Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

रायना र च्याम्सी

डडेलधुरावाट हुइकिएको रायनाको गाडी अत्तरियासम्म कतै नरोकिइ आइपुग्दा विहानको नौ मात्रै वजेको थियो। अत्तरियामा चालकले गाडी रोक्यो। ओर्लिएर दगुर्दै छेउको झाडीले छेकियो। टोयलेट जान त रायनालाई पनि मन लागेको थियो। तर कतै थिएन सेफ पोइन्ट। चालकले रायनाको मनको कुरा वुझ्यो। उसले गाडी अलिकति परको पुलिस स्टेशनमा लगेर रोक्यो। असइ साव वाहिरै थिए। उनले रायनालाई कार्यालयभित्रको टोयलेट प्रयोगगर्ने अनुमति दिए। त्यसपछि गाडी कहीं रोकिएन। चिसापानी पुग्दा साढे दश मात्र वजेको थियो। रायनाले त्यही लन्च खाइ। फिस करी र राइस।

आछामवाट सकुशल नेपालगन्जको सिध्दार्थ भ्यू पुगेपछि मात्रै वल्ल रायनालाई थकाइ लागेको फिल भयो। थकाइ पनि अद्भूत खालको। भारी वोकेर थाकिने थकाइ भन्दा वेग्लै। वरुणसंगको शारीरिक चलखेलपछि आनन्दले थाकेको उसको तन–मन जसरी शिथिल भएको थियो त्यो फिलिङ वाकी थियो उसको मनमा। कोठामा पुगेर उसले आफूलाई ऐनामा हेरी। अलिकति डार्क कम्प्लेक्सन थपिएछ उसको शरीरमा। उ दंग परी। शरीर त एकदम ताजा भएको थियो, प्रसस्त उर्जाले भरिएको।
रायना अर्को कारणले पनि खुशी थिइ। शहरका केटीहरु दुःखगर्न सक्दैनन भन्ने मिथलाई उसले तोडेकी थिइ। शरीरको ह•ी हल्लाउने बाटोमा त्रू्कज गरेर उ आछाम पुगेकी थिइ। केटाहरु भै दिएको भए सत्र पटक ऐया र आत्थु गर्थे होलान। राम्रो खान नपाएको कथा सुनाउथे होलान। रायनाले त यसलाई स्वाभाविक रुपमा लिएकी थिइ।
यो पूरै साता उसले अखवार पढन पाएकी थिइन। सिध्दार्थ भ्यूको लवीमा अखवारको चांग देख्नासाथ एकैपटक तीनचारवटा अखवार वटुलेकी थिइ उसले। सोफामा वसेर उ पढन थाली। उसको आखामा परेको पहिलो समाचार थियो चपली हाइट सिनेमाको सफलता। उसले चाख मानेर त्यो समाचार पढी र खुशीले उफ्रिदै कराई – यू डीड इट च्याम्सी, इनडीड। यू डीड इट। आइ एम प्राउड अफ यू। रायना आफनी साथी विनितालाई च्याम्सी भन्थी। तीन वर्ष अघि एउटा पार्टीमा भेट भएदेखि उनीहरु साथी वनेका थिए। रायनालाई विनिता तकिलाको एकै शटमा मन परेकी थिइ। विनिताले पनि उसको नाम राखेकी थिइ ढाके। रमाइलो कुरा, न रायनालाई च्याम्सीको अर्थ थाह थियो, न विनितालाई ढाकेको।
कान्तिपुरसंग हवाइ मार्गबाट एक घण्टा पन्ध्र मिनेट पश्चिमको शहर नेपालगन्जमा वसेर विनिताको सफलतामा गम्किएकी थिइ रायना। उसले विनितालाई कल गरी। जवाफ आयो– तपाईंले सम्पर्क गर्न खोज्नु भएको नम्वर अहिले व्यस्त छ। रायनाले प्रयास छाडिन। च्याम्सीको मोवाइल व्यस्त हुनु अस्वाभाविक थिएन। सातौं प्रयासमा च्याम्सी रायनाको मोवाइलको रेन्जमा थिइ। दुवै खुशी भए र साझ तकिलाको शटमा भेटने वाचा गरे।
