएको छ।” म यतिखेर शून्यबाट जोगिन नुहाउन चाहन्छु, तर उदास वा नउदास दुवै सा“झमा हामी नुहाउनबाट मनाही गरिएको छौं।
म नित्सेको मृत ईश्वरलाई सम्झन्छु र फेरि उदास हुन्छु।
वास्तवमा म हिजो आज एउटा उदास समाजको प्रतिनिधित्व गर्न चाही रहेको छु र अहिले पनि तुवा“लोले ढाकेको पर्वत श्रृंखलामा एउटा यस्तो रेखा खोज्दैछु जुन रेखा अहिलेसम्म कोरिएकै छैन भन्ने मलाई राम्रोसँग थाहा छ।
यथार्थमा यो शून्यको कुनै कारण छैन।
यो शून्यको धेरै अर्थहरू लाग्न सक्दछन्।
यो विराट शून्यलाई मेरो नमस्कार छ।
हामी खोइ कति ठूलो संकटमा पछारिएका रहेछौं थाहा छैन। जीवनले यहा“ कुनै उद्वोधन भेट्न सकिरहेका छैन। हिजो सा“झ भेटिएको एउटा मित्र कामको निरन्तर खोजीमा थियो। एउटा राम्रो काम र एउटी राम्री पत्नी अहिलेसम्म उसले भेट्न सकेन। उसले आफना कुण्ठित सपनाहरूका बारेमा मसँग गुनासो गर्योी र आफनी प्रेयसीले चटक्क छोडेकीमा निकै बेरसम्म चित्त दुखायो र दुखाइ रह्यो।
मैले उसको उदासीलाई पनि आफनै उदास संध्यामा मिलाएको छु। जिब्रोमा कति तीतो स्वाद बसेको छ।
हाम्रो यो शताब्दीको एउटा विभत्स अन्त्य छ।
जब घामको चौतीस तापमानमा हामी बरालिईरहेका छौं, जब हामी आफनो पसिनाको एउटा निश्चित मूल्य नपाएर छट्पटिइरहेका छौं, जब हामी एउटा प्रतिबन्धात्मक समाजमा निस्सासिइरहेका छौं।
माटोले निर्वासनका लागि सहज निर्गम दिएको छ। निर्गम यति सरल छ तपाईलाई मेरो कलमबारे पनि एकदिन सबै कुरा बिर्सनु पर्ने छ। हामीमा न बहादुरी छ, न साहस छ, न दया र उत्साह छ। म दिनभर आफनो कपाललाई एउटा नयाँ रूप दिएर कोर्न खोजिरहेको हुन्छु र सधै एउटा पुरानो संस्कारको डोरीले बा“धिन्छु।
हामीले प्रयोगका नयाँ आयाम भेटेका भनिन्छ, कति व्यर्थ र असहज कुराहरूमा हामी बा“धिएका छौं। आ“गनमा मेरी फुपूसँग खेलिरहेको मेरो सानो छोरो अहिले एउटा विशाल क्षितिज देखेर हा“सीरहेको छ— उसलाईं के थाहा कि उ एउटा उदास सा“झ बेहोर्न जन्मेको आफै एउटा सिंगो बोझ हो जीवनको।
हामी सिसीफसको जीवन बिताइरहेका छौं र प्रिय सम्पादकजी, तपाई आफना हजार शब्दहरूलाई हजार पटक दोहोर्याोउनु हुन्छ। डा“डाबाट सिसीफसको लक्ष्य फेरि बेंसीमा ओर्लिन्छ। तपाई आफनो सम्पादकीय फेरि लेख्नुहुन्छ, म आफनो स्तम्भ फेरि लेख्छु। सिसीफस आफनो लक्ष्यलाई फेरि सुल्टो गुडाउँछ। यो अन्त्यहीन प्रक्रियालाई, थाहा छैन, तपाई के नाम दिनुहुन्छ?
यो आन्दोलित मनले विना परिणतिको यो निरवञ्छिन्न प्रयासलाई कतिसम्म खिच्ने हो। धन्य छन् सृष्टिका ती नियतिहरू जसलाई कुनै हतार छैन र असीम धैर्यका साथ चौबाटोमा उभिएका छन्। उनीहरूको त्यो धैर्यको कुनै भविष्य छैन। भविष्य नहुनेले अतीतमा बा“च्न जानेको हुन्छ।
तर हामी एउटा लामो भविष्य बिताउन वाध्य छौं। त्यस्तो भविष्य जसको कान छैन, आँखा छैन, हात छैन, गोडा छैन। समग्रमा त्यो एउटा भष्मासुर पनि हुन सक्छ, त्यो एउटा अमूर्त दृष्टिका बारे हामी केही भन्न सक्दैनौं। कम्तीमा त्यो के हो? हामीलाई थाहा पाइएला भन्ने आशा मात्र पनि छैन। आखिर यो परिणामहीनताको, यो अन्धकारको कारण पनि त हामीलाई थाहा छैन।
के हामी भोकका अजस्र मालहरू हुने छैनौं र?
नित्से जिन्दावाद! तर हामीबाट युद्ध हुने छैनौं। हामीले निरर्थकताको यो क्रममा सहरा गुमाइसकेका छौं। असीम धैर्यका साथ चौबाटोमा पर्खिरहेका अतीतहरूलाई न हामी उछिन्न सक्छौं न छाड्न सक्छौं र न छाड्ने इच्छा नै व्यक्त गर्दछौं।
म मेहेंदी हसन र जगजीतसिंहसँगै यो उदास सा“झमा एउटा लामो विश्रान्ति खोजिरहेको छु, आफनै पसीनाहरू सुंघिरहेको छु— “लोग बेवजह उदासीका सवब पूछेंगे।”
सा“झ बित्दै छ। प्रत्येक घरमा बल्ने हिटरले बिजुलीको प्रवाहलाई खिचेर वातावरणमा एउटा धमिलँेपन पोतिदिएको छ। भष्मेश्वरको उत्खनन हुन बा“की नै छ। छिमेकको ठूलो घरमा एउटा केटो पप संगीतको धूनमा आफनो पापासँग आफनो निश्चित भविष्यका लागि पप्लु खेल्दैछ। उसकी ममी उसलाई अर्को ठूलो घरकी एउटी ठिटीसित एउटै कोठामा थुनिदिन चाहिरहेकी छिन्।
एउटा सुदृढ भविष्यका निम्ति एक जोडा मान्छेको सुनिश्चित सोच। र अनेक झोपडीहरू, अनेक घरहरूमा सिसीफसका वथानहरू सलवलाउँदै छन्। तिनीहरू साराका अगाडि एउटा उदास र पट्ययार लाग्दो सा“झ जस्तै भविष्य ठिंग उभिएको छ। भोलिको सा“झ पनि यस्तै हुनेछ। म, सम्झेर दिनहरूलाई, आफनो दुखेको टाउकोलाई सुम्सुम्याउँदछु।
वातावरण अझै धमिलो हु“दैछ। म तातोले निस्सासिंदै गएको छु। मेरा शरीरका अणु र परमाणुहरू तातेका छन्। पर्वत श्रंृखलामा त्यो रेखा अझै देखिएको छैन। निराधार र बेवारिस सिसीफस र सा“झहरू उस्तै छन्। तुवा“लो अझै बाक्लिदै गएको छ।


 

 
तीनः
निर्वासित

अरूण एउटा प्रवाहको नाउँ हो। अरूण एउटा खोलाको नाउँ हो। अरूण एउटा फूलको नाउँ हो।
मेरो नाउँ के हो?
मलाई थाहा छैन। नाउँ जे भए पनि अरूण सूर्यको अर्को नाउँ हो। विहानको सूर्यले एउटा महत्वकांक्षालाई बिउँताई दिए झैं अरूणले हरेक पटक मलाई विउँताइदिएको छ। मलाई थाह छ, म धृतराष्ट्र भइसकेको छु। मानिस जे भए पनि म त्यसलाई धृतराष्ट्र भन्दछु, जसको कुनै आँखा छैन, दृष्टि छैन र केही पनि छैन।
अरूण एउटा प्रवाह भएर पनि म त्यसमा वहन सकिन। त्यो फूललाई मैले सु“घिन। त्यस घाममा म बिउँतिन चाहिन। मानिसलाई सचेत तुल्याउ, त्यसपछि उसमाथि शरीर र मन दुबैको तानाशाही समाप्त हुनेछ— जसरी सु–प्रभातमा खराब आत्माहरू समाप्त हुन्छन्। तर सचेतनाले पनि मलाई केही दिएको छैन। म जीवनका प्रति नकारात्मक आग्रह राख्न थालेको छु। म बैश र त्यसको लालित्यलाई बु‰िदन, म संगीतलाई भोग्न सक्दिन, म भाषा बु‰िदन। मेरो समय लाटो छ र त्यसमा कुनै प्रवाह छैन।
त्यसैले, प्रिय अरूण, मेरो तिमीसँग प्रार्थना छ, तिमी मलाई उ त्यो परको नाङ्गो र उजाड लप्सीको रूख झैं छाडिदेउ। नघचघचिनेलाई घचघच्याई रहनुको अर्थ छैन र तिमी त्यस्तो आकांक्षा नै नराख।
प्रवाह शायद नीलो हुन्छ, अथवा प्रवाहको कुनै रङ्ग हु“दैन। अथवा प्रवाहको रङ्ग अदृश्य हुन्छ। जे भए पनि प्रवाह प्रवाह नै हुन्छ। अस्कर वाइल्डका अनुसार मानिसको दोस्रो कर्तव्य के हो भन्ने कुरा आजसम्म थाहा पाउन सकिएको छैन तर उसको पहिलो कर्तव्य नक्कली हुनु हो। सा“च्चै, हामीले जीवनका लागि बनाएका यी आधारहरू कति नक्कली छन्। जस्तो कि अरूण एउटा ढुङ्गाको नाम पनि हुन सक्छ।
म विसंगत स्थितिहरूलाई समेटेर बा“चिरहेको छु— अचम्म लाग्छ— जब म आकाश नियालिरहेको हुन्छु, त्यसबेला पनि शून्य हुन्छ र जब म आँखाहरूलाई मानिसमा फोकस गरिरहेको हुन्छु त्यतिबेला पनि शून्य हुन्छ र बल्भि्करहेको हुन्छ।
जीवनमा धेरै पटक नचिकेता बन्ने आग्रह राखेको हु“। तर जिज्ञासाहरू जन्मिन नपाउँदै म थाकेको छु। यस्तो लाग्छ, यौटा मैनबत्ती आफनो मद्धिम आ“चमा बलिरहोस् र म त्यसमा रमिरहु“। एउटा महान् आलस्यको उद्घाटन होस् र त्यो नै जीवनको समाप्ति पनि होस्। होइन भने, दुई दशक पुरानो मोडेलको मोटरलाई चालकले बलपूर्वक घिच्याए झैं जिन्दगीलाई घिच्याउनुको कुनै अर्थ छैन— मेरो नाउँ के हो? मलाई नै आफनो नाउँ थाहा छैन र अब थाहा पाउने कुनै जिज्ञासा पनि बचेको छैन।
 सूर्य पा“च करेाड वर्ष पुरानो छ र मानिस त्यो पा“च करोड वर्ष पुरानो सूर्यलाई सधै नूतन बनाउन चाहन्छ। त्यो जिज्ञासाको के नै मोह.............थोत्रो जिज्ञासा! नयाँ सूर्यको प्रचण्डतम वेगलाई निम्त्याउन हामी सक्दैनौं र आकाश ग्रहणले कालो बनाएर पुरिएको छ।
त्यसो भए के प्रवाह र सूर्य जीवन हुन सक्छ? तर खोइ जिज्ञासा? डा“डाका टुप्पाहरू तुवा“लोले पुरिएका छन् र म माइक्रोवेभ सञ्चार प्रणालीको रातो बत्ती हेरेर रात बिताउँदैछु। हिजो सा“झ मैले एकपटक फेरि अरूणलाई सम्झे। अरूण एउटा रातको नाम पनि हुन सक्छ र उसलाई दिन पनि म भन्न सक्दछु।
त्यस दिन उसले भनेको थियो— तिमी बा“च र फेरि एउटा वाहियात वाक्य दोहोर्या एको थियो— “तिमीमा प्रगाढ सम्भावनाहरू छन्।” त्यसलाई उसँग व्याख्याहरू थिएनन् र व्याख्या स्वयं पनि कुनै अर्थपूर्ण कुरा हुन सक्दैनथ्यो।
मानिस एउटा रूखको नाउँ हो। मानिस घरको नाउँ पनि हुन सक्दछ। मानिस गल्ली, सडक, मोड र चौताराको नाउँ हुन सक्दछ। तर मानिसका महत्वकांक्षाहरूलाई घा“टी अ“ठ्याएर यदि हामी त्यसलाई कुनै नाउँ दिन खोज्दछौं भने— यो कुन नाउँ हुन सक्ला?
महाकवि, म सादर तपाईंसँग प्रार्थना गर्दछु। मलाई माफ गरिदिुनहोस्। म तारा र चन्द्रमाको कुरा जान्दिन— र अब म यति आहत भइसकेको छु कसै— अरूको लागि म सोचु“? भो म अब केही पनि हैन। प्रिय अरूण, अब तिमी मलाई नखोज। म संभवतः एउटा विकृति मात्र हुन सक्छु स्वीकृति होइन। म हारेको जुवाडे हु“। दुर्योधन र दुःशासनले मेरो चीरहरण गरिसकेका छन् र भीष्मको तीखो वाणले मेरो ह्रदय छेडिसकेको छ।
लालसा? त्यो एउटा भर्खर रोपेको लहलाउँदो रूख बन्ने लालसा लिएर बा“चेको विरूवा थियो। हिजो मात्रै एउटा सा“ढे आयो र त्यसलाई फेरि पलाउनै नसक्ने गरी चपाइदियो। म मूक दर्शकले झैं हत्याको त्यो संयोजित दृश्यलाई हेरिरहे। विहानै उ आएर सोधी, “खोइ?” मसँग जवाफ थिएन। उ धेरै बेरसम्म रोइरही, रोइरही। महात्मा कामु, मैले विद्रोह गर्न सकिन। मैले सा“ढेको पिठ्यू“मा नोल बजाउन सकेको भए पनि के हुन्थ्यो र? मैले विद्रोह गर्न सकिन र म अब आºनो अस्तित्वका बारेमा पनि शङ्काशील भएको छु। आफु प्रति अब मलाई किन शङ्का रहनु पर्दछ।
मैले थाह पाए“ कि मेरो देश, जाति, धर्म, राष्ट्रियता र नागरिकता पनि छैन। प्रत्येक मानिस स्व–निर्वासित हुन्छ। शहर र देश भएर पनि के भो र? जीवन आफै पनि निर्वासित हो— आत्म निर्वासित। म निर्वासित जीवनका लागि किन धर्म, जाति, देश, नागरिकता र राष्ट्रियता वरण गरू“?  
अदम्य उत्साह, लालसा, चाहना र कामनाहरू सोच्ने अब मलाई फुर्सद छैन। मलाई— मलाई वास्तवमा केही पनि गर्ने फुर्सद छैन। मलाई लामो फुर्सद चाहिएको छ— म सुतेर दिनभरि सिलिङ्ग गन्न पाउँ।
म भन्न चाहन्छु, अरूण कुनै खोलाको नाउँ होइन र अरूण कुनै रूखको नाउँ होइन। केही पनि होइन।


