Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

प्रेमको पातलिँदो परिभाषा (भाग २)

सुयशको जीवनमा मायाको घाम लाग्न लाग्न खोज्थ्यो, अनि कालो वादल आएर ढपक्क छोपी हाल्दथ्यो। पर्सोन्यालिटी त उसको पनि छ्या भन्ने खालको थिएन। रामेश जस्तो हंकी नभएपनि औसत केटाहरु भन्दा अलिमाथि नै थियो उ। एटिच्यूड प्रोव्लेम भने खूव थियो उसमा। साथीभाइसंग हिंडदा वढी नै पोज मार्ने वानी थियो उसको। कानमा इयरफोन छुटदैनथ्यो। गीतको शोखिन थियो उ। पुराना हिन्दी गीतमा निकै रमाउथ्यो। महिनै पिच्छे मोवाइल फेर्ने शोख थियो उसको। कान्तिपुर शहरमा भर्खर भर्खर व्लूटूथ आएको वेला उसले पनि त्यो यन्त्र कानमा लगाएको थियो। अमेरिकावाट देश घुम्न आएका उसका काकाले के भिरेको त्यो कानमा? अमेरिकामा त लेवर कामगर्नेले मात्रै भिर्छन यस्तो त! भनेपछि उसले कानवाट व्लूटूथ झिकेर थन्क्याइ दिएको थियो।