रायनाका वैंकका दुवै सहयोगी सीमावर्ती भारतीय वजार रुपैडिहा गएका थिए शपिंगका लागि। जाने इच्छा थियो रायनाको पनि। उ वैंकर्सको जुन पेशामा थिइ त्यसका लागि सीमावर्ती वजारको गतिविधि जानी राख्नु उपयोगी हुन्थ्यो। रुपैडिहा नेपालीहरुको पनि कमोडिटी मार्केट थियो। वजार अर्थतन्त्रले राजनीतिक सीमाना जानेको हुदैन। रायना फ्रेस भइ। त्यसपछि कुर्ता सुरुवालमा सजिएर रुपैडिहातिर हिंडी।
धम्वोजी चोक पुगेपछि उसलाई सुर्खेत, दैलेख, आछाम घुमाउने चालकले डराइ डराइ सोध्यो, म्याडमले नेपालगन्ज वजार पनि घुमी वक्सिएको छ?
रायनाले जवाफ दिइ, छैन। रुपैडिहावाट फर्किएपछि चक्कर लगाउला। हुन्न?
रायनाको रेस्पोन्स पाएर चालक गदगद भयो। एकैछिनमा उसले अव्यवस्थित ट्राफिक छिचल्दै रायनालाई रुपैडिहा वजार पुर्यायो।
वजार देखेर छक्क परी रायना। सीमानाको यो सानो वजार एउटा ठूलो डिपार्टमेन्टल स्टोरभन्दा कम थिएन। मल्टिनेशनल व्राण्डका प्राय सवै लोकप्रिय सामान उपलव्ध थियो त्यहा –डेनिमदेखि एरोसम्म। रिवोकदेखि रेभलनसम्म। सवै सामानमा वारण्टी थियो। मोवाइलको त भीड नै लागेको थियो। स्यामसङ ग्यालेक्सीदेखि व्ल्याकवेरी गोल्डसम्म।
रुपैडिहा र नेपालगन्जको चक्कर लगाएर फर्किदा पुष्पलाल चोकमा उसले एउटा पोष्टरदेखि चपली हाइटको। च्याम्सी आफनो दोहोरो आंग देखाएर खूव खुलेकी थिइ पोष्टरमा। कान्तिपुर पुग्ने वित्तिकै च्याम्सीसंग तकिलाको शट लगाएर चपलीहेर्न हतारिएकी थिइ रायना। उसले सोची, आज त पक्कै भ्याउदैन। साढे पाचको फ्लाइट, कान्तिपुरमा समयमा नै ल्याण्ड गरेपनि एयरपोर्टवाट निस्किदा सात त वजी हाल्दछ।
उ होटेल पुग्दा साढे तीन मात्रै वजेको थियो। उसका साथीहरु अझै आइ पुगेका थिएनन। उ कोठामा पुगी र पल्टिइ। पल्टिने वित्तिकै उसका आखा लोलाउन थाले। उ भुसुक्कै निंदाइ। कोठामा वजेको टेलिफोनको घण्टीले उ व्यूझिइ। होटेलको काउण्टरमा वसेकी शर्मीली मैयाले सुरिलो स्वरमा रायनालाई जानकारी दिइ– म्याम आज फ्लाइट क्यान्सिल भएको छ रे। सरहरु तपाईलाई पर्खिरहनु भएको छ गार्डेनमा।
उफ् रायना उदास भइ। त्यति नै वेला उसको मोवाइल वज्यो। क्याप्टेन दिनेश थियो लाइनमा। भन्दै थियो, तिम्रो सवारी चलाउन मैं आउन लागेको थिए। जहाज नै टेक्निकलमा पर्यो। अव भोलि विहान पनि मैं लिन आउला। हुन्न?

क्याप्टेनको कुरा सुनेर रायना हासी र भनी, भोलि यहा आएपछि पनि तिम्रो जहाज टेक्निकलमा परयो भने के गर्ने नि?
क्याप्टेनले जवाफ दियो, टेक्निकलमा पार्नै पर्ला जस्तो छ। तिमीसंग लखनउ घुम्न जाने र टुण्डेको कवाव खाने रहर अडकिएर वसेको छ मनमा। एकपटक तिमीलाई लखनउको भुलभुलैयामा छाडेर खोज्न पर्ला जस्तो लागेको छ। एनि वे, हाउ वाज योर आछाम?
आछाम शव्द सुन्ने वित्तिकै पुल्किइ रायना। उसले जवाफ दिइ, इट वाज ग्रेट। फन्टास्टिक। वियोण्ड इम्याजिनेशन।

© Kishore Nepal. All rights reserved.