 
चार :
भातको कुनै स्वाद हु“दैन


मेरा लेख्ने क्षणहरू— तपाई यसलाई “क्रियटिव मुवमेण्ट” भन्नु हुन्छ होइन? तर म अब कलम भा“चिदिने पक्षमा छु। शायद यस्तै हुन्छ, यसलाई डिप्रेसन भनिदिनुहोस् न— हलुवावेदको हा“गा भा“चिए झैं म आºनै हा“गाहरूलाई भा“चदिन सक्छु— भनेपछि मेरा लेख्ने क्षणहरू यस्तै हुन्। मैले दाल लेखें, भात लेखें— एउटा मध्यम वर्गीय, मध्यम विचारको, मध्यम संस्कृति र मध्यम संस्कारको दीर्घजीवी सन्ततिका लागि अचेल म परिकल्पनाहरू लेख्दैछु। जीवनका बा“च्ने स्टाइलहरू मध्य मलाई मर्ने स्टाइल मनपर्न थालेको छ। फोसिल! कति बा“च्नु! जीवनलाई एकपछि, अर्कोपछि, अर्कोपछि, अर्कोपछि बा“च्दाबा“च्दै बा“च्ने स्टाइलहरू सकिएछन्। अब त, सडकमा अस्ति एउटाले भनिहाल्यो :  “विदेशी दलाल” भइछस्। बा“च्ने र सोच्ने यो स्तरलाई तपाई कसरी लिनुहुन्छ?
पख्नोस्। मलाई तपाईले पत्रकार भनेर चिन्नुहुन्छ होइन? एकदिन यो नामर्द, पंगु र वाहियात समाजका लागि यसले एउटा यस्तो ड्राºट गर्ने छ। त्यसबेला तपाईले तपाईको आँखामा कि त वालुवा परेको सोच्नु पर्नेछ, होइन भने ढुङ्गा भएको स्वीकार गर्नु पर्नेछ। अहिले त म एउटा सानो स्टेशनमा एउटा बेगवान रेललाई पर्खेर बसेको छु। मलाई थाहा छ, त्यो बेगवान रेल स्टेशनमा रोकिने छैन। त्यसो भए के भयो त— एकदिन त्यो रेल रोकिनु पर्नेछ। अहिले त म एउटा लोभी कुकुर जस्तो भएर एउटा सम्पादकको पछि–पछि लागेको छु र तपाई सोच्नुहुन्छ— यसले भाषा भा“च्न सक्तैन? थाहा छ तपाईलाई? म कलम भा“च्न सक्दछु र त्यो मैले भा“च्नै पर्दछ। म सबभन्दा नौलो सिर्जनाले सृष्टिको पहिलो र अन्तिम न्यूज ड्राºट गर्नेछु। धन्यवाद!
थाहा छ तपाईलाई? मैले कोरिराखेको यो कागज एउटा विदशी पत्रकारले मलाई दिएथ्यो। मेरा लागि सबै ढोकाहरू बन्द गरिएका छन् भन्ने मलाई थाहा छ। म एउटा विशद् कारागारलाई भोग्दैछु। मेरो पीडालाई तपाई एकैछिन मात्र भोगेर हेर्नुहोस् न— तपाईलाई कस्तो सुख हुनेछ। एउटा दुखान्त सुख। मेरो पीडालाई तपाई खुर्सानी, कागती र नुन शैलीमा एउटा घाउ बनाएर भोग्नुहोस्। तपाईलाई एउटा, एउटा मात्र— अप्रतीम सुखको अनुभव हुनेछ। होइन भने, तपाईको पत्रिका छाप्ने टे्रडिलमा मलाई नै छाप्न थाल्नुहोस्। मसी यौटा प्राकृतिक साधन हो भने— एष्टे्रमा चुरोटको ठुटोसम्म छैन। कति वाहियात कुरा— आशावादी हुनुपर्दछ रे। के हो ह“ आशावाद भनेको? सुन्नु भो, हिजो एउटा मानिस मलाई गाली गर्दै थियो— “साले, पाखण्डी! हिजोसम्म सरकारिया पत्रिकामा सम्पादकीय लेख्दैथिस्।”
ए. बी. सी. को माने तपाईलाई थाहा छ? क. ख. ग. माने तपाईलाई थाहा छ? मूसाको भन्दा बढी जनसंख्या मानिसको भएको कुरा तपाईलाई थाहा छ? वेदको पहिलो लाइन तपाईलाई याद छ? सरलीकरण तपाईलाई थाहा छ? भोलि एउटा पींढीले तपाईसँग भातको स्वाद सोध्दा तपाईले दिने जवाफ के हो त? मलाई थाहा छ। भातको कुनै स्वाद हु“दैन। खास गरेर त्यसबेला जब तपाईले योजना आयोगको मस्यौदा मात्र पढ्नु पर्दछ। जिन्दगीलाई मैले बिल भनें भने आज बिहान एउटा अर्को बिल थपिएको छ। बुढी भएकी दिदीलाई एउटा रमाइलो चिन्ता लाग्न थालेको छ— जाइको बोट गाइले खायो भने के गर्ने। म एक दिन यस्तो न्यूज ड्राºट गर्नेछु। भटमास खाएर पनि न्यूज ड्राºट हुन्छ? मान्छेले कुकुरलाई टोके पनि न्यूज होइन, मान्छेले मान्छेलाई टोके पनि झन् न्यूज हुन सक्दैन। कीराहरूले मानिसलाई खान थाले पनि, मानिसहरूले कीराहरू खान थाले पनि, जे गरे पनि न्यूज बन्दैन। म अब तपाईलाई भोलि मैले ड्राºट गर्ने न्यूजको हेडिङ्ग बताऊ“? कुन प्वाइन्टको अक्षर ठीक पर्ला? म लक्ष्य उन्मुख छु, म लक्ष्य विमुख छु। जो छु एकैपटक, एकैसाथ छु, मैले नाटकलाई कन्टिन्यू गर्नै पर्दछ भने मेरो नाटकको समाप्ति मलाई थाह छ— पर्दा कसरी खस्छ। मलाई कुनै आत्मश्लाघा छैन। म तपाईलाई मारिदिन सक्छु, त्यसभन्दा पहिले तपाई मलाई एउटा गोलि दिनुहोस्। एउटा परजीवीले आजसम्म एउटा मिनीबसको पैसा तिरेको छैन। त्यसो भनेर तपाईलाई र मलाई पत्याउने को हुनेछ? तपाई मैले जसरी नै अब सबैथोक छाडिदिनुहोस्। मैले सबैलाई अदालती समन जारी गरिसकेको छु। मेरो फाटेको कमिजप्रति तपाईंको केको लोभ? अब म कुनै पनि गद्य लेखन सक्दिन।
आकाशसम्म पुग्ने सींढीको खाजमा मेरा कति पुस्ताहरू हराइसके। मूर्खहरू! बोधिसत्व? एउटा अर्को मूर्ख पनि हिजो सा“झ मेरुे आ“गनबाट हिड्यो। मलाई कुनै दुःख छैन। मूर्खहरूका सन्तानहरू सबै मूर्ख हु“दैनन् र? सबै विद्वान हु“दैनन्। आकाशदीप झुण्ड्ययाएको बा“स फुटेर निस्कने देवताको नाम तपाईलाई याद छ भने एउटा वृत्तमा त्यसलाई खुम्च्याइदिनोस्। भर्सेलै परोस्। के यसलाई तपाई आत्मबोध भन्नुहुन्छ? तपाईलाई थाह हुनपर्दछ, अचेल म आत्मबोध भन्दा बढी चामल बोध गर्न मन पराउँछु। किनभने मेरी स्वास्नी सम्झन्छे कि उसका लागि म उसको बाबुले किनेको एउटा जोकर हु“—उसको मनोरञ्जन गरू“—उसको दास हु“— उसको सेवा गरू“, उसको सिपाही हु“— उसको रक्षा गरू“। यो शस्य श्यामला धर्ती पटपटी फेटेको तस्वीर तपाईले हिजोआज खूब देख्नु भएको होला। कस्तो लाग्यो त? एकदिन त्यो पटपटी फुटेको माटोलाई छाडेर म पनि शरणार्थीका रूपमा कतै पुग्न सक्दछु। आºनो शरणार्थी हुने सुयोग्यताका थुप्रा प्रमाण सहित एउटा शानदार न्यूज ड्राºट गर्नेछु। त्यो न्यूजमा कति प्वाइन्टको अक्षर राख्ने हो— तपाई सोचिरहनु होस्, है त?
म आफू कमारो भएपछि मैले तपाईलाई किन कमारो होइन भन्नै पर्दछ र? यो तपाईको र मेरो वर्गले सोचे जस्तो मध्यम स्तरको सोचाइलाई हामी धारानिरको, दुई तल्ला माथिको, दुई पैसे भट्टीका दुईवटा बोतलमा बन्द गरिदिउँ र एउटा शानदार बोतल एक्जीविशनको उद्घाटन समारोह गरू“। किनभने कुनै पनि समारोहका लागि सडकमा सोचिनु पर्दछ। हिजो मलाई घर आइपुग्न, कुन्नी कति घण्टा लाग्यो— पुलिसको प्रजातन्त्रले मलाई तीन पटक यो शहरलाई दागबत्ती दिनेले मूर्दा सुताएको चिता घुमे झैं घुमायो। यसलाई अहिले दश बजेबाट प्रारम्भ गर्यौंद भने भरे बार्हु बजे कति बज्दो होला? हिजो राती मैले देखेकी सपना तपाईलाई याद छ, होइन? के त्यो सपनालाई बिक्री गर्न सकिदैन? तर तपाईंको सङ्कट पनि उही हो कि हामी मात्रै ग्राहक बन्न सक्दछौं। एउटा आइडिया छ तपाई एक फोसी पानी तताउनुहोस्, म हात–खुट्टा टेक्छु, तपाई मेरो टाउकोलाई एउटा बगरेकै स्टाइलमा प्रदर्शित गरेर मासुहरू बेच्नुहोस्।
होइन भने एउटा अकल्पनीय समाचारको तपाई प्रतिक्षा गर्नुहोस् र त्यसको शीर्षकका लागि— मैले भनें नि एउटा शानदार न्यूज मबाट ड्राºट हुनेछ। त्यो सृष्टिको पहिलो र अन्तिम समाचारलाई तपाईले मेरो, तपाईंको, उसको, उनको, ढाडमा मुद्रित गरेर सडकमा टा“सिदिनु पर्नेछ। तपाई त्यस दिनको प्रतीक्षामा आगो बालेर बस्नुहोस्। पख्नोस् न, म चाहिं एउटा बीन खोजेर ल्याउँ्क र यी सडकमा सलबलाएर हिंडिरहेका सर्पहरूलाई बीनको धूनमा नचाउँ्क।

 
पा“च :  
के हामी संस्कारच्यूत भयौं त?


गएको हप्ता सा“झ सा“ढे आठ पनि बजेको थिएन। नयाँ सडकबाट म आºनो घरतिर बढी रहेको बेला कसैले म अगाडि लम्किरहेकी एउटी ठिटीलाई आक्रमण गरे झैं लाग्यो— सा“च्चै दुई घातक आँखा उनीतिर केन्द्रित थिए।
के हाम्रो सामाजिक रहन—सहन, आचरण र रूचि सम्पन्नताको स्तर यति गिरिसक्यो? के हामी आºना आचार र आस्थाहरूलाई यति तलसम्म उतार्ने भइसक्यौं? यो साचिनु पर्ने प्रश्न हो।
आश्चर्य, नेपालमा न साहित्य, न सामाजिकता, न धर्म, न जीवन मूल्य कतै पनि आदर, सत्कार र हामी चोखो व्यवहार गर्न नसक्ने भएछौं। ठूला प्रति देखाउनु पर्ने आदर, सत्कार र अनुशासनलाई पनि हामीले छाडिसकेछौं। हामी आºना संस्कारलाई परिस्कृत गर्न नसक्ने भएछौं।
शायद यो नै क्रान्तिकारिता भनिन्छ कि? मलाई थाहा छैन— सा“झ सडकमा कुनै एक्ली र अपरिचित नारीलाई छेडछाड गर्नु वा हातपात गर्न खोज्नु नै प्रगतिशीलता हो कि? कुन्नि यस प्रकारको आचार र अनुशासनहीन जीवाले हामीलाई कुन रोचक प्रगतिको खाल्डोमा धकेलिदिने हो।
वर्तमानको भनिने साहित्यका अधिकांश पृष्ठहरू पल्टाउँदै जाने हो भने हामीले एउटा अतिशय आंकाक्षी यौैन उन्माद पाउँछौं। एकजना साहित्यकार मित्रले त भनी पनि हाले— अब राजकमलले झैं साहित्य लेखिनु पर्दछ। त्यसो हु“दा अनुभवपूर्ण जीवन चाहिने नै भयो। वाह मित्र वाह तर सडकमा अर्काकी छारी बेटीसँग तपाईले गर्न चाहेको अनुभव आºनै पारिवारिक वृत्तमा पनि गर्न सक्नु होला त?
राजकमल चौधरीका झैं साहित्य त कुन्नि तर सामाजिक घातको जन्म चाहिं अब निश्चित देखिन्छ। समाजको कुनै पनि वर्ग न त सकारात्मक दृष्टिले सोच्नै सक्दछ, न त सकारात्मक विचार राख्ने कोशिश नै गर्दछ।
तर रिवल्विङ चियरमा बसेर विद्रोहको बात मार्ने बुद्धिजीवी र कुखुराको सा“प्रा लुछेर देशको गरिबीको बात मार्ने नोकरशाहीको अर्थै पनि के छ? शायद हामी वीर गोर्खाली अब बलवीर फटाहा पनि हु“दै गएका छौं। हामी स्कच र चिकेन रोष्टसँग नेपाल र यसको दारूण कथाको वर्णन गर्दछौं र स्कच र चिकेन रोष्टको पैसा या त एउटा शोषक व्यापारीसँग असूल गर्दछौं, नभए त्यस बापतको बील रकम मुलुकी खानाको फेहरिस्तमा चढाउँदछौं।
नैतिक आचरण र इमान्दारीको यो भन्दा ठूलो सङ्कट शायद अरू छैन कि?
एकजना कविसँग भेट्नुहोस्— उ आºना गुनासाहरू सुनाउँदा सुनाउँदै देशलाई सराप्छः “अरू देशमा भए!”
एकजना राजनीतिज्ञ पनि त्यसै भन्छ।
कुशल टेलिफोन संचालकदेखि लिएर ड्राइभर, नेता सबै नै “विदाउट कमेन्ट” एउटै कुरा दोहोर्या उँछन्— “अरू देशमा भए........।”
यो देशलाई सराप्ने किन? देशले कसको के चाहिं बिगारेको छ? अरूदेशमा भए त्यसरी अरू देशमा जन्म लिने कामना गर्नेहरू भटमासे ठहरिन्थे। फेरि पनि यो देशलाई नै सराप्नुको औचित्य के छ? के यो हाम्रो नैतिक आचरण र चरित्रगत कमजोरी होइन?
विरोधका स्वरहरू, अरू थोक जे भए पनि यदि त्यो सुनिन्छ भने, मोहक फूलहरू हुन् ती फूलहरूको प्रहारले आºना समयका असंगति, विसंगतिहरू, सामाजिक, आर्थिक र राजनतिक नीतिहरू (अथवा अनीतिहरू पनि) प्रति विरोध जनाउनु प्रत्येक चेतनशील नागरिकको कर्तव्य हुन आउँछ।
तर तपाई अमेरिका या बेलायतमा जन्मन नपाएको दुर्भाग्यको आक्रोश आचारणहीन बनेर सडकमा किन पोख्नु हुन्छ? अमेरिका, रूस र बेलायतमा सुखी जीवन भए उतै लाग्नोस्, कोशिश गर्नोस् र तपाई आफैले गर्ने आºनो कथित प्रतिभाको दावा सत्य हुन सके तपाई पुगिहाल्नु हुनेछ। तर यो देशमा बसेर, यही माटोलाई, यहींको सामाजिक र सांस्कृतिक संस्कारलाई किन गाली गर्नु हुन्छ?
यसै पसिन त यो देशका छातीमा अनेक चोटहरू छन्।
कत्रो एब्सर्डिटी।
धारामा पानी नआउनुदेखि लिएर नेपाल बैङ्कको काउण्टरमा छिटो भुक्तानी नपाइनुको सम्पूर्ण दोषको भागी–नेपाल।
हामीले कहिलेदेखि रूचि सम्पन्न आचरण गर्ने त?
थाहा छैन— किनभने यो देशको सम्पूर्ण मानसिकता अहिले कुण्ठित छ, कुञ्जिएको छ र यो पनि थाहा छैन हामी आचरणयुक्त जाति रहन पाउने पनि छौं कि छैनौं।


 
छ :  
उपलब्धि? भ्यागुतो!
प्रश्न न त अस्वभाविक र न आश्चर्यजनक नै हो। मित्रवर्गका बीच परस्पर भेट हु“दा सोध्ने र सोधिने गरिन्छः के छ त यार? मुश्किल त जवाफ दिंदा पो पर्दछ— के भन्नु? एक सुरले हिडिरहेका बेला कसैले बोलाउँदा हामी झस्किने गर्दछौं— हिजो त्यस्तै पर्यो्, मोटरले हर्न बजाए झैं कसैले बोलाएर झस्काई दियो र एकपछि अर्को प्रश्नको झटारो हान्न थाल्यो— “के छ? कहाँ के गर्दैछस्? गति–प्रगति के छ?”
सबै प्रश्नको उत्तर छ। तर पछिल्लो प्रश्नको के उत्तर दिनु?
उपलब्धिका अर्थमा प्रगतिका पनि अनेक अर्थ छन्। के थाह म आºनो प्रगति भनेर दुई–चार कुरा जोड–जाड गरेर बताउँ र उसले नाक चेप्या्रओस्। प्रगति, त्यसैले म सोच्न थालें, मैले के गरें— सबै कोणबाट प्रष्ट हुने र जसलाई जसरी पनि बताए हुने खालको प्रगति के गर्न सकें?
शायद प्रगति र उपलब्धिका अर्थमा म स्वयं नै स्पष्ट छैन। स्पष्ट नहुनु पनि के आश्चर्य भयो र? पन्ध्र–सत्र वर्षको सक्रिय जीवनमा आºनो भन्ने के जोरियो? घर, जग्गा–जमीन जो थियो बेचियो, धन केही थियो भने, भएजति सिध्याइयो। शायद प्रगति गरेको भन्नु चाहिं अक्षरसँग आफै जाडिइयो— त्यत्ति हो। होइन भने स्वास्नी देखि घरसम्म अर्कैले जोडी दियो र जनसंख्याको यो प्रलयकारी वृद्धिका बेला छोारछोरीालई कुन प्रकारको उपलब्धी र प्रगतिको श्रेणीमा राखौं।
प्रगति अथवा उपलब्धिलाई म एब्स्ट्र्याक्ट शब्द भन्ने सोच्दछु। (यसपछि त उपलब्धि शब्दलाई प्रगतिब कै समानार्थी शब्दको रूपमा प्रयोग गर्दैछु।) उपलब्धि भन्ने केलाई? अल्वर्ट आइन्स्टिनको सापेक्षतावादी सिद्धान्त उनी आºनै लागि जीवनको महत्तम उपलब्धि त्यही थियो। आजीवन कछाडको भरमा जीवन–यापन गर्ने गान्धीजीका लागि निर्धन सरह रहनु नै उपलब्धि थियो र यस कुराले धेरैलाई आश्चर्यमा पार्न सक्दछ।
त्यसो भए तपाई आºना लागि जे उपलब्धि ठान्नु हुन्छ त्यो सबैका लागि उपलब्धि हु“दैन।
संभवतः मेरो आºनो सर्वाधिक महत्वपूर्ण उपलब्धि चाहिं यो समयमा बा“च्नु नै भएको छ। यो समयको पनि आºनै प्रकारको महत्व छ— शायद यस प्रकारको शान्त संक्रमणको समय इतिहासमा धेरै थोरै देखा परेको छ। तर एउटा निश्चय के छ भने अहिलेको समयको मानिस र आन्दोलनको पनि टाउको त धेरै छ तर गिदी भने छैन।
हामी इतिहासको अर्द्धविक्षिप्त युगमा बा“चिरहेका छौं— जहा“ उपलब्धिका वास्तविक अनुहारहरू चाहिं अन्तर्लोप हुन्छन् र हामी मान्छेका उपलब्धिलाई घर, बंगला, रूपिया“, पैसा जस्ता अपेक्षाकृत साना कुराहरूमा अलमल्याउन थालेका छौं— जुन चाहिन त सबैलाई चाहिन्छ तर त्यो प्राप्ति हो। उपलब्धि केलाई भन्ने?
उ गइसकेको थियो। महांकालस्थानतिर आइपुगेपछि सोचें, दौडदै जाउँ र भनुं …निकै प्रगति गरें यार, घर–धन त जोड्न सकिन। तर टाउको निहुराउने काम गरेको छैन। यसलाई उपलब्धि भन्छस् कि भन्दैनस् त?'
प्राप्तिको अर्थमा चाहिं टाउको निहुराउने काम नगरेसम्म उपलब्धि हु“दैन। मैले प्राप्तिको नाममा कुनै उपलब्धि जोड्न सकिन।
म एकजना केही होइन। सिङ्गो एशिया नै यस समयमा उपलब्धि शून्य छ। प्रतिदिन पत्र–पत्रिकाले गफ छाप्दछन् र त्यो भावी सत्य पनि हुन सक्दछ। तर भावी सत्यको पनि त के विश्वास र? वर्तमान समय यति प्रताडित र अवहेलित भएर बा“चिरहेको छ— त्यसलाई …वर्तमान' भन्नै मन लाग्दैन। अहिलेको सम्पूर्ण एशिया बहुलठ्ठीपनले रा“किएको छ। इस्लाम शासनको सपना देखि लिएर यौन मार्फत मुक्तिका अर्द्धविक्षिप्त कल्पनाहरू सम्मले तर्क र दर्शनको सम्मान पाउन थालेका छन् र मुख्य मान्छे बेपत्ता छ। के यसलाई शान्त संक्रमण नभन्नु त? बहुशिर र अल्प गिदीको यो समयमा बा“चेर त्यसलाई दिनदिनै भोग्नुलाई म किन उपलब्धि नभ“नु?
श्याम बेनेगलको सिनेमा …अंकुर' हेरेपछि–समयको अन्तर अझसम्म पुरिन नसकेको मैले अनुभूत गरें। एक्काइसौं अथवा तीसौं शताब्दीतिर पनि जीवन यापनका हाम्रा आधारभूत तरिकाहरू उस्तै छन्। मान्छे अझ व्यस्त हु“दै गएर अन्त्यमा केवल पेट भर्ने कुरा मात्र सोच्न थाल्ने भएको छ। उसले अरू उपलब्धि कहाँ कसरी र कसका लागि खोज्ने?
(उपलब्धि :  यो लेखेको पारिश्रमिकले म आºनो छोरोको स्कूलको फिस तिर्ने कुरा सोच्दैछु— धन्य हो!)
मान्छेका उपलब्धिहरू त पक्कै पनि धेरै छन्। तर पार्कमा फूलहरूको बीचमा, आºना कोमल भावनाहरू साटा–साट गर्ने जाडीलाई युद्ध र धर्मको नाममा गोली हानिने जङ्गली परम्पराले ती उपलब्धिहरूलाई र सार्वकालिक सत्यलाई कुन्नि कति टुक्रा पारेर ठुन्क्याएका छन्।
हिप्पोक्रेसी— अचेल उपलब्धि मानिने अर्को पक्ष हो। तपाई कति बढी हिप्पोक्रेट हुनुहुन्छ त्यति नै तपाईको प्रगति संभव छ। नपत्याए साइबाबा, रजनीश र बाल योगेश्वरहरूलाई हेर्नुहोस्। यी नयाँ भगवानहरू र तीनका उपलब्धि!
मान्छेले सम्पूर्ण प्राकृतिक विशालता र रहस्यहरूलाई त छोयो तर उसको आºनै गिदी भ्यागुतो जस्तै छ। अब यसलाई कस्तो उपलब्धि मान्ने हो थाह छैन। वास्तवमा भावी सत्यका बारेमा हाम्रा अस्पष्ट विचारहरू अब रहनु किन हु“दैन भने मान्छेका उपलब्धिहरू अब …उपलब्धि' का रूपमा बढी समयसम्म रहन गार्होब छ।
त्यसैले मैले आºनो उपलब्धिका बारेमा सोच्न पटक्कै छोडिदिएको छु। आखिर मैले पनि त भ्यागुतो नै प्राप्त गरेको छु। म पनि के टमस फुलरका टाउकाहरू भन्दा बेग्लै छु र?
…गति प्रगति के छ?' प्रश्नको उत्तर अब झण्डै–झण्डै तयार छ।
उपलब्धि? भ्यागुतो।

 
सात :
समृद्ध मृत्युको नाउँमा थी्र चीयर्स


एउटा लामो अन्तराल।
समयलाई हामी व्याख्या दिन सक्दैनौं। अथवा समयको व्याख्या हुन सक्दैन। अथवा समय अपरिभाषित छ। अथवा। अथवा। अथवा।
जसको जीवनमा सबैभन्दा बढी अथवा हुन्छ त्यो त्यति नै उत्कृष्ट पनि हुन सक्छ र त्यो त्यति निकृष्ट पनि। इरानको राष्ट्रिय फूलको नाउँ म सम्भि्कन खोजिरहेको छु र सोच्दछु तेलमा पनि कुनै फूल फूल्न सक्छ र? म अहिले एउटा त्यस्तो ‰यालमा बसेको छु जहा“बाट एउटी सौन्दर्य चेता तरूनी मुखमा तितेपातीको लेप लगाएर आºनो अनुहारको कम्प्लेसन मिलाउँदैछिन्। न जाने सौन्दर्यवोधका कति हजार वर्षहरू बितिसके। कति शताब्दीहरू। कति महिनाहरू भन्दा पनि कति हजार टन लेपहरू, कति लाख टन क्रिमहरू निखि्रसके। तर पनि सौन्दर्य चेतना उस्तै छ। उत्तिकै रूचिका साथ तरूनीहरू आºनो कम्प्लेसन मिलाउँदैछन्।
त, पाठकहरू, तपाई हामी फेरि प्रारम्भ भएका छौं। यो प्रारम्भलाई तपाईहरू जे सुकै
 नाम दिनुहोस्। आज फेरि त्यही सङ्कट दोहोरिएको छ, यही सङ्कटको भुमरीमा हामी रूमल्लिरहेका छौं। आखिर हामीले के सोच्ने? के लेख्ने? के बोल्ने?
हामी यो मानवीय सङ्कटलाई राजनीतिकरण नगरौं। प्रत्येक पलमा एउटा जीवित अहसास राख्ने मान्छे सोच्ने सङ्कटमा पिल्सिएको हुन्छ। बोल्ने मुखहरू मूर्दाका बन्द दा“त झैं भएका हुन्छन्। लेख्ने हातहरूमा कुष्ठ रोग सल्केको जस्तै आभास हुन थाल्दछ।
अनुहारको कम्प्लेसन मिलाउनु र लेख्नुका अर्थहरू बेग्ला–बेग्लै हुन्छन्। कम्मर भन्दा पनि तलसम्म लत्रिएको कपाललाई काटेर, आधुनिक शब्दमा …टि्रम' गरेर, टाउकोलाई एउटा भकुण्डोको रूप दिन सकिन्छ— तर त्यो …टि्रम' गरिएको कपाललाई फेरि कम्मर मुनिसम्म लत्रने गराउने संभावना एकदमै क्षीण हुन्छ। यति क्षीण कि एउटा ब्यूक कार भर्खरै बनेको, अझ निमार्णधीन महलको अगाडि आएर केही बेर रोकिन्छ र फुर्र लोप हुन्छ। त्यो मोटरले उडाएको धूलोमा एउटा मान्छे नोल बोकेर एउटा अर्कै मान्छेसँग परालको पैसा उठाउँदै रहेको हुन्छ। धृतराष्ट्र, त्यसबेला हुन सक्छ, बदलाको भावनाले बशीभूत भएर भीमसेनलाई अङ्गालोमा माया गर्ने कुरा सोच्दै होलान्।
तर भीमसेन यस पटक फलामका भीमसेन पनि छैनन्, धृतराष्ट्र अन्धा धृतराष्ट्र पनि छैनन्।
स्वर मानिसहरूका लागि एउटा पीडा हो मिर्मिरेदेखि मिर्मिरेसम्म मानिस आतङ्कित हुन्छ। स्वरहरूले आक्रान्त हुन्छ र उपनिषद्को नचिकेताले मलाई सबभन्दा धेरै प्रभावित गरेको छ। यो नचिकेता को थियो? अथवा के थियो? किन थियो? के नचिकेताहरू नै हाम्रा यथार्थ होइनन् र?
तर यो प्रशाधन, तितेपातीको लेप लगाएर अनुहारलाई जति सुकिलो गराए पनि के सुकिलो हुनु नै आकर्षण पनि हो र? थाह छैन— बंगलामुखी आºनो अनुहारलाई सौन्दर्य प्रशाधनले सिंगार्दथिन् अथवा सिंगार्दैन थिइन्। तर बेसारको बज्रलेप देखि भ्यानिसिंग क्रिमसम्म मानिसका अनन्त पुस्ता बितिसके र हामीले एक करोड अरब वर्षहरू बिताइसक्यौं। जीवनका परिभाषाहरू उस्तै छन् :  हामी उत्तिकै प्रतिबन्धित छौं। मानिसले गरेको शंखघोष हतियारका आवाजहरूमा परिणति भएका छन् र हामी शान्तिको प्रत्येक प्रवचन सँगसँगै हिंसाका गन्धहरू पाउँदछौं।
चक्रवर्ति सी. राजगोपालचारीले संस्कृतको एउटा प्रसिद्ध भजनलाई व्याख्या दिनुभएको छ। बालक आफैमा प्रशस्त ज्ञानी हुन्छ र पनि उसलाई संसर्गले छोएको हु“दैन। उ पागल झैं संसारको कुनै वास्ता गर्दैन, योगी झैं उसको ह्दय प्रवृतिमुक्त हुन्छ, के हामी फेरि आºना सुदिनहरूतिर फर्कन सक्दैनौं?
गीताको त्यो सर्वचर्चित श्लोकको अक्सर गलत व्याख्याहरू प्रस्तुत गरिन्छः …सबै धर्म र मार्गहरूलाई चटक्क छाडेर मेरो शरणमा आउ।' तर त्यो म भनेको को? म यदि ईश्वर हो भने त्यो म हामी नै हौं। प्रत्येक मानिसमा आत्मनिर्भरताको यो आव्हानलाई हामीले निकृष्ट प्रशाधन तुल्याएका छैनौं र?
तितेपातीको लेपले आºनो अनुहारको कम्प्लेसन मिलाउने हाम्रा नारीहरू धर्मशास्त्रको मनचिन्ते व्याख्या गर्ने हाम्रा पण्डितहरू जत्तिकै दिग्गज हुन भन्ने कुरालाई हामीले बिर्सनु हु“दैन। अहङ्कारहरूले हामीलाई धृतराष्ट्र बनाएका छन्। यो हाम्रो युग हो। मूर्दा पोलिराखेको चिताबाट पुतपुताएर उठिराखेको धूवा“ले छोपेको यो युगलाई मैले धृतराष्ट्र बनाएका छन्। यो युगलाई मैले धृतराष्ट्र युगको संज्ञा दिएर केही बिगारेको छैन।
तितेपातीको लेप लगाउने ती तरूनीले अब आºनो अनुहार साबुनले पखालेको पनि मैले देखेको छु। त्यसपछि उनले भेनिसिंग क्रिम लगाइन्, त्यसपछि लिपिष्ट र अनि त्यसपछि आºनो कोठाको ‰यालको ऐनाबाट सर्वाङ्ग नाङ्गी देखिइन्। उनको जा“घ, तिघ्रा, कम्मर र अरू नाङ्गा अवयवहरू मसानबाट पुत्ताएर उठेको धुवा“ झैं काला देखिए। पूरा वायुमण्डल सुगन्ध र दुर्गन्धको नराम्रो मिश्रणले व्याप्त भयो।
अर्को लामो अन्तराल।
पोहोर कनिकेको रूखमा पातहरू झरेर त्यो एउटा कंकाल जस्तै देखिएको थियो र यस पटक फेरि पातहरू देखा परे। डिब्बामा बन्द ग्रीन पीजहरू जस्ता रङ्गाइएका केराउका गेडा जस्ता र जत्रा पातहरू। ती पातहरूलाई टिपिदिने हो भने ती तरूनीको अनुहारबाट भेनिसिंग क्रिम पखालिएपछि देखिने अनुहार झैं कुरूप देखिने छ।
प्रत्येक प्रारम्भ एउटा मृत्यु हो। प्रत्येक अन्तराल पछिको प्रारम्भ मृत्युको लागि एउटा सुखद् सहज पर्खाइ हो। मृत्युको प्रतीक्षालाई म जीवनको सबभन्दा रमाइलो क्षण मान्दछु। कुन्नि मानिसहरू यसलाई कसरी हेर्दछन्। तर चुरोटको फिल्टरतिरबाट आगो लगाएपछि पनि त्यो चुरोटको फिल्टरतिरबाट आगो लगाएपछि पनि त्यो चुरोट आºनो पछिल्लो टुङ्गोसम्ममा निखि्रसकेको हुन्छ।
त्यसैले, आउनुहोस्, हामी भोलिको समृद्ध मृत्युलाई यो चौतारीमा पर्खेर खुशी मनाऔं टोष्ट प्रस्ताव गरौं र गिलासमा रगतहरू भरेर मृत्युको नाममा …थ्री चीयर्स' को रमाइलो नारा लगाउँदै गीत गाऔं।

