Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

रगतको भल

कहाँ यस्तो थियो र यो वस्ती? डा“डाको कुनैपनि कुनावाट देखिने जंगलमा फूलेका लाली गुरा“शका निख्खर राता फूलहरु नै छोपिने गरी ढलान भै सकेछ शहरको। सिमेन्टका घरहरुले भरिइ सकेछ पूरै वस्ती। अस्थायी कटेरा र गुम्तीहरुले शहरलाई ढपक्कै ढाकी सकेछ। यो शहरको सौन्दर्य नै वरपरका जंगलहुन। जंगल– न सारै घना, न सारै छिमलिएका। मनलाई मन्द हावामा हेलेर चराहरुको चीरवीरमा जंगलतिर एकोहोरिएको शहरको आँखा नै छोपिएपछि वा“की के रहन्छ र?

के भन्ठाने होलान ती वूढा विदेशी प्रोफेसरले। मैले यो वस्तीका वारेमा जे वताएको थिए“ त्यस्तो केही पनि वा“की थिएन त्यहा“। लाली गुरा“स समेत वाह्रैमहिना फुल्ने होइन रहेछ। त्यसको पनि सिजन हुन्छ रे। शहर भनेको पनि आखिर सिजन नै त हो। वजारले अचम्मको विस्तार लिएको थियो। जलेवी वाईको आइटम नृत्यदेखि तीसरी कसम को “पान खायो सैंया“ हमारो” सम्म। गाउँमा पढाउँदै पढाउँदै वीस वर्ष विताएर शहरिया जीवनको सुख भोग्न आएका पनेरु सरको आँखाको पर्दावाट पन्ध्र सोह्र वर्षको उमेरमा वरेली जा“दा हेरेको वाइस्कोप तीसरी कसमको त्यो नाच अहिलेसम्म उत्रिएको छैन। “अहिलेका ठिटा–ठिटीले के जानेका छन र? तिघ्रो र जांघिया देखाउँदैमा कहाँको सेक्सी हुन्छ?” पनेरु सर अलिकति लजाउँछन। उनको आँखामा तीसरी कसमकी वहीदा रहमानको तस्वीर टल्किन थाल्दछ। कानमा पक्कै पनि तीसरी कसमकै गीत गुन्जिएको हुनुपर्दछ, पान खायो सैंया हमारो, होंठ लाल लाल, मखमलकी कुर्ते पे छिंट लाल लाल।
मैले देखेको जस्तो र मैले भनेको जस्तो शान्त थिएन ड“डेलधुरा। भर्खरै शहर वन्न थालेको थियो वस्ती। असरल्ल पनि र अस्तव्यस्त पनि। शहर भनेको फोहोरको थुप्रो हो भने त्यो कुना कुनामा वाक्लै थुप्रिएको थियो। वुहारीहरु नजीकको कटेरामा छाउपडी वार्न गएपछि घरको आंगन फोहोरले ढाकेको जस्तो। अहिलेसम्म सामान्य फोहोर पचाएर पनि पहाडको माटोले छोप्न भ्याएको देखिन्थ्यो यो वस्तीलाई। नपच्ने, अमिलिएका, वाक्ला र वलिया प्लाष्टिकका रंगीन थोंगाहरु धेरै नै थुप्रिन थाले भने त्यसलाई पचाउने सामर्थ्य कहाँ हुन्छ र पहाडको कलिलो माटोमा? वस्ती वाक्लिए पनि रुप र चरित्र वदलिएको भने होइन। वैंशको उकालो चढदा चढदैकी केटी विहे गरेर व्याउन थालेपछि धम्मरधुस मोटाएको जस्तो मात्रै हो।

स्याउले मोडमा मोटर गुड्ने मूलवाटो छाडेर सहायक वाटोमा अलिकति मोडिदै र अलिकति तेर्सिदै भित्र पस्ने वित्तिकै देखिन्छ ड“डेलधुरा। अमरगढी राखिएको छ यसको नाम। गढी कहाँ छ? त्यो मैले पत्ता लगाउन सकेको छैन। अमरगढी शव्द अहिलेसम्म पनि कसैको मुखमा चढन सकेको छैन। ड“डेलधुरा शव्दमा जति स्वाभाविक र सहज छ त्यो अर्को कुनै शव्दमा पनि छैन। पूरै ड“डेलधुरा आखिर एउटा गढी नै त हो। सौन्दर्यको एउटा किल्ला।

तै पनि, प्रोफेसर खुशी थिए। सुदूर पश्चिमको सुन्दर ड“डेलधुरा घुमाउने मेरो इ–मेल प्रस्तावको जवाफमा उनले लेखेका थिए– ओहो, यो त मैले कल्पना नै नगरेको कुरा भयो। के सा“च्चै म सुन्दा नै पृथ्वीको अन्तिम जस्तै प्रतीतहुने सीमानाको सत्यसंग साक्षात्कार गर्दैछु? सम्भवतः उनका वाक्यहरुको यो अनुवादले उनको भावनाको पूरै प्रतिनिधित्वगर्न सकेको छैन। जस्तो कि, भन्ने पनि गर्दछन– ट्रान्सलेेसन्स आर लाइक वीमेन, दे आर आइदर व्यूटिफूल अर र्फ्लट।