सुयशले मन पराएका केटीहरुमा किमिला पहिली थिइन। अघिल्लो न्यू इयर्स इभसम्म उ हेलेनाको पछि लागेको थियो। हेलेना फास्ट थिई – स्टडीमा पनि र लाइफ स्टाइलमा पनि। सुयशभन्दा अलि म्याचोर्ड देखिन्थी उ। उमेरकै हिसावले त उ छिप्पिइ सकेकी थिइ। उसको यौवनलाई धानेको थियो मेकअपले। हेलेनालाई रिझाउन सुयशले निकै मेहनत गरेको थियो। उसका लागि ड्रेसअपदेखि कस्मेटिक्ससम्म सुयशले नै धानेको थियो। उनीहरु संगै रेष्टुरा जान्थे र भोडका तान्ने गर्दथे। भोडका चढन थालेपछि हेलेना सुयशको कपाल सुम्सुम्याउथी र भन्थी – ओहो माइ ह्याण्डसम लभ्ली क्याट! ओहो माइ वेवी! यत्तिमै मख्ख पर्थ्यो सुयश। एक साझ भोडका पिउदैगर्दा यस्तो भयो कि हेलेनाले सुयशसंग आउटिंगको प्रस्ताव राखी। सुयश दंग पर्यो। उनीहरु साझ झमक्क परेपछि वाइकमा लागे धुलिखेलतिर। शहरमा मापसे आतंक फैलिएको थिएन। दिन पातलिदै थियो। सुयशको अनुहार हेलमेट लुकेको थियो भने हेलेनाले स्कार्फलाई मास्क वनाएकी थिइ। पहिचानको खतरावाट उनीहरु मुक्त थिए।
यो आउटिंगपछि सुयश र हेलेनाको दोस्ती अचानक नै पातलियो। हेलेना टाढिन थाली सुयशसंग। सुयश आफैपनि तर्किन थाल्यो हेलेनासंग। जाडोछल्न सुयशका मम्मी–पापा मधेश झरेपछि उ मालतीतिर तानियो। मालती सुयशको घरमा थिइ वितेका तीन वर्षदेखि। घरमा उसको हैसियत डोमेस्टिक हेल्परको भन्दा माथि र सुयशको भन्दा तल थियो। हेलेना जस्तै मालती पनि अलिकति म्याचोर्ड देखिन्थी। मम्मी–पापा हिडेको दोस्रो दिन साझ सुयशले मालतीसंग आखा जुधाउदै भन्यो, चम्पी गर्देउ न। मालती मख्ख परी। उसले सुयशको कोठावाट हेयर आयल लिएर आइ र उसको तालुमा तेल ठोक्न थाली। सुयशको पूरै शरीर सेन्सेटाइज भयो। मालतीले पनि रमाइलो अनुभव गरेकी थिइ।
सुयशको यो सम्वन्धपनि तीन चार दिनमा नै पातलियो। अकस्मात नै मालती उसंग तर्किन थाली। विन्टर भ्याकेसन शुरु भएपछि मालती घरतिर लागी र सुयश पनि मधेशतिर लाग्यो। कलेज खुलेपछि फर्केको सुयशले धेरै कुरा वदलिएको पायो। उसको वेस्ट फ्रेण्ड निरुप र सुमनले कलेज छाडेका थिए। हेलेना फूड टेक्नोलजी पढन स्कलरशीप पाएर फिलिपिन्सतिर लागेकी थिइ। नया भर्नामा आएका कोही पनि त्यति फास्ट–फरवार्ड थिएनन। सुयश निकै डल फील गरिरहेको थियो।
सुयशको मन किमिलामा वसेपनि किमिलाको आखामा कतै चढेको थिएन सुयश। लाइफ स्टाइलका कारणले मात्रै हैन विचारले पनि उदार थिइ किमिला। सुयश धन–पैसाले सवै कुरा प्राप्तगर्न सकिन्छ भन्ने सोच्दथ्यो। यो हल्का–फुल्का जमानामा पनि घाटीमा सुनको मोटो सिक्री, हातमा सुुनको व्रासलेट, आखामा पोलो गग्स – सुयशको व्यक्तित्व भद्दा देखिन्थ्यो। उ भने यसैलाई सौन्दर्य ठान्दथ्यो। उसको पुर्ख्यौली त्यति सम्पन्न होइन। मधेशमा चार–पाच विगाह जग्गाहुदैमा मानिस सम्पन्न पनि त हुदैन। वास्तवमा सुयश नव धनाढ्य परिवारको प्रतिनिधि पात्र थियो। उसको पापा जिल्लामा सानोतिनो ठेकदारीको काम गर्दागर्दै ठूला ठेकदार वनेका थिए। पैसा कमाएपछि मान्छेमा अहंकार त चढने नै भो!
सवैसंग वोल्ने, खाने, रमाइलोगर्ने चुलवुले स्वभावकी किमिलाले सुयशसंग चिनजान भएकै दिन मुख वटारेकी थिइ। सुयशको घाँटीमा लर्केको सुनको मोटो सिक्री देख्ने वित्तिकै उसको पारा चढेको थियो। साझ क्याफेमा साथीहरुसंग उसले सुयशको सिक्रीलाई जोक वनाउदै भनेकी थिइ, सुनको दाम्लोले वाँध्दैमा भैंसी कहिले मान्छे हुने हो र? सुयशलाई साँच्चिकै जोक वनाउने विचार गरेर किमिलाको ग्रुपले भोलिपल्ट सुयशलाई क्याफेमा वोलायो। सुयश मख्खपर्दै क्याफे पुग्यो। मेचमा राम्रोसंग वस्न सम्म पनि नवसी निकै वडप्पन देखाउँदै उसले अनाउन्स गर्यो, आज मेरो टि्रट।
केटीहरुले उसको वडप्पन मन पराएनन। इशारा इशारामै कुरा भयो उनीहरुका वीच। केटीहरुले विभिन्न खानेकुराको अर्डर गरे। सवै खाइ सक्ने कुरै थिएन। त्यसपछि कफीको पालो आयो। केटीहरुले कोल्ड क्यापचिनो मगाए, सुयशले एस्प्रेसो। वेटरले उसको अगाडी सानो कपमा एक घुटको कफी ल्याएर राखिदियो। उसले त्यो कफी पिउन मात्रै के पिएको थियो तीतो न तीतो स्वादले रन्थनियो। सधै रामचाको चिया पसलमा मेसिनले गरर्र पारेको दूधिलो र गुलियो इन्स्ट्यान्ट एक्सप्रेसो कफी पिइ रहेको केटोले के धान्न सक्थ्यो एस्सप्रेसो! सुयशले मुख विगारेको देखेर केटीहरु खित्का छाडेर हाँस्न थाले। आठहजार रुपैयाको वील तिरेर आफू दोहोरो वेवकूफ वनेको उसले वुझनै सकेन।
किमिलाको इन्ट्रेस्ट आफूमा नभएको सुयशले वुझनै सकेको थिएन। प्रायःजसो उ किमिलालाई टि्रट दिन्थ्यो। किमिला पनि फोेगटको खाना छाडदैनथी। रामेश र किमिलाका वीचको प्रेम भाव देखेपछि उसको मनमा चीसो पसेको थियो। उसले आफनो भाग्यमा गर्लफ्रेण्ड नै नभएको सोच्न थालेको थियो।

© Kishore Nepal. All rights reserved.