 
आठ :  
मृत्यु र मनस्थिति

आजको ठीक छ महिना पहिले, रातको बेला, मृत्युसँग साक्षात्कार गर्न पुगेको थिए“। तर कवितामा मृत्यु लेख्नु र जीवनमा मृत्यु भोग्नु परस्परमा कति असँगत कुरा हुन्।
यो मेरो मृत्यु थिएन र पनि त्यतिखेर हजुर दिदीको मृत्युलाई मैले नराम्ररी आत्मसात् गर्नु परेको थियो। त्यो मृत्युमा नजिक बस्ने मेरा केही मित्रहरू सम्झेर म अहिले झल्या“स्स ब्युंझे झैं हुन्छु र त्यतिबेला विचार पुर्यािउन नसकेको संस्कृतिको एउटा श्लोकको अर्थ बु‰दछु— मर्दा–पर्दा मसानसम्म पुग्ने साथी सच्चा साथी हो।
वैकुण्ठले चिठ्ठीमा ठीक त्यहि कुरा दोहोर्यासएको छ— उसले अंग्रेजीमा हितोपदेश पढेछ र मलेशियाको एउटा होस्टेलमा एक्लै बसेर सोच्न थालेछ। तर मैले मेरा मित्रहरूलाई के गर्न सकेको छु र? संभवतः हामी आपसमा दुःखका क्षणहरूलाई नै बढी बा“ड्दछौं र सुख एक्लै भोग्दैछौं।
त्यतिबेला एघार बजिसेको थियो। म अखबारको कार्यालयमा डमी बनाउँदै थिए“ र टेलिफोनको घण्टी एकदमै स्वाभाविक ढङ्गले बज्यो— टेलिफोनको घण्टी बज्नु कुनै आश्चर्य हुनै नसक्ने स्थितिमा हामी काम गर्दै थियौं। तर स्वभाविक …हलो' पछि जस्तो सूचना मैले पाए“— त्यो कदाचित् कठोर थियो। हजुर दिदीको निश्चित र स्वाभाविक, मृत्युका लागि त्यसो त मैले आफूलाई जतिसुकै तयार राखेको थिए“ र पनि, म काम्न थालें। जीवित हजुर दिदीको पंगु, असहाय र असह् स्थितिले दिएका उत्पीडितहरू भन्दा बढी यो क्षण क्रूर र निर्मम भएकोले मैले सोचें। मेरो सह–कामदार साथीले मलाई सहज बिदा दियो र भदौंको बादलहरूको अ“ध्यारो छिचल्दै म घर आइपुगें। मृत्यु यति सहज र यति सामान्य थियो— मैले आºनो घरमा, घरको एउटा महत्वपूर्ण मान्छेको मृत्यु भएको कुरा स्वाभाविक रूपले पत्याउन सकिन। थोरै मान्छे र थोरै शोकहरू थिए—जस्तो कि निर्धनहरूको मृत्यु यस्तै हुन्छ। दुई मृत्युको परिभाषा कसरी बेठिक हो र?
सुनेको थिए“— मृत्यु उप्रान्त गीताको पाठ मोक्ष फलदायी हुन्छ र जस्तो कि यस्तो बेलामा मोक्षको निर्धारण पनि पैसाले नै गर्न सक्दछ। परिवारले …बेला–कुबेला के पर्छ कसो पर्छ' भने पनि एक पैसा पनि भन्दा पैसाको जोगाउ गरेर कात्रो किन्ने र बा“स र बाहुनहरूको जोहो गर्ने आवश्यकता बढी अनुभव भयो।
कुन्नि, म कति निर्दयी भएकी थिए“। तर यति अन्याय गरिएको मानिसमा आ“शु पाउन सकिदैन भने अस्वाभाविक नै के भो र?
चियामा झिंगा परिसकेछ— …नैनं छिन्दन्ति शस्त्राणि' हो र? त्यसो भए हजुर दिदी अझै जीवित हुनुपर्दछ। तर मूर्दा शरीर आगोले डढेको त छ महीना आजै पूरा भयो।
मूर्दा संस्कारमा कहिल्यै नपरेको म जस्तोको लागि थाहा पाउनु कठिन भएन— जन्म र मृत्युका दुबै संस्कार उत्तिकै महङ्गा छन्। भोला लामाले चिता तयार गर्नु र लाश चलाउनुको बीचको दुई घण्टाको अवधिमा हामीले जति काम गर्यौं  उत्तेजनारहित मनस्थितिमा त्यति काम शायद दिनभरिमा पनि गरिसकिदैन।
अन्ततः किनभने लाशलाई जल्नु थियो—जल्यो। वैकुण्ठ, नारायण, राजन र दाइका आँखा यति राता थिए कि त्यस रातो रङ्गलाई नबखान्नु नै ठीक हुनेछ। तर यति भनिदिनु स्थितिलाई प्रष्ट पार्नु हुनेछ—आँखा रोएर रातो भएका थिएनन्।
मसानबाट घर फर्किदा मिर्मिरे उज्यालो मात्र भएको थियो र त्यस उज्यालोमा मैले पहिलोपल्ट घर एउटा भयानक शून्यमा डुबेको आभास पाए“। यतिबेला हजुर दिदीको छ महिने संस्कार पूरा गर्न सर–सामान किन्न गएकी मेरी धर्मपत्नी त्यतिखेर घर लिप्दै थिई। लामा मूर्दा पल्टेको सुकुल उठाउँदै थियो र कस्तो बिडम्वना— त्यसै दिन पराले बूढो सुकुलको पैसा उठाउन आइपुग्यो।
त्यस दिनदेखि म घर भयानक शुन्यमा डुबेको पाउँछु। उदास स्थिति अझै सकिएको छैन र हामीले—हाम्रो परिवारले त्यो शून्यलाई आजीवन भोग्नु पर्नेछ र यो शून्यको डरलाग्दो यन्त्रणाबाट मेरो छोरो पनि मुक्त हुने छैन। जीवनका पछिल्ला चरणमा सार्हैप असक्त भएको हजुर दिदी परिवारका लागि एउटा आस्था र आदर (अंग्रेजी …मस्ट' शब्द म कसरी प्रयोग गरू“?) भएको कुरा मलाई वोध गराइ दिने त मेरो छोरो थियो। घामको पहिलो झुल्कामा उठेर मसँग सोध्नु भन्दा पहिले हजुर दिदीलाई साविक ओछ्यानमा नपाएर उसले त्यसपछि सोेध्यो, बुबा हजुर दिदी खोई?
म उसलाई कुनै दिन हजुर दिदीको मृत्युको सूचना दिनुभन्दा आवश्यक उ आफै पूर्ण चेतनामा त्यसलाई बुझोस् भन्ने मात्र सोच्दछु।
मान्छेसँगको सम्बन्धलाई शायद हामी बु‰न सक्दैनौं। बुझेर पनि के फाइदा छ र? किनभने मृत्यु एउटा विन्दु हो जहा“ गएर सम्बन्ध र मानिसको आवश्यकतालाई अझै तिखोसँग बु‰नु हो।
तर हजारौं–हजार वर्षको मान्छेको इतिहास हेरौं–सम्बन्ध र आवश्यकतालाई जति निर्मम र वाहियात ढङ्गले व्याख्या गरिएको छ— त्यो आफैमा एउटा क्रूर यथार्थ हो। संवेदना र यसको संप्रेषणमा भन्दा इतिहासले मानव जातिको एउटा क्रोनोलजी मात्र तयार गरेको छ। मान्छे बेपत्ता छ र उसले जन्माएको आन्दोलन, कि त सम्पन्न वर्गको जीवनी, इतिहास बलात् भनिएको छ। त्यसैले मैले केही भिन्न ढङ्गले हजुर दिदीको बारेमा सोचें भने— संस्कृतिलाई उच्च कक्षमा अध्ययन गर्न नचाहेेको पनि शायद बेसै सोचें।
इतिहासले त्य िस्थितिलाई कहिल्यै बु‰ने प्रयास गर्यो् कि मान्छेको मूर्दा शरीरलाई मसानमा डढाएर फर्केपछिको शून्य क्रुरतम हु“दोरहेछ।
तर कति मानिसले, सबै मानिसको एक दुई पटक होइन अनेक पटक, अनेक स्थितिमा त्यो क्रुरतम स्थितिलाई सहनु पर्दछ। त्यतिखेर निर्विकार र निष्पक्ष र निसंलग्न पनि हुनुको कुनै पनि आडम्बरको कुनै अर्थ हु“दैन। मान्छे स्थितिसँग त निरपेक्ष हुन्छ तर मनसँगको सापेक्षताले गर्दा नै ईश्वर वल्लभ आमाले आत्महत्या गरेको देश बारे कविता लेख्दछन्।
तर कति मानिस चाहिं मृत्युलाई मृत्युलाई जीवनको अर्को रूप पनि सोच्ने गर्दछन्। मृत्युलाई महत्वहीन तुल्याउने मानिसको यो प्रयास पनि त मृत्यु यन्त्रणाको नै अर्को रूप हो। हामी शून्यसँग त्रस्त हुन्छौं र चाहान्छौं—शून्य हाम्रा वरिपरि नपरोस्।
समयको अन्तरालमा शायद हामी शून्य पुरिएको पनि सोच्न सक्दछौं। तर शून्य कसरी पुरिन्छ र? बाबुको मृत्युको बाईस वर्षपछि पनि मैले त्यो शून्य पुरिएको  सोच्न सकेको छैन भने हजुर दिदी!
शून्यहरू थपिदै जान्छन्। बर्बर शून्य।  
टाय्नबी इतिहासको अध्ययन गर्दा मान्छेको यहि शून्य स्थितिलाई बु‰न खोजेको हुनुपर्दछ।। तर थपिदै जाने बर्बर शून्यहरूको पीडालाई उनले कसरी सहे होलान् भन्ने त अर्के प्रश्न हो— मैले मृत्युलाई सहे जस्तै। गीता, तर्क र दर्शनले, हिन्दु धर्म र सिद्धान्तले संभवतः मान्छेका विरूद्ध गरेको सबैभन्दा ठूलो षडयन्त्र नै मृत्युको गलत व्याख्या हो। …अर्को जीवन' को काल्पनिक यथार्थ सृष्टि गरेर एउटा सोझो र सरल यथार्थलाई बंग्याउनु के षडयन्त्र होइन?
मृत्यु पछि मान्छेको मनस्थिति वनकालीका जङ्गलमा देखिने युक्लिप्टस वृक्षहरू जस्तै नाङ्गो हुन्छ। एउटा सत्प्रेरणा खोज्न थाल्दछ—मनले।
त्यो सत्प्ररणा अर्को जीवनको काल्पनिक यथार्थले त दिन सक्दैन। आ“शु प्रिय हुन सक्दैन, आ“शु भन्दा पनि अप्रिय त रून नसक्ने आँखा पो हु“दो रहेछ— सुखा आँखा।
हजुर दिदी मरेको छ महिनापछि पनि मृत्युको एक तमासको गन्ध मेरो आ“गनमा मडारिएको छ र यसबेला सबैभन्दा शून्य त मेरो आºनै मन छ।
तत्काल फेरि एउटा अर्को शून्यले मलाई छोपेको छ— शायद मर्नेहरूमा अब एउटा होड चलेको छ र अर्को मृत्युको सूचनाले अलिपर शून्यको अर्को एउटा खाल्डो पुरेको छ।
यसबेला जब गा“स टिप्ने समय ढल्किन लागेको छ मैले अर्को मृत्यु वेहोर्नु पर्योल। माइली दिदीको मृत्यु के मेरा लागि असह्तम क्षणहरू मध्येकै हुन सक्दैन?
तर सम्झौंता भइसकेको छ। असह् एउटा आभास हो र मृत्यु मान्छेका लागि क्रूर–क्रूर–क्रूरतम यथार्थ।
नौः
संभवतः म केही भन्दैछु

हिजो आज सर्वचेतन रूपले शून्य भएको छु। पानीमा बारम्बार उठ्ने झुल्काहरू जस्तै अथवा, आकाशमा रूवाको टुक्रा झैं देखिने बादल जस्तै। पानीमा उठ्ने झल्का र बादल दुबै क्षणिक हुन्। भरखरै जसलाई म आकाश भन्दै थिए“— भर्खर आएको सानो आ“धीले त्यसलाई शून्य बनाइसकेको छ। म सा“च्चै सर्वचेतन रूपले शून्यलाई स्वीकार्दैछु र एउटा महाशून्यलाई आºनो वृत्तमा समेट्दैछु।
आस्था ढुङ्गा हो— जति फुटाएर हेरे पनि ढुङ्गा भित्र कुनै गुदी भेटिन सक्दैन र सहज विश्वासहरू अवोध्य हुन जान्छन्। हामी साधारण मानिस हौं। यस हिसाबले आफूलाई असाधारण बनाउने बहानामा बितेको आधा जीवन अथवा आफूलाई गहुर्ङ्गो  बनाउने क्रममा होस्—ती सबैको अन्तिम परिणति सस्तो र हलुङ्गोपन नै त हो। सर्वचेतन रूपले शून्यलाई स्वीकार गरेपछि हामीसँग केही पनि बा“की रह“दैन र त्यतिबेला जीवनलाई मिठास र सुवास भनेर स्वीकार्न सजिलो पर्दछ।
हिजो दिनभरि जसो पानी परिरह्यो।
हामी रिक्सा नम्बर एकसय पा“चलाई पर्खेर एउटा बलेसीमा ओत बसिरह्यौं। थाहा छैन, हामी ओतलाई पर्खेर बसेका थियौं अथवा रिक्सालाई, तर समय सित्तैं बित्यो। त्यसरी नै जसरी धेरै दिनदेखि बितिरहेको छ। समयलाई बिताउनु धेरैका लागि वितृष्णाको कुरा भए पनि यतिखेर हाम्रो यो नै एउटा निश्चित नियति हुन पुगेको छ। यस बाहेक अरू केही छैन।
परिकल्पना मात्र जीवन होइन भन्ने थाह हु“दाहु“दै मैले ती क्षणहरूका बारेमा उसलाई बताए“। उसका अनेकौं महत्वकांक्षाहरूलाई उ आफै जोश दिदै थियो। मलाई भने यस परकल्पित स्थितिमा आफू सहित सम्पूर्ण महत्वकांक्षालाई थुकि दिन मन लागिरहेको थियो किनभने महत्वकांक्षा स्वयं एउटा यस्तो अमूर्त वस्तु हो जसका बारेमा यतिमात्र भन्न सकिन्छ कि त्यो पनि त्यस्तै हो जस्तो अरू चीजहरू। सामान्य मानिसको चेतनाको स्तरभित्र त्यो पर्दैन। जसरी झुपडीमा बस्नेले—भैगो, यी कुराहरू दोहोर्यासउनुको कुनै अर्थ छैन। सोम शर्माको सत्तुको कथा लेख्ने वा गढनेले त्यसै गढेको होइन। मान्छेका नाउँमा गरिने लेखिने वा बोलिने प्रत्येक सभ्य कार्य र शब्दले, हामीलाई, हाम्रो आधारभूत नियतिलाई संकेत गर्दछन्। वीरभोग्या बसुन्धरा जस्ता शब्दावलीले के सामान्य मानिसका आकांक्षालाई सुली चढाएका छैनन् र? प्रयासका लामा–लामा फड्कालाई तपाईंका आºनै संस्कार, आºनै आचार र आºनै संकीर्ण स्थितिहरूले छिर्कि हालिरहेका छैनन् भने तपाईं भाग्यमानी हुनुहुन्छ। तर म सर्वचेतन शून्य मात्र बन्न पुगेको छु, मसँग केही पनि त छैन। मेरा लागि आºनै बन्न पुगेकाहरू पनि आºना होइनन् र म भष्मासुरको पन्जा भोग्दैछु। सोच्छु आºना भनिनेहरू मसँग भन्दैछन्— “तिमी मेरो हौ” र म लगातार अस्वीकार गर्दै आएको छु। तै पनि दायित्व म माथि बलात् लादिएको छ। मेरो आºनो कुनै समय छैन र प्रत्येक पल र क्षण मलाई टुक्रा पारेर भोग्दैछन्—आफन्तहरू भने, म के आकांक्षा राखौं? एउटा साधारण मानिस—म जस्तो सार्है  साधारण मानिसका लागि त मन पनि आºनो हु“दो रहेनछ र मसँगै त्यसलाई लाख र करोडको संख्यामा होइन अरबको संख्यामा गन्न थालेको छु।
ओहो, समय सँगसँगै म पनि भड्किएछु। हिजो दिनभरि परेको पानीले सुखाग्रस्त एउटा ठूलो भू–भागलाई सिंचित गर्यो  र समाचार पत्रहरूले त्यसका बारेमा कुनै गम्भीर टिप्पणी लेख्ने आवश्यकता सोचेनन्। ठीक त्यसरी नै जसरी रिक्सा नम्बर एकसय पा“चले हाम्रो सित्तैको समयलाई सित्तैमा बिताइदियो। हामी पूरै अविश्वास हुन पुग्यौं। शायद उसले हामीलाई त्यति गम्भीरतापूर्वक लिने आ“ट पो गर्न सकेन कि? कुन्नि, घर–परिवार र आफन्तले झैं उसले व्यावसायिक सम्बन्ध ओढ्न चाहेन कि?
मैले संघारमा हिजो रातभरी ननिदाएर कीर्केगार्द सोचें। बिचरो …स्टर्मी पेटल।' सारा जीवन उसले आस्था र अस्तित्वका बारेमा सोच्यो र आजमात्र हामीले उसलाई सोच्न पर्योव। उसले जीवनलाई आºना लागि तयार पारिएको तीतो झोलमात्र सम्झेर पनि विस्तार–विस्तार, थोपा–थोपा गरेर पिउने अठोट। गरेको थियो र शायद हामी पनि उसकै नियतिका पुस्ताहरू हौं। उसले समयको प्रवाहका बारे गरिने कुराहरूमा कहिल्यै विश्वास गरेन र समयको स्थिरतालाई सार्वकालिक बतायो। आज पनि सन्दर्भ बदलिएको छैन। विभेदको यो स्तर आज पनि त कायम छ। संसारको आधा जनसंख्या अझै पनि संसारको आधा भागबाट …प्रगतिको उडान' भर्ने यानहरूलाई विस्मृत भएर हेर्दछ।
जम्मा–जम्मी बयालीस वर्ष बा“चेर कीर्केगार्द मर्योह। त्यसपछि पनि समय एक इन्च सर्केको छैन। हामी महत्वकांक्षाहरू लिनै नपाउने गरिएका छौं। आज पनि मानिसका लागि आकांक्षाहरू भाग्यले निर्धारण गर्ने विषय बनेका छन् खर्पन बोक्ने सानुचा, भारी बोक्ने मानबहादुर र श्रेस्ता खडा गर्ने राम प्रसाद महत्वकांक्षा लिनै नपाउने गरिएका छन्। हामीलाई आश्चर्य लाग्छ पारें घर्तीले गर्न सकेको पुरूषार्थ देखेर, मानौं कि पारेघर्ती पुरूषार्थ गर्नै नसक्ने मान्छे थियो अथवा मान्छेले पुरूषार्थ गर्नै सक्दैन अथवा साधारण मान्छेका लागि आकांक्षाहरू प्रतिवन्धित छन्— वास्तवमा प्रतिबन्धित छन्। संस्कारको संकीर्णताले लगाएको प्रतिबन्ध कानूनी प्रतिबन्ध भन्दा पनि कडा हुन्छ।
आफू भड्किएकोमा म किन आश्चर्य मनुं? अब म कुनै पनि स्थिति प्रति आश्चर्य मान्ने पक्षमा छैन। आश्चर्य नै एउटा ठूलो र अद्भूत आश्चर्य होे। आश्चर्य न तिमी हौ, न म हु“, त्यो त एउटा स्थिति हो जस्तो कि, मैले प्रेम गरेकी एउटी राम्री केटीले मलाई दूत्कार्दा पनि मैले आश्चर्य मान्न चाहिन। के को आश्चर्य? दुस्साहसहरू जति पनि मैले गर्न खोजें ती सबै दुस्साहस भइदिन सकेनन्। मेरा लागि सृष्टि मात्र पनि आश्चर्य हो भने सृष्टि मात्र पनि कुनै आश्चर्य होइन।
त्यसैले हिजो आज मैले सोच्न छाडिदिएको छु। म एउटा त्यस्तो बाटोको खोजीमा छु— जहा“ आरम्भमा नै अनन्त इच्छाहरूलाई चिहानमा गाडी दिउँ र एक्लै ºयाङ–ºयाङ हिडौं। एक्लै। मानिसको अन्तहीन यात्रालाई जसरी प्रारम्भ गरे पनि अथवा जसरी अन्त्य गरे पनि अन्ततः मापनस मात्र स्टर्मी पेटल हो।
मैले उसलाई भन्दा उसले भन्यो—हुन्न, भगुवा इस्केपिस्ट, इमोशनल। तर, यदि मेरा आँखाहरू आकाशमा अनन्त सम्भावनाहरू हेर्नबाट रोकिन्छन् भने म आºना आँखाहरू बन्द गर्न त सक्दछु। निर्धारित लक्ष्य म किन हेरू“? यी जो मलाई आºना संभावनाहरू भित्र मात्र कैद गर्न चाहान्छन्, तिनलाई म के भनुं? तर म हु“ भने त्यति मात्र होइन र होइन भने म धेरै हु“ अथवा केही पनि होइन। घरको धुरीसम्म पनि नछुने बा“सको टुप्पोमा बत्ती बालेर त्यसलाई आकाशदीप भन्ने पक्षमा म छैन। अथवा कमिला दगुर्ने समयलाई पृथ्वीको सर्व शाश्वत प्रगति भन्ने पक्षमा पनि म छैन।
म आफूलाई पा“चौं र दरिद्र विश्वको कंकाल प्रतिनिधिको रूपमा थोपारिनबाट बच्न चाहान्छु। म आºनो कुनै पनि मूल्यसँग असहमति जनाउँछु। जब म आºनै आकांक्षाहरूको मालिकसम्म पनि बन्न सक्दिन भने बा“कीका निरर्थक स्थितिहरूलाई किन स्वीकार गरू“।
त्यसैले म सर्वचेतन रूपले आफूलाई शून्य घोषित गर्दछु। यदि म संस्कारका संकीर्ण बन्धनहरूमा बा“धिन चाहन्न भने के भो त? हामी सामान्य मान्छेहरू सामान्य आकांक्षामा लादिन चाह“दैनौं। बरू ठीक छ—हामी (म) विरोधाभाशमा बादल उडौं—पानीका झुल्का उठौं। त्यसैले म हिजो–आज विमति खोज्दैछु। त्यसैले हिजोआज आरम्भमा नै इच्छा र आकांक्षाहरूलाई चिहानमा गाडिदिएर हिड्नका लागि एउटा बाटोको खोजीमा छु।
नमस्कार, मैले तमाम नियतिहरूलाई भनेको छु।


 
दशः
रिमार्क्स—निगेटिभ

—अरू सबै त ठीकै छ, तर, कुनै पनि व्यक्तिको सन्दर्भमा कसैले पनि कुनै रिमार्क गर्दा आउने यो “तर” र “यदि” को कुनै स्थान हु“दैन भनिन्छ र मानिस चाहिं चीर–सनातनदेखि यहि “तर” द्वारा बन्दैछ, बिग्रदैछ र बिग्रदैछ।
हामी धेरै नै सभ्य बनिसकेका छौं। हिजोआज त्यसै भनिन्छ। यूरोपमा देखा परेको …सर्ररियलिज्म' लाई शशी शाहले प्रतिनिधित्व गर्दछन् अथवा अमेरिकी अद्भूत आधुनिक मूर्तिशिल्पमा प्रमिला गिरी पारंगत छिन् अथवा वैकुण्ठमान श्रेष्ठ भर्खरै मात्र हङकङबाट क्यामरा संचालनमा विशेष दक्षता हासिल गरेर आएका छन्।
…नेपाल' तीन अक्षर र दुई मात्राको यो देशमा निश्चय नै प्रतिभाको अध्या“रो छैन। पैंतालीस भन्दा बढी प्रतिशत जनता निरपेक्ष गरीबीको रेखामूनि रहेर पनि प्रतिभाको यो विकास निम्नस्तरको छैन। तर, …तर, एउटा शब्दले हाम्रो प्रतिभाको अवमूल्यन पनि गरेको छ। मानिसहरूका बारेमा गरिने नचाहिंदा कमेन्ट्सले प्रतिभालाई फक्रन र मौलाउन दिएको छैन। कुन्नि थाह छैन, ठूलो रूखको इर्ष्याले पो त्यसमुनि बोटहरू नउमि्रने हुन् कि?
तर हामी सबै नै नाङ्गै छौं। को कति जान्दछ वा जान्दैन भन्ने सबैभन्दा बढी थाहा भएको र थाह पाइने पनि कुरा हो।
आफूलाई सबै कुरामा पारंगत सोच्ने नेपालका नव बौद्धिक र पी.एच.डी. …महा–मानवहरू' को दिनचर्याको एउटा महत्वपूर्ण आयाम चरित्रहत्या हो भन्ने कुरालाई इन्कार गर्न सकिदैन। फलानोको चरित्रको, प्रतिभाको, शिक्षाको सर्वाङ्ग तारीफ गरिसकेपछि एउटा उत्ताउलो टिप्पणीद्वारा त्यसको अवमूल्यन गर्नु हिजो आज चलेको एउटा सजिलो मनोरञ्जन हो। सर्वाङ्ग तारीफपछि गरिने— …आइमाइको बारेमा असाध्यै कमजोर छ', अथवा—पिएपछि होशै नराखेर जथाभावी बक्छ,' अथवा— …होइन, त्यो केही गर्दैन …पोज' मात्रै गर्छ', अथवा …पैसा भनेपछि जे पनि गर्छ'— जस्ता टिप्पणीले हाम्रो आधुनिकतम सभ्यतालाई के खिज्याइरहे झैं लाग्दैन?
अर्काको पिठ्यूं पछाडि कुरा काटिने यस्तो चलन नेपाली सभ्यताको आºनै उपज हो वा यो अन्य कुनै देशबाट आयात गरिएको हो, थाह छैन। तर कहिले …सहानुभूति' स्वरूप, कहिले …गुरू हुनुको आभास' स्वरूप र कहिले …हित' चिताएर गरिने यस्ता टिप्पणीले टिप्पणी गरिने व्यक्तिप्रति कस्तो हित गर्दछ?
मानिसका मनमा जीवनका प्रति नकारात्मक र निराशापूर्ण दृष्टिकोणको जन्म दिने यस्ता टिप्पणीहरूले मानिसलाई उँभो लगाउन कति मद्दत दिन्छन्— थाह छैन। यो त टिप्पणी गर्न खप्पिसहरूले निरूपण गर्नुपर्ने कुरा हो।
तर मानिलिनुहोस्—एउटा फक्र“दो फूललाई तपाईं …कति राम्रो' …कस्तो रङ्ग मिलेको', …कस्तो रिफ्रेसिप' भनेर सुम्सुम्याएको बहानामा त्यसको फक्र्याइलाई नै अबरूद्ध गर्न सक्नु हुन्छ कि हु“दैन?
यस्तो किन हुन्छ? किन हाम्रो …आधुनिकतम' सभ्यता यस्तो संकीर्ण र संश्लिष्ट विचारबाट निर्देशित हु“दै गइरहेको छ? किन मानिसले आºना …हितैषी' हरूबाट नै अप्रत्यक्ष पीडा पाइरहेको हुन्छ?
आºना लागि एउटा सहज र सुकिलो योजना बनाएर हिडिरहेको एउटा सामान्य मानिसलाई निष्प्रयोजन निरूत्साही तुल्याएर आनन्द लिनेहरूको बढ्दो संख्यालाई देशका लागि पनि निरूत्साहजनक नागरिकको रूपमा लिनुपर्दछ। …तिमीबाट यो काम पार लाग्दैन' भने मात्र पनि त पेटको इर्ष्यालु कीरा मर्दछ भने …तिमीमा यस्ता र उस्ता खराबी छन्'— भनेर देखाउने समाजका वैद्य–महाराज र चिकित्सा विशारद्हरूले दिमागको कुन चाहिं कीरा मार्न चाहेको हुनछन् कुन्नि!
हाम्रो शहरमा यस्ता वैद्य–महाराज र चिकित्सा विशारद्हरूको एउटा त समूह नै छ। उनीहरूको एउटा प्रमुख काम नै मानिसहरूका बारे भिन्न–भिन्न कमेन्ट्सद्वारा उसलाई पंगु बनाउन खोज्नु हो। सरकारको कुनै एउटा वित्तीय संस्थानका यी कर्मचारीहरूलाई …म्यान टु म्यान कम्युनिकेशन' मा लगाईदिदा बरू भलो हुन्थ्यो। मलाई थाहा छ …गोसिप मोंगर'— हरूले एउटा सद्धे मान्छेलाई अर्द्ध मान्छे बनाइदिए।
…क्यू, (एच.) बी.सी.' एकजना साथी यस्ता मानिसहरूको बारेमा अक्सर भन्ने गर्दछ। क्यू–एच अर्थात् क्वाटर वा हाफ र बीं.सी. अर्थात् ब्रेन क्र्याक।
यस्तै एउटा क्यू.बी.सी.ले एक दिन बाटो हिडिरह“दा मलाई बडो दयालु पाराले आºनो झोलामा हात हाल्न भन्यो। अर्को एउटा एच.बी.सी.ले सा“झ पिलाउने निम्तो दिएर प्रशस्त अर्ति पिलाएर पठायो। प्रत्येक मान्छे खान, बस्न, सुत्न, लगाउन, पढ्न, हिड्न, चल्न अथवा प्रत्येक अनिवार्य र इच्छित कुराहरू गर्न आफैमा निर्भर हुन्छ भने आºना लागि टिप्पणीहरूको अस्रल्ल भेल उसले किन भोग्नु पर्ने हो— थाहा छैन।
हामी कहाँ कसैको पनि कुरा कटाइ आलोचना मानिन्छ , यसप्रकारको निरन्तरको आलोचनाले समाजमा आलोचित व्यक्तिको स्थिति कस्तो हुन पुग्दछ— विचार कसैले गर्दैन। एउटा सानो वाक्य थपिदिए पुग्छ— …हितैषी भएकोले पो कुरा गरेको।' तर यस्तो कुरा कटाइले कस्तो हित हुने हो, त्यो बेपत्ता छ।
हाम्रो समाज व्यवस्था निर्मम हु“दै गएको छ, यति निर्मम कि एउटा सामान्य मानिस कल्पना पनि गर्न सक्दैन कि ऊ बा“च्न पनि सक्दछ। एउटा वैयक्तिक जीवन बिताएर समाज व्यवस्थाको सामान्य विन्दूका रूपमा रोएर वा हा“सेर वा गाएर बा“च्न मान्छेले किन नपाउने? बेपारमा जस्तै जीवनमा—जीवनको आºनै ढर्रा अपनाउन पनि दलाल चाहिन्छ र?
तर दलालहरूको संख्या बढ्दो छ, …तपाईलाई यो घर बडो ठीक्क छ, बडो सुहाउँदो छ, बडो रमाइलो लाग्नेछ।' तपाईको रूचिको ठेक्का यिनैले लिन थालेका छन्, …अरू त ठीक छ तर, तपाईको लागि, त्यो मान्छे, बडो होशियार रहनुहोस्।'
होशियार रहनु होला—के ठेगान कि यिनीहरूले भोलि तपाईंसँग भनिदिउन् …अरू त सबै ठीक छ, तर तपाईकी पत्नीको आँखा अलि डेरो छ' अथवा …तपाईंकी पत्नी अस्ति फलानोसँग खुलेर बोल्दै थिइन्।
किनभने उधारो लिएको हाम्रो आधुनिकताले विचार र दर्शनमा होइन, फेशन र फेशनमा मात्र प्रभाव दिएका छन्। हाम्रो उपदेश प्रधान हिन्दूवाद (?)को उपल्लो संकीर्णता हाम्रो मौलिकता बनेको छ“दैछ।

 
एघारः
सेल्युलाइड—८१

चार मार्चको दिन बिहानै, राधाकृष्ण मन्दिरको ‰यालबाट गङ्गाको पूर्वी किनारतिरबाट आइरहेका डुङ्गाहरू हेर्दाहेर्दै, अचानक मैले थाहा पाए“— बुढो भएछु।
बूढो मात्र होइन, एक्लो पनि। एक्लो, असहाय र टुहुरो। मोजमस्ती र आवारगर्दीका दिनहरू सकिएछन्, जिम्मेवारी बोकेर पनि गैर–जिम्मेवार कामहरू गरेर हिड्ने आदतहरू बदलिएछन्, इतिहासले एउटा नयाँ खाता प्रारम्भ गरेछ—मेरा नाउँमा र मैले त्यस कुलच्छिनी बिहानको सूर्य हेर्न सकिन।
मैले गंगामा आफूलाई निहार्ने प्रयत्न गरे। असामयिक चाउरी बढ्दै गएको अनुहार, शुष्क आँखा र रित्तो मन। हतार गर्नुपर्ने केही छैन। समय इलेष्टिक तन्काए झैं— राजघाटदेखि अस्सीघाटसम्म—तन्किएको छ। म सम्झन्छु— …यङ्गमेन, सुनर अर ल्याटर यु हैभ टु फेस।' यङ्गमेन? म अब कदाचित् तरूनाइको अन्त्यमा मात्र छु।
त्यतिबेला मैले बोध गरेको कुरा यति नै थियो—मृत्यु कसैको देहको अवसान मात्र होइन, बा“च्नका लागि बूढो हु“दै गएको चेतावनी पनि हो। ती क्षणहरूमा म भावुक हुन सकिन। मैले गुलाफका नीला फूलहरू सम्भि्कन। सपना देखिन। आफूसँगै बसेको तस्वीर निहारिन।
अमृत बराबर हुन्छ। तर यो अमृत अब बर्सिन सक्दैन। त्यसको सट्टा स्मृति बर्सिन थाल्दछ। घाऊहरू यस्ता हुन्छन् कतिपय कि सधैं आलो रहन्छ। कहिल्यै निको नहुने यस्तो घाऊले शायद मानिसलाई क्षीण गराउँदै लान्छ। जस्तो कि मेरो शरीर का“प्न थालेको छ र मौका–बेमौका झस्काउन खाजेको जस्तो लाग्ने गर्दछ। तर प्रकृति लौकिक तर्कसँग कुनै तादात्म्य राख्दैन। प्रकृतिको नियममा मानवीय तर्कलाई कुनै मान्यता छैन, उसको त आºनै तर्क छ जसलाई हामी त्यतिबेलासम्म मान्दैनौं— त्यतिबेलासम्म पत्याउँदैनौं, जतिबेलासम्म हामी स्वयं नै यसका पाङग्रा मुनि पिसिदैनौं।
बज्दा–बज्दै समयको अभावमा बजाउन छोडिएको गीतको एक अन्तरा जत्तिकै हो कि जीवन? तर मैले जीवनका बारे कुनै दार्शनिक धारणा बनाउन सकिन। उपनिषद्को मेरो सबभन्दा प्रिय पात्र नचिकेता सम्झन सकिन। किनभने चाहे जतिसुकै रहस्यमय र आश्चर्य मण्डित भए पनि जीवनका प्रति हाम्रा धारणाहरू कठिन हुनै सक्दैनन्। मैले त्यस स्थितिमा शस्त्रास्त्र र आगोले समाप्त गर्न नसक्ने आत्माको बारेमा पटक्कै सोचिन। बरू चौैध दिनपछि घर फर्केर चार वर्ष पुरानो हलुवावेदको रूखसँग मैले आºनो तुलनामा गरें—अब कति पालुवा? अब कति सम्झना??
त्यसपछि तस्वीर हेरें। खिंचिएका छत्तीस तस्वीरहरूमा दुई तस्वीर मात्र बन्नुलाई मैले अलौकिक रहस्य सोचें। किनभने जहा“ घाम थियो— त्यहा“ तस्वीर थिएन र तस्वीर त्यहा“ थियो जहा“ घाम थिएन।
एउटा डुङ्गा गएर गङ्गाको बीचमा टक्क अडियो। मृत्युमा मैले असमान्य केही पाइन। जीवन–अस्तको त्यस सहज प्रक्रियामा म स्थितिप्रज्ञ थिए“ र मामा विष्णुका सहस्त्र नाउँ (किन करोड होइन?) पाठ गर्दै हुनुहुन्थ्यो। बडो सहज मार्मिक ढङ्गले मृत्यु हाम्रो कोठामा पस्यो। पस्दै छ भन्ने थाह थियोः …यङ्गमेन, वन्ली थिंग इज लेºट प्रे वीद गड फर ए क्वाइट एण्ड काम डेथ।' असहाय र स्थितिप्रज्ञ भएर, हात बा“धेर मृत्युलाई पर्खिनु। यन्त्रणाको यो भन्दा ठूलो नरक के हुन सक्छ—जब आºनो सबभन्दा …प्रिय' लाई निकट मृत्युको सूचना दिन डाक्टर अराउँछ। डोरी छिन्यो र म शारीरिक रूपले उन्तीस र मानसिक रूपले उन्तीस गरी जम्मा अन्ठाउन्न वर्षमा प्रवेश भए“।
कत्रो आश्चर्य
तीन महीनाहरू। बितेका यी तीन महीनाहरूले दिएको पीडा भोग्दैछु। मन भयानक रूपले एक्लो छ र दिमाग डरलाग्दोसँग शून्य छ। गीताञ्जलीका कविताका पंक्तिहरूः …इन द डार्क एण्ड साइलन्ट नाइट। योर फिगर्स कीप मुभिंग।'
उज्ज्वल उदास क्यानभासमा उदास रङ्गले एउटा उदास हा“सो लेख्ने पीडाबाट मुक्त भयो र वैकुण्ठ सानो कोठामा कर्नरबाट फोकस मिलाएपछि पाइने पीडाबाट बच्यो। मैले मेरा यी दुबै मित्रहरूलाई गङ्गापारिको बगरहरूमा खोजें, टल्किएको बालुवामा मैले प्रतिमालाई सम्झें। यी मेरा आफन्तहरू, एकलासमा यीनीहरूलाई सम्झेर सोच्न मद्दत गर्ने मेरो अनुभूतिले नै कुन्नि कतै मलाई अझै एक्लो हुनुबाट जोगायो कि?
त्यसपछि म बुढो भए“। बूढो हुन कुनै दार्शनिक बिम्ब चाहिएन। नचिकेताको आत्मज्ञान चाहिएन। चार मार्चको बिहान नियतिले गर्जना गर्यो  र म बूढो भए“। बूढो, एक्लो, असहाय र टुहुरो। त्यसपछि म आघात गुजि्रदैछु। म क्रममा सामेल हुन पुगेको छु र मलाई थाहा हु“दै आएको छ— हलुवावेदको तेस्रो हा“गो पिटिक्क भा“चिने छ। कुनै पनि बेला।
मैले गङ्गामा फेरि पनि आफूलाई निहार्ने प्रयत्न गरें। बिहान कालो भए पनि गङ्गा स्थिर छिन्। उन्मादका लहरहरू थामिइसकेका छन्। मैले, तैपनि त्यो कुलच्छिनी बिहानको सूर्य हेरिन। निर्मम त्राशले गा“ज्दै ल्याएपछि मैले थाहा पाए“— हलुवावेदको रूख निकै बूढो भएसकेको छ। तैपनि सेल्युलाइड जारी छ। हलुवावेदका बोटमा पालुवाहरू फुल्दैछन् र पातहरू झर्दैछन्।

 
बाह्र :  
यो जीवन हो

सम्झनाहरू एक पटक फेरि ताजा भएर आएका छन्— हरियो दूबो झैं; हामीले पूजा गर्ने आयुको आस्था झैं; हामीले बगाउने आ“शुको आस्था झैं; हामीले सम्झने स्मृतिको आस्था झैं।
विवेकलाई गर्मीको पाको
घाम नभन्नु
जङ्गलमा सुस्ताउँदा वा
बालुवामा
हराउँदा, वाफले पोल्दा,
यसको नाउँ घाम हुनै सक्दैन
स्मृति–स्मृति मात्रै हुन्छ;
सुकेको पराल जस्तो
जो धुवा“ भएर पनि आगोको
ज्वाला जस्तो
अथवा पुस्ता पछि पुस्ताले देख्ने
पर्वतका नाङ्गा शिखरहरू जस्तो।

कोठाबाट आज धेरै पटक ढक–ढकको आवाज आएको छ र आवाजलाई टर्चको उज्यालोले देख्न सक्दैन, छुन मात्र सक्दछ। म चौधौं सिगरेट सल्काएर एक पटक फेरि आºना मर्मान्तक पीडाका दिनहरूतिर प्रश्नात्मक हेर्दछु। मानिस, तर मानिस यति विशाल छ कि उसको आयातनका लागि छाया“ र भूमिहरू सा“घुरा हुन्छन्। चित्र कुनै क्यानभासमा पनि तयार हुन सक्दैन। तर मसँग एउटा सानो क्यानभास मात्र छ र स्वर व्यञ्जनका जम्मा छत्तीस वर्णमाला, तर्कल्ले, बर्धन्ने, एकलख, दोलख र बाइमात्रहरूले छेकिएका यी अक्षरहरूलाई क्रमगत लेखेर कुनै वाक्य र शब्द बन्दैन।
हो, यो जीवन हो।
दिल–ए–नादा“ तूझे हुआ क्या है? गालिबका यी पंक्तिहरू दाहोर्या उँदै रातको चारघण्टा अनिदो बिताइदिने क्रममा छु र मलाई यो राम्ररी थाहा छ सिवाय स्मृतिमा ल्याएर पीडालाई सुम्सुम्याउनु बाहेक त्यसको अर्को कुनै औषधी हु“दैन? दिनभरको थकाइबाट पनि थाक्न नपुगेर मानिस रातभर निद्रामा वा स्मृतिहरूसँग थाक्न खोज्दछ भने हो यो जीवन हो।
हिजो मगर्नी दिदी मरिन्। मगर्नी दिदीको मृत्यु, डाक्टरहरू भन्थे, चुरोटको अति सेवनबाट भयो। कति गलत कुरा। मगर्नी दिदी गङ्गामा मर्न गएकी थिइन्, खोलामा फर्केर मरिन्। यसले के भयो र? मर्नु भनेको त आस्थाको जगेर्ना गर्नुसम्म मात्र हो अथवा स्मृतिहरूमा अमर हुनु हो। मृत्यु संभवतः लामा जीवनका लागि हुन्छ र यसले एउटा श्रृंखलालाई तानेर लैजान्छ।
दिल–ए–नादा“..............
दिल–ल–ए–ना–दा“...............
दि–ले–ना–दा“..................
दि–लए.....................
दि–..................

मैले भर्खरै पानी पिएको छु र अलिखेर पछिको तिर्खा मेट्न म पानीको जगेर्ना गर्दैछु, सोच्दैछु भोलि बिहान सुत्नेछु। अर्थात् कि जीवनप्रति म सम्मोहित छु।
अनन्त र अन्त्यहीन बहसहरूबाट आत्तिएर जब सुस्ताउन खोज्दछ जिन्दगी त्यसबेला गंगाको ठीक पारी बालुवाहरू टल्किन थाल्दछन्। समय न पछि घसि्रन्छ, न अघि। यो कोरा हो अथवा तरङ्गहरू मात्र उठ्ने पोखरी हो।
थाह त छ, तरङ्ग र लप्काहरूलाई.....................
...............तुझे हुआ क्या कै?
...............हु–आ–क्या–है?
...............हु–आ–क्या–है?
.................———क्या है?
......................———है?
......................सम्झेर केही हु“दैन। मन जति कठोर भए पनि कमजोर छ। दुख्छ। निराशा एउटा राम्रो, उज्यालो रेखाको अनुहार लिएर जब बाटो आºनो निर्मितमा हुन्छ त्यसबेला जिज्ञासाको मृगतृष्णा बाटो छेक्न आइपुग्छ। सररर चिसो मुटु आफैं ढुकढुक गर्दछ, जिउ आफैं ढक्क फुल्दछ र छाया“ आफैं तर्सिन्छ। आफैलाई हेरेर एक तमाससँग हामी जीवन सोच्दछौं–पछिल्तिर फर्किने एउटा प्रक्रिया मात्र।
यो जीवन हो, यही हो। अहिले म कुनै पेन्ंिटङ्गको पृष्ठभूमिमा र कुनै तस्वीरको छाया“मा छैन र पनि त्यसबाट मुक्त छैन। मानिस वर्णमालाको कहिले अक्षर मात्र हो र कहिले चाहिं मात्र र अझ कहिले त न मात्र हो न अक्षर।
यो जीवन हो, यही हो, अरू छैन। न यो केस्रा हो न खोष्टा। यो न कविता हो न कविता होइन। यही हो, जीवन हो, अरू छैन।
घाम हरेक दिन गंगामा अस्ताउँछ। अस्ताउने बेला छाया“हरूले बेपत्ता फराकिलो गंगा र यसका टल्कने वालुवाहरूलाई नाघ्दछन्।
पानीमा सूर्यलाई, त्यो डुबेको सूर्यलाई, टपक्क टिपेर राख्ने इच्छा हुन्छ। इच्छाहरू यस्तै हुन्छन्।
विवेक, त्यो गर्मीको
पाको घाम होइन, जङ्गल होइन बालुवा पनि,
र यो वाफ पनि हुन सक्दैन,
यो त जङ्गल हो,
जङ्गल मात्र।

मोटरका लश्करहरू, एक जोर पुराना जुत्ता, दुई या तीन क्वाइल तार, केही फिट पाइप, दुइटा मसीदानी, केही मुठ्ठा साग, एउटी सानी छोरी, एउटा सानो घर।
पानीमा सूर्य डुबेर गहिरो अझ गहिरो अझै गहिरोमा पुगिसकेको छ।
त्यो जीवन हो, यही हो। हरियो दूबो झैं चिरञ्जीवी।
के यो सा“च्चै जीवन हो?