ड“डेलधुरा– के हुन्छ यो शव्दको अर्थ? ओहो, कस्तो हुस्सु भएको दिमाग पनि। पहाडै पहाडको वीचमा वनेको यो रमाइलो टापुमा यति धेरैपटक आइसक्दा पनि ड“डेलधुरा शव्दको अर्थ र महत्व वुुझने सम्झना आएनछ। नाममा आखिर राखेको नै के छ र? हाम्रो लाली गुरा“सलाई शेक्सपियरले गुलाफ भने पनि लाली गुरा“सको मौलिकता मेटिने होइन। लाली गुरा“स रातो वाहेक अरु कुनै रंगमा त फूद्यनै सक्दैन। ड“डेलधुरालाई साहूखर्क भनेर चिनेपनि हुन्छ। सा“च्चै साहूखर्कको खीर कतिले खाएका होलान? मैदानतिरवाट उक्लिदै गर्दा खीर खान खोजेको हो। पहिलेको जस्तो खीरको कल्पना पनि नगर्नु होलाः चालकले भनेपछि गाडी रोक्न लगाउने जा“गर नै चलेन।

वजारको छेउमा एक झुत्ती मानिस उभिएर राजनीतिको कित्ताकाट गर्दैछन। जुनसुकै कित्तामा उभिएपनि मानिसहरुले अहिलेसम्म शेरवहादुर नजोडिएसम्म ड“डेलधुरामा घाम उदाएको कल्पना गर्दैनन। राजनीति यहा“का मानिसका लागि छाउपडी जस्तै हो। एकहजार पटक यो प्रथा विस्थापित भइ सकेको छ र एकहजार पटक यो प्रथा पुनः स्थापित भै सकेको छ। पर कान्लामा वसेर कपाल कन्याइ रहेकाछन छाउपडी भएका केही आइमाइहरु। झुत्तीमा सामेल एउटा मानिस भन्दैछ– वावुसाहेवलाई त्यसरी नामै काढेर वोलाउनुु त भएन नि।

शेरवहादुर कहिलेदेखि वावुसाहेव भए? अर्को मानिस जंगिदैछ। शेरवहादुर हाम्रै शेरे भएको राम्रो लाग्छ हामीलाई – उसको स्वर चर्किदै गएकोछ। मनमा सलवलाइ रहेका तिव्र भावहरुलाई साम्मेपार्न खोज्दैछु म। अर्को पनि समस्या उव्जिएको छ म भित्र। कानै थापेर नसुनेसम्म ड“डेलधुराका चल्तीका शव्दहरुको अर्थ केलाउनु मुश्किल नै हुन्छ। अघि आवाजमा चर्किने मानिस भन्दैछ – वावुसाहेव भएपछि त उनी आउनै छाडेका छन। पाहुना आए जस्तो हेली चढेर आउँछन र हेली चढेर पाहुना जस्तै फर्किन्छन। उनी त हाम्रै मानिस हुन नी, होइन कसले भन्या छ र? वावुसाहेव शव्दको पक्षमा केही थप स्वर सुनिन्छ। ती स्वरमा शक्ति छैन। सुरक्षा र समयसंग जोडिएका शव्दहरु। शव्दहरुमा पनि शक्ति छैन। हाम्रै शेरे शव्दका पक्षमा मानिसहरु सगोल हुन्छन। का“टले नै व्राम्हण भनेर छुट्टिने एकजना मानिसको आवाज सुनिन्छ, मेरा वाजेले नै वनाएका हुन त उनका चिना–टिप्पण। वाले भनेको सम्म सुनेको हू“। मलाइ त के थाह हुने भो र?
हो त, आफै जन्मेको ठाउँमा समेत मानिसले आफूलाई असुरक्षित ठान्न थालेको छ भने के गर्न सकिन्छ र? असुरक्षा त छ। असुरक्षा सत्य हो। त्यो असुरक्षा कसका लागि छ? प्रश्न होइन। कसका लागि छैन? प्रश्न यही हो। यो शान्त ठाउँको काफल वारीमा गोलीका चर्का आवाजहरु सुनिएलान भन्ने कसले सोचेको थियो र? त्यो पनि दश दश वर्षसम्म। लगातार। धेरै पटक दोहोरो भीडन्त देखियो। यो शान्ति पनि वच्चाले सूसू गरेको थाङनाको तातो जस्तो मात्रै हो। मनै खोलेर मानिसहरु हा“स्न सकेको खोइ र?