 
तेह्रः
यो काठमाडौं, हाम्रो काठमाडौं


यो शहरका मान्छे पानी र दूधको सपना देख्दछन्। शहरमा दूधको लाइनमा घाम झुल्कन्छ र लोड शेडिंग चलेको बेला मूल फुटेका ढुङ्गेधारा खोज्दाखोज्दै बिहान सकिन्छ। तर अधिकांश ढुङ्गेधाराहरूको स्थिति अपहेलित बूढो जस्तै छ, जोसँग परिपक्व सल्लाहको बेला मात्र भलाकुसारी गरिन्छ। काठमाडौं यस्तै छ। डा“डामा पुगेर हेर्दा एउटा अनौठो चित्र जस्तै लाग्ने काठमाडौं कतै तन्किएको छैन, अनौठो छैन। न कतै चौडा छ, न कतै लामो। बरू यो एउटा त्यस्तो भान्साघर जस्तो लाग्छ जहा“ बसेर बूढी आमा भात पकाउँदैछिन्, बूढा बाजे जप गर्दैछन्, घरबिदामा आएको जागिरे छोरो टोपी मात्र फुकालेर चौंकामा बसेर भूपतये स्वाहा भन्ने तरखरमा छ, नाति नजिकै राखिएको टेबिल–कुर्सीमा बसेर मासको दालसँग ताइचिनको भात खा“दैछ, लिवाइज जिनमा कस्सिएकी अन्माउने बेला घर्किन लागेकी छोरी प्रेम वाजपेयीको पचहत्तरौं उपन्यास पढ्दैछे र दुईजना स–साना बालक आºनो आमाको भाषा बिर्सन जाने तरखरमा आलुचिउराको टिफिन माग्दैछन्।
शहर यसको गल्ली र सडकहरू जत्तिकै सा“गुरो छ। कस्सिएर हिड्नेको लागि कहींबाट कहीं पुग्न पनि आधा घण्टा लाग्दैन। विमानस्थल त्यहीं छ र पशुपतिनाथ पनि त्यहीं छन्। तर पनि यस्तोालाग्छ— काठमाडौं टाढा–टाढासम्म फैलिएको छ र सार्हैा विस्तृत छ। किनभने काठमाडौंको दूरीलाई समयले नाप्दैन, थकाइले नाप्दछ। यहा“ जो पनि आउँछ, त्यो थाक्दछ। थकाइ यस शहरको स्थायी रोग हो। बिहान नौ बजे खाएको दाल–भातले दिनभरिको कामपछि पनि नथाक्ने ताकत कहाँबाट देओस्?.......शहर सा“गुरो छ, तर बस, मोटर र मोटरसाइकल देख्दा त्यस्तो लाग्दैन। यति सा“गुरो शहरको सा“गुरो सडकमा चल्ने चौडा मोटरहरूका अगाडि मान्छे सार्हैा सानो हस्ती लाग्दछ।
काठमाडौंको बिहान नौं बजे दाल–भातसँगै सकिन्छ। त्यसपछि दश बजेसम्मको समयलाई हामी नृसिंह अवतार र हिरण्यकशिपु बीचको लुछाचु“डी भन्न सक्दछौं। बस र मिनीबसको भीडमा अक्सर निम्नमध्यवर्गीय मेकअप पसीनाले पखालिने गर्दछ। पुरूष र स्त्रीको मिश्रित गन्धबाट छुटकारा पाउञ्जेलसम्म मानिस थाकिसक्दछ। झण्डै एघार बजे प्रारम्भ भएको दिन केही जरूरी काम सिध्याउन, केही बोलाहट आएपिच्छे भित्र–बाहिर गर्न र बा“की सम्पत्तिहरूको मूल्याङकन गर्नमा सकिन्छ। निजले दश लाखको सम्पत्ति जोडिसकेछ, फलानाले श्रीमतीलाई सुनको चुरी किनिदिएछ, ढिस्कानाले लागि सबभन्दा ठूलो महत्वकांक्षा यिनै हुनसक्दछन्। शहर सा“च्चै निकै सा“गुरो छ।
शहरका यत्रतत्र–सडकमा, गल्लीमा, चोकमा र भवनमा—देखा पर्ने सभ्यता बस स्टप र यस्तै अरू सार्वजनिक ठाउँमा देखिदैन। शहर कपडामा सभ्य छ, तर मनमा कति सभ्य छ भन्ने कुरा थाहा हु“दैन। सडक बारेर भोज खाने चलन हट्ने कुरा होइन, बरू खाने सडकमा निर्माण सामाग्री थुप्र्याएर घर बनाउने चाहिं थपिएको चलन हो। काठमाडौंमा प्रतिदिन सभ्यता खडा हुन्छ र भत्किन्छ। निर्माणको सभ्यताले काठमाडौंलाई मूसा उमि्रएको हात झैं बनाएकोमा प्रतिदिन सभ्यता खडा हुन्छ र भत्किन्छ। निर्माणको सभ्यताले काठमाडौंलाई मूसा उमि्रएको हात झैं बनाएको छ। नगर विकासशील छ, तर विकास अव्यवस्थित छ। यहा“का अधिकांश घरका प्रायः सबै बाथरूमका ‰यालहरूमा लाज छोप्ने एउटा झिनो पर्दा पनि हु“दैन।
शहरमा नाला बनेका छैनन् तर नदी पुरिएका छन्। असार–साउनमा भेल बोकेर ल्याउने वागमती र विष्णुमती पुलले मात्र छुट्टिन्छन् नत्र दुबै नदी टुकुचा बनिसकेका छन्। दश वर्षपछि जन्मिने बच्चाले आºनो बाबुसँग …यसलाई किन वागमती अञ्चल भनेको ड्याड्?' भनेर सोध्यो भने वागमती भनेको यही हो भनेर देखाउने घेरो पनि रह्यो भने राम्रै हुनेछ। अन्ततिर नदीतीरमा सभ्यता बस्दछ, हामी कहाँ नदीतीरको सभ्यता नाशिन्छ।
कसैले गलत भनेका छन्— काठमाडौं समृद्धिको टापु हो। काठमाडौं भाडाको कोट लगाएर पार्टीमा जान्छ, निःशुल्क मधुपान गरेर मात्तिन्छ र सडक, पेटी, सुकुल र कुर्सी जहा“ मन लाग्यो त्यहीं लडिदिन्छ। खान पाउनेहरूको घरमा पालिएका भोका कुकुरहरू समसा“झै सिक्रीबाट उम्किन्छन् र रातभर भुकेर बिहान मालिक सँगसँगै मर्निङ्ग वाकमा जान्छन्। त्यसैले शहरका समृद्ध टोलतिर आठबजे उप्रान्त हिड्न मनाही छ। …कुकुरदेखि सावधान' को वोर्ड आठ बजेपछि अदृश्य हुन्छ।
कर्मचारीहरूको हुल काम सकेर निस्कने बित्तिकै सा“झ पर्दछ। दिन आवश्यकताका फारमहरू किन्न दौडिदा–दौडिदै सकिएपछि बेरोजगारहरूको भीड नयाँ सडकमा जम्मा हुन्छ। पीपलको फेदमा ज्ञान प्राप्त गर्ने बौद्ध परम्परा शहरले छोडेकेा छैन नयाँ सडकको पीपलबोटमुनि प्रकाशित र अप्रकाशित खबरहरू पाइन्छन्, खल्तीमा पैसा छ भने दिनभरको दौडधूपमा खिइएका जुत्ता रङ्गाउन पाइन्छ, साथीभाइ–इष्टमित्रहरूले भर्खरै लाकसेवाको जा“च जितेका छन् र महीनाको प्रारम्भ छ भने रेष्टुरा“को मेचमा ज्यान छाडेर बस्न पनि पाइन्छ।
दुई शहरसँग अन्तर–नगर बस सेवा नौ बजेसम्म चले पनि काठमाडौंको आºनै आन्तरिक सेवाको भर छैन। सात बजेपछि बस बा“सवारी जा“दैन। ड्राइभर–कण्डक्टर पनि सुरक्षा खोज्दछन्। बस गौशाला जा“दैन, बौद्ध जा“दैन, जोरपाटी जा“दैन, टङ्गाल जा“दैन। साढे सात बजे बस ग्यारेज जान्छ— बस त्यत्ति हो। एक–एक एघार–केटाकेटीमा पहाडा घोक्नु भएको छ र गोडामा तागत छ भने लम्किनुहोस्— शहर तपाईंसँगै लम्किनेछ≤ खल्तीमा पैसा छ भने मिटरवाला ट्याक्सीसँग बार्गेन गर्न थाल्नुहोस्, सात बजेपछि ट्राफिक नियम पनि घर जान्छ र अझ शहरको सुझाव छ, खल्तीमा अड्कलेको पैसा लिएर ट्याक्सी नचढ्नुहोस्— अचेल काठमाडौंमा मिटरहरू मुक्त छन्— नियन्त्रणहरूबाट एकदमै मुक्त।
यो काठमाडौं, हाम्रो काठमाडौंमा तपाईंले एक–एक एघारको पहाडा घोक्नु भएको छैन, खल्तीमा पैसा छैन र गोडामा तागत छै भने रात तपाईंको आफ्नै हो।
अचेल संस्कृति पशुपति मन्दिर वा भजन–कोठीमा ओइन, नयाँ सडक वरपरका बार र मासंगल्लीमा बिउँझन्छ। काठमाडौंका सुसंस्कृत लेखकहरू, भावुक कविहरू, आहत प्रेमीहरू, बुज्रुक राजनीतिज्ञहरू ओहोदावाल कर्मचारी सा“झ शहरको एकनासे संगीतलाई तोड्दछन्। सडकको बत्ती नबले पनि काठमाडौंमा सा“झ कतै बेट्रीले कतै जेनेटरलेर कतै स्टोभले उज्यालो हुन्छ।
यहा“को निम्न मध्यम वर्ग नयाँ सडकमा सामान हेर्छ, असनमा बार्गेन गर्छ र रत्नपार्कको फुटपाथमा त्यो सामान किनेर दङ्ग पर्छ। पसले औकात थाहा पाउन खप्पीस भइसकेको छ। उसलाई थाहा छ कस्तो ढङ्गको मानिसले कस्तो सामान लिन्छ। कुनै पनि नयाँ तरकारी–सिजनको प्रारम्भमा पसलेसँग तरकारीको मोल सोध्दा …तपाईं किन्न सक्नु हुन्न' भन्दा व्यंग्य सहने आदत शहरको विशेषता हो। वास्तवमा, शहर सहनशील छ, काठमाडौं सहनशील मात्र होइन सन्तोषी पनि छ।
दिनचर्यालाई दिनका हिसाबले बाड्दा प्रत्येक साप्ताहिक बिदा र आकस्मिक बिदा शहरमा पप्लु चल्छ। पप्लु पपुलर छ— कतिका श्रीमतीजीहरू श्रीमान्हरू अफिस हिंडेपछि दूध र तरकारी खर्च बढाउन र गुमाउन लाग्दछन्। ठीक त्यसैगरी जसरी काठमाडौं आफ्ना पारम्परिक विशेषताहरू गुमाउँदैछ र नयाँ विशेषताहरू बढाउँदैछ।
काठमाडौं अद्भेस्रो छ। तराइमा पाइने त्यो सर्प जस्तै, जुन न गोमन हो, न धमान। शहर आधुनिक छ, तर, शहर पुरानो छ। आइमाईहरू बसको भीडमा घुसि्रन्छन् र मानिसको नियतमा शङ्का गर्दछन्। लोग्ने मानिसहरू भीडमा ठेलमठेल गर्दछन् र कुनै सहयात्रीको हातले शरीर छोयो मात्र भने पनि उसको इमानमा शङ्का गर्दछन्।
मञ्जुश्रीले आफ्नो खड्ग प्रहार गरेर, दलदल मासेर बसाएको यो शहर आफै अब एउटा दलदल भएको छ। सिमेण्ट, अलकत्रा र फोहोरको दलदल। शहरको वातावरण विचित्रको छ र तापमान असमान छ। गर्मी बत्तीस् डि.से. सम्म पुगेका बेला पनि काठमाडौंका कहिल्यै घाम नछिर्ने गल्ली र चोकमा चीसो उम्रेर ताताजुले दोलाई छाड्न सकिनन्। काठमाडौंका प्रायः सबै यस्ता घरको रक्षा गर्ने एकमात्र देउता भीमसेन मूल ढोकासँगैको खोपामा बसेर अछेता–पानी खान्छन्। काठमाडौंमा यस्ता घर के छन्, धराप छन्।
शहर क्वा“टी भएको छ। यहा“का आधुनिकाहरू हुर्केको छोरालाई तरकारी बोकाएर परिचितहरूसँग भन्दछन्— कान्छा हो। युवकयुवतीहरू सिनेमाको हिरो र हिरोइनलाई इष्टदेव मान्दछन्। आफ्नो तरकारी बोक्न इज्जत जान्छ, तर हाकिमको झोला बोक्दा गौरव बढ्दछ। छोराछोरी उसिना चामलको भात खान्छन् र अंग्रेजी स्कूलमा पढ्दछन्।
यो काठमाडौं, हाम्रो काठमाडौं, यति भएर पनि विशाल छ। दुनिया“का ठूला शहरभन्दा विशाल छ यदि विशालता न्यानोपनमा हुन्छ भने। आफ्ना तमाम कमजोरी भएर पनि काठमाडौं एउटा जीवित शहर हो। यहा“को पानीको मिठास र घामको मीठो ताप, यहा“ मानिसहरूसँग ठोकिनु र सडकहरूमा ठेस लाग्नु। न कोलाहल छ, न शून्य। एउटा हात्ती मतापले हिंडे झैं मानिस बग्दछन्≤ उर्लिंदैनन्।
काठमाडौं इतिहासका प्रचण्ड थप्पडहरू सहेर पाको भएको छ र भरखर पहाडबाट झरेकी ग्रामीण बालाले गरेको मेक–अप कत्ति नसुहाए झैं नसुहाउँदो ढङ्गले आधुनिक भएको छ। विचरा काठमाडौं बसाई सर्ने र राजधानी पस्नेका पसीनाले निथु्रक्क भिजेको छ। विदेशी अत्तरको गन्ध आजित भएको छ।  
काठमाडौं तनावग्रस्त छ। अ“धेरो छिंडीमा बलेको जिरो वाटको गुलुपको अपर्याप्त प्रकाशमा काठमाडौंको निधारमा चाउरी नदेखिए पनि अनुभव गर्न सकिन्छ। मानिसले पैसाको लोभमा गति छाडेकाले राजै अर्थव्यवस्थालाई बिगार्ने एयरपोर्ट–भन्सारका बरामदी सामानको संख्यात्मक वृद्धिले र उत्ताउलोपना देखिने आँखाका नग्नताले काठमाडौं दुःखी छ। काठमाडौं दुःखी मात्र होइन, पीडित पनि छ। उसको यो आत्म–पीडा बु‰न भत्किन लागेका मन्दिरहरू, धस्किन लागेका पाटीहरू, खिइन लागेका मुर्तिहरू, हराउन लागेका टुंडालहरूलाई हेर्नुपर्दछ। काठमाडौं आफैमा असहाय छ— लाग्छ यो शहर निस्तेज हु“दै गइरहेको छ।
करले वा वाध्यताले, काठमाडौं आफ्नो छातीमा सबैलाई स्वागत गर्दछः …लस–कुस'— स्वागतम्। झोंछें, वसन्तपुर र ठमेलका गल्लीहरूमा टाउको चर्किने गा“जाका निषेधित गन्धहरूमा रङमङिन्छ काठमाडौं। होइन भने विशाल बजारका विशाल दोकान वरिपरी निरीहभावले ठिंग उभिन्छ काठमाडौं। मानिसको बिग्रेको रूचि देखेर काठमाडौं जिल्ल पर्दछ। र आफुलाई त्यो विकृतिसँग जोडेकोमा खिन्न रहने गर्दछ। विचरा काठमाडौं, शहरियाको मनोवृत्तिगत कमजोरीले गर्दा अपहेलित हुनुपर्ने शहर भएको छ यो।
तै पनि, यो काठमाडौं, हाम्रो काठमाडौं हिंसी परेको समुन्द्र जस्तै छ। यसभित्र मन लागेसम्म डुब्नुस्, नभेट्टिने गरी हराउनुस्, असीम मायाले लुटपुटिनुस्, काठमाडौंको स्नेहिल स्पर्शले तपाईं मुग्ध हुनुहुनेछ। चिटिक्क परेको कोठा झैं सुविधा सम्पन्न छ काठमाडौं। दुई दिन यो सँग रिसाएर विश्वका मेट्रोपोलिटन र कस्मोपोलिटन शहरहरू चहारेपछि काठमाडौं, आफ्नै काठमाडौं सोच्नुहोस् त्यसबेला थाहा हुनेछ यसको आत्मीयता।
अखबारमा ओभरब्रिजको समाचार सुनेर नआत्तिनोस्, काठमाडौंको अधिकतम भीड हुने बजार असनमा साइकल हा“क्न विशेष कुनै कौशल र शीप चाहिंदैन। न काठमाडौं दुर्घटनाहरूद्वारा ग्रस्त रहने शहर नै हो, न काठमाडौं दुस्साहसीहरू मडारिरहने शहर नै हो। दुनिया“का अन्य राजधानीहरूलाई हेरेर यहा“ दुर्घटना र दुस्साहसको प्रतिशत शून्यबाट केही तलै ओर्लेको छैन भन्न नसकिने कुनै आधार छैन।
हाम्रो शहरले अधिकतम मानवताको संघार नाघेको छैन। बाटो बिरँउनु भयो? तपाईंको गन्तव्यसम्म पुर्या उन पाएर काठमाडौं हर्षित हुन्छ। हामी कहाँ …नो, आइ डन्ट नो' को चलन छैन≤ हामी कहाँ शहीदढोका र रत्नपार्क छिचल्नेले बा“की शहर नदेख्ने प्रचलन छैन।
तिर्खाउनु भएको छ? काठमाडौं ढलौटको कलात्मक करूवामा पानी लिएर ढोकामा हाजिर छ। चिसो पानीका लागि फ्रिज खोल्नु पर्दैन, हिमाल हामीबाट टाढा छैन।
काठमाडौं न निर्मम छ, न निर्मोही। भ्याएसम्म काम र पुगेसम्म छाना सबैलाई बा“ड्छ— काठमाडौं। काठमाडौं, हाम्रो काठमाडौं तपाईंले यसलाई चिन्नु भन्दा पहिले उ तपाईंलाई चिन्दछ≤ तपाईंको प्रतिभालाई काठमाडौंले स्वर र स्वरूप दिन्छ।
यो काठमाडौं, हाम्रो काठमाडौं, हामी आफ्ना सम्पूर्ण विवेक र अस्तित्वहरू उसको काखमा सुम्पेर ढुक्क छौं। हामी हाम्रो शहरलाई माया गर्छौं र शहर हामीलाई माया गर्छ।
 
चौधः
इमेज—३८

मैले यो निबन्धको शीर्षक किन इमेज—३८ राखें, त्यो म आफैलाई थाहा छैन≤ तर, यार, यो जो म तिमीलाई लेखिरहेको छु त्यसमा भएको तिमी सम्बोधन त्यसमा भएको तिमी संबोधनलाई अन्यथा नठानेर आत्मीय ठानिदियौ भने म दङ्ग पर्नेछु। यद्यपी यति लेखिसकेपछि मैले त्यो आग्रहलाई नै पनि निरर्थक ठोनेको छु— मसँग तिमी पनि त सहमत होलाउ। तिमी जो आकृतिले निकै दुब्लो–पातलो छौं, तिमी त्यति बलियो छौं जस्तो मलाई लागेको थिएन। आज म दिल खोलेर भन्छु क्याम्पसको हातामा तिमीलाई देख्दा तिम्रो कुनै इम्प्रेसन म भित्र रहेको थिएन जस्तो कि अक्सर गौरव दोहोर्यातउने मेरो त्यसै दृष्टिमा तिमी मेरा लागि एउटा सुधो छात्र थियौं, जो आफ्नो पढाइमा तल्लीन रहन्छ, पढाइ सकेर एउटा राम्रो जागीरको खोजमा लोक सेवा आयोगको फारम भर्छ, सडक, बजारमा साथीहरूसँग असन्तुष्टि ओकल्छ, एउटी राम्री केटी खोज्दछ, जागीरको ऋणले एउटा घर बनाउँछ र त्यसपछि के गर्छ? त्यो तिमी आफै भन।
तर मानिस आफ्नो दृष्टिमा सधैंभरी सही हु“दैन। त्यस कुरालाई सबभन्दा कठोर रूपले स्वीकार्ने म एउटा व्यक्ति हु“। तिमी अर्कै थियौ— अर्कै छौ≤ सम्भवतः तिम्रो बारेमा मेरो गलत दृष्टि अरूको दृष्टिमा सही पनि हुन सकोस् कि तिमी महत्वाकांक्षाहरूको यात्रामा छौ।
प्रिय श्री, बिहान तिमीसँग मैले जुन निबन्ध संग्रहको बारेमा चर्चा गरेको थिए“, त्यो त्यसै क्रमको पहिलो निबन्ध हुन सक्छ कि सक्दैन? कृपया निर्णय गर। किनभने हाम्रा यी दिनहरूमा निर्णय मैले धेरै पटक लिएको छु। काम भने दुबैले गरेका छौं अथवा मैले थोरै गरेको छु— जे भए पनि मलाई कहिलेकाहीं तिम्रो उदास अनुहारको उदास हा“सो देख्दा कस्तो कस्तो लाग्छ।
रेडियो नेपालले बजाउने नेपाली गीतका रेकर्डहरू सधै थोत्रो भए झैं म शब्दहरूमा शायद दोहोरिन्छु अथवा दोहोरिन्न पनि। मेरा लागि शब्दहरूको दोहोरोपना भन्दा शैलीको मौलिकता महŒवपूर्ण छ जस्तो कि तिमी स्वयं छौ।
प्रिय श्री, यसलाई सार्वजनिक मञ्चमा जाने कुनै दस्तावेज नठानेर निजी क्षणका हाम्रा कुराहरू भनि ठान। सम्झ, रानी प्रेसको त्यो टेबुल— त्यो थोत्रो टेबुल र मेच≤ जुन मेचमा बसेर जन–आकांक्षा सम्पादन गर्दा अथवा केही लेखिरह“दा म महान् हुन्थें। तिमी नरिसाए यसो भन्यो भनेर कि मैले एक खेप तिमीलाई अन्तवार्ताको प्रस्तुतीकरण र लेखनको एउटा शैली दिएको थिए“। आज त्यो टेबुल छैन, हामी त्यो भन्दा भव्य मेच र टेबुलमा बसेर लेख्दैछौं तर विचार गर त्यो रमाइलो कहाँ छ? रोमाञ्चका ती आङ्ग जुरूङ्ग पार्ने क्षणहरू कहाँ छन्? लाग्छ, हामीले प्राप्तिको न्यूनतालाई स्वीकार्नु पर्दछ, हराउने धेरै कुराहरू हु“दा रहेछन्। जस्तो कि यस बीच मैले महसुस गरेको छु— मैले त्यसबेलाको न्यानो स्नेह अनुभूत गर्न पाएको छैन। हराउने कुरा धेरै हु“दा रहेछन्— तिमीलाई थाहा छ अघि दश बजे कोठामा मेरी दिदी आई र घण्टौंसम्म रोइरही कि हाम्री आमाले आफ्नो पूरा जीवन भोग्न पाउनु भएन, उहा“को जीवनको समय हरायो। मैले भने— दिदी, मेरो साटो पनि तिमी रोइदेउ, किनभने आ“शुहरू लुप्त भएका छन्। श्री, तिमीलाई पनि थाहा छ कि म इम्सोनियाको रोगी छु, अरू पनि।
प्रिय तिमीले अहिलेसम्म केही गुमाएका छैनौ। मैले गुमाएका धेरै चिजहरू मध्ये एउटा फक्रिदो गुलाबको फूल पनि थियो, जसको आफ्नै प्रकारको वास्नालाई म अझ पनि कहिलेकहीं महसूस गरिरहेको हुन्छु। आँखाले, आँखा नजिकै। र, यस खेप त मैले यस्तो वस्तु गुमाएको छु जुन अब प्राप्तिको कुनै सुदूर सम्भावना पनि अत्यन्तै चिसो भएर हिउँको खाडल मुनि पुरिइसकेको छ।
अब भन त कसरी रूनु? रूनु भनेको त दुःखको एउटा क्षणिक अवसान मात्र होइन र? जब एउटा दीर्घरोग झैं जीवन जतिकै लामो पीडा तिम्रो छातीमा टा“सिसकेको छ भने ल रोऊ त तिमी कसरी रून्छौ? तिमीले रूनुलाई क्रियापद भन्दैनौ भने म भन्छु त्यो त एउटा साह्रै गहिरो आत्मीय क्षण हो— जब हामी, सम्झ त एकपटक मैले तिमीलाई भनेको थिए“— म आधा रातमा उठेर एक्लै रून्छु आफ्नो अन्तरसँग आत्मसात् भइरहेका हुन्छौं। तिमीलाई कस्तो लाग्छ? तिमी एकपटक आफ्ना एब्सर्ड विचारहरूसँग मेरा एब्सर्ड विचार मिलाएर हेर त?
अस्ति शनिबार, तिमीलाई कामको बोझमा व्यस्तताले थिचिदिएर म चित्रहरूको संसारमा पुगेको थिए“— प्रिय श्री, मैले आफ्नो सोह्र–सत्र वर्षको सक्रिय जीवनमा केही सम्पत्ति जोड्न सकेको छैन भन्ने कुरा वृहत् सत्य त्यहीबेला हो जब तिमी नारायण दाइ, उज्वल, बैकुण्ठ, शशि, कृष्ण, अरूण, तिमी र अरू पनि कति साथीहरूलाई बहुमूल्य सम्पत्तिको रूपमा नसोचिदेउला– एउटा हठात् पीडाका लागि। दाईले त्यसबेला मसँग भन्यो— त“ किन साह्रै कोल्ड झैं छस् मसँग?
मेरा लागि यो साह्रै असहज प्रश्न थियो। मैले केही बोलिन र त्यस दिन राति घर आएर म एक्लै रोए“ कि आँखाबाट न्यानोपना पनि हठात् हटेछन् त? तर, होइन श्री, मैले जो केही बचाइराखेको छु— त्यो न्यानोपनालाई जा“च्न आज बिहानै वैकुण्ठको कोठामा पुगेको थिए“। निमचा (वैकुण्ठले राखेको नाम) भाउज्यू, विशाल र एउटा नयाँ आगन्तुक भतिजोका बीच स्थिति त्यही छ रा“गोको टाउको आफ्नै ठाउँमा। त्यसैले मैले दाईलाई दिनुपर्ने जवाफका बारे म अहिले मनमनै साच्दैछु कि खाट त उही हो, सानो कोठामा धेरै ठाउँ पाउने आशाले यताउता सारेको मात्र हो † यो जवाफ तिमीलाई कस्तो लाग्यो?

गुलाम अलीको स्वर पिउँदै छुः
ये दर्दकी तनहाइया“
ये दस्तका बीरा“ सफर
हम लोग तो उकता गये
अपनी सुना आवारगी
ये दिल ये पागल दिल मेरा
क्यों बझ गया आवारगी
इस दस्त मे इक शहर था
वो क्या हुआ आवारगी

स्वर अरू झंकृत हुन्छ। अहिले कोठाको बत्ती निभाइदिएको छु— आकृतिहरू एक पछि अर्का र अझ अर्का। प्रत्येक आकिृतिसँग मेरो न्यानोपनको सम्बन्ध छ— सेन्टिमेन्टल अट्ययाचमेन्ट। जस्तो तिमी–जसलाई म यो चिठ्ठी लेखिराखेको छु र विनोद नागपाललाई सम्भि्कराखेको छु— तिमीहरूको भेटमा के होला? के होला भन त श्री? के होला? शायद केही हुने छैन। यार, मलाई एक पफ देऊ त †
यस्तै हुन्छः चाहेको थिए“ कि केही लेखु“ तिम्रो बारेमा। मेरो प्रस्तावित पुस्तकको पहिलो परिच्छेद तयार होस्। तर म श्री, म तिमीलाई किन व्यक्त गर्न सक्दिन भने तिमीले मलाई र मैले तिमीलाई अनुभूत गरिरोखेका छौं। तिमी यतिखेर सुतेका छैनौ भन्ने मलाई थाहा छ, यसबेला तिमी आफ्नो इनोभेटिभ दृष्टिले कुनै योजना तयार पार्दैछौ होला। मैले चाहीं क्रमको पा“चौ चुरोटलाई भर्खरै निभाए“।
मलाई एउटा प्रश्न तिमीसँग गर्न मन लागेको छ— तिमी आफ्ना पीडाहरूलाई कता घुसार्छौ ह“। कहिलेकाहीं म अपराधबोध झैं गर्दछु कि तिमीले त्यही बाटोको चुनाव गर्यौी— जहा“को यात्रा कहिल्यै सकिदैन। कम से कम मलाई त यस्तो लाग्छ— हाम्रो जीवन नै अपर्याप्त छ। तर श्री, फेरि यस्तो लाग्दछ हामी लक्ष्यको धेरै वर छौं एकदमै वर र यस्तो त्यसबेला जब तिमीसँग आशाको एउटा मिठो गीत हुन्छ। जसलाई गुन–गुनाउँदा तिम्रा ओठहरू चल्दैनन्।
गुलाम अली झङ्कारको उपल्लो विन्दुमा पुगेका छन् र नदी हु“ र तिर्खाएको छु भन्दछन्। म आफ्नै बिडम्वनासँग जिल्लिएको छु। जसका लागि मैले जीवनभर मात्र पीडाहरू जुटाउन सके उसका लागि म मृत्यु पछिका संस्कारहरूमा अनेक कुरा जुटाउँदै छु भने भन श्री, म पागल होइन भने के हु“ त? संस्कारहरूको तीतो स्पर्शले मेरो पुरा शरीर तीतो भइसकेको छ। मसँग मन बाहेक पवित्र अरू केही छैन र श्री, त्यो मनलाई पनि तिमीहरू जस्ता साथीहरूले कब्जा गरेका छौं।
मैले बढी त भनिन यार तिमी यसलाई मेरो गर्वोक्ति भनेर नठानी देउ र विचार गर एउटा मानिस एउटा सुन्दर बगैंचामा एउटा सुन्दर फुल हेरेर बसेको छ र हठात् बगैंचाको अपरिचित माली आएर उसलाई एक वोट तितेपाती भिडाइ दिन्छ। मलाई थाह छ अ“ध्यारो एउटा सहज वस्तु होइन, जस्तो उज्यालो हो।
अ“ त, यार, म तिम्रो बारेमा फिलिंगहरूलाई बताउँदै थिए“। तिमी महŒवकांक्षाहरूको लामो यात्रामा छौ अथवा भन हामी छौं। त्यसबेला पनि र अहिले पनि म तिम्रो आँखाको शून्यबाट बढी प्रभावित छु। आँखामा शून्य राखेर पनि तिमी जो उत्साह झिक्न सक्दछौं, अनि त्यसको निरन्तरताका लागि के गर्छौं ह“?
क्रमको छैठौं चुरोट सल्काएर पनि म जहा“को त्यहीं छु। प्रिय श्री, यस्तो होस् तिमीले केही गुमाउन नपरोस्, तिमीले सोचेको जस्तो फुल र तिमीले पौडिन चाहेको खोला। प्रिय श्री—
तिमीसँग मेरो केही प्रश्न हुन सक्दथ्यो मार्फत यो निबन्ध। तर, मलाई लाग्दैछ अहिले ती प्रश्नहरू मैले विर्सेको छु र तिमीले संभावित उत्तरहरू पनि बिर्सिसकेका छौं र पनि यो कुनै ठूलो प्रश्न होइन।
जतिखेर म निबन्धका अनेक पृष्ठहरू समाप्त गर्नेछु— तिमीलाई थाह छ। एउटा नाङ्गो रूखमा तिमीले अनगिन्ती प्रश्नहरू फेला पार्ने छौ र भोलि सा“झ आज जस्तै गरी सूर्य अस्ताउनेछ। यसलाई इमेज—३८ वा अरू यस्तै जे भनिदिए पनि त हुन्छ।
हु“दैन त?

© Kishore Nepal. All rights reserved.