आँखामा केही वर्ष पुराना दृश्यहरु सलवलाउन थाल्दछन। ड“डेलधुरा प्रवेशको मुख्य नाका स्याउलेको ट्राफिक पोष्ट भरखरै गोली लागेर मृत्युसंग संघर्ष गरी रहेका तीनजना पुलिसको तातो रगतले नुहाएको छ। भर्खरै काटिएको वोकाको टाउको जस्तो। शरीरमा कम्पन छ। मानिसको शरीरवाट त्यसरी तातो रगतका भुल्काहरु छुटी रहेको त मैले सिनेमामा पनि देखेको थिइन। एकपटक समज्ञ लाकौलले दशैंमा खसी छिनालेको दृश्य खिंचेको थियो आफनो क्यामरामा। “स्वतन्त्रता” का लागि खिंचिएको त्यो दृश्य म आफनै लागि र आफनै विरुध्द कठोर व्यंग्य सावित भएको थियो। सनसनीको खोजीमा मानिसको संवेदनाप्रतिको कठोर प्रहार।  त्यत्ति हो। त्यसवाहेक मैले कहिल्यै यस्तो दृश्य देखेको थिइन। मर्दामर्दै गरेका मानिसहरु। स“धै सलवलाइ रहने स्याउलेको सानो वजार चकमन्न थियो। छेउछाउका छाप्राहरुमा सेलको सितनसंग रक्सी तानी रहेका ट्रकका चालकहरु र डोटीको जात्रामा हिंडेका मानिसहरु अचानक नै भागेका थिए। पुलिसलाई गोली हान्ने मानिस को थियो? “देखी जान्ने” र गोलीको आवाज “सुनी जान्ने” कोही पनि थिएन वरिपरि।

आफ्ना पाइलाहरु अनायास नै मानिसहरुको त्यो झुत्तीको नजीक पुगेको थाह पाएपछि म भित्र झस्को पस्न खोज्दै थियो। एकजनाले कुन्नि के सोचेर हो नमस्कारगर्दै भन्यो– भात नपाक्दा सम्मका लागि टाइमपासको मेसो झिकेको। उसका दा“तहरु असाधारण ढंगले चम्किएका थिए। ड“डेलधुरामा मैले यसअघि कुनैपनि मानिस हा“स्दा त्यस्तो चम्किएको दा“त देखेको थिइन। उ वोल्दै थियो– म तपाईंलाई चिन्दछु।

अतीतको मेरो सम्झना सा“च्चै आलो थियो। घटस्थापनाको अघिल्लो दिन दागिएको गोलीले मरेका ती पुलिसहरुलाई शहीद घोषणा गरेको सुनिएन। तीन मध्ये एउटा कालको मुखवाट फिर्ता आएको थियो क्या रे। उसको परिवारले क्षतिपूर्तिको रकम पायो होला कि पाएन? हामी उग्रताराको मन्दिरतिर लाग्दा, घटस्थापनाको दिन भएपनि, दशैंको रौनक कतै थिएन। मानिसहरु आत्तिएका थिए। कतै उग्रताराकै मन्दिरमा गोलीले मुटु छेडेर शरीरवाट रगतको धारा त वग्ने होइन?

प्रोफेसरको आवाजले म तरंगहरुवाट व्यूझिए“। उनी भन्दै थिए, तिमी भावनाको यात्रामा वहकिए जस्तो छ। म अलिकति हा“से। नजीकैको पसलमा गीत गुंजिइ रहेको थियो– यो सम्भि्कने मन छ म विर्सौं कसोरी। तिमी नै भन...ऐ जाने निठूरी। त्यति नै वेला गीतको मेरो आनन्द प्रोफेसरको खानामा अलमलियो। एउटा जावो मान्छेको मन कति ठाउँमा अलमलिनु पर्ने हो। दाल–भात मुछेर खपाखप खान नसकेपनि प्रोफेसर रोटी खान सक्दछन। रोटी खाइ सकेपछि उनी आफना कुरा सुनाउन हतारिन्छन। उनका कुरा सुन्न डोटी र वैतडीदेखि मानिस आएका छन। उनी भन्दछन – तपाईंहरुको यो देश चमकदार मार्वल जस्तो सुन्दर छ। हेर्नुहोस त, यसमा नीलो, रातो, हरियो, पहेंलो, वैजनी– सृष्टिका सातै रंग टल्किएकोछ। यसको सौन्दर्यलाई सजाएर राख्नुहोस। मार्वल भनेको फूलजस्तो हु“दैन। रंगीन र सुन्दर मार्वललाई फुटाएर त्यसको माला वनाउने कल्पना पनि गर्न सकिदैन। प्रोफेसर भावुक भएका छन। विहानमात्र उनी स्याउले पुगेर आएका हुन। एक्लै र पैदल। त्यसरी एक्लै हिंडदा कतैवाट गोली आएर उनको कन्चट छेडेको भए के हुन्थ्यो होला? आतंकको एउटा कुरुप तस्वीर मेरा आँखा अगाडि तेर्सिन्छ। म कहालिन्छु।

सा“झ मौसमको महकमा चुर्लुम्म डुवेको ड“डलधुराको आ“गनमा हामी गफ गर्दैछौं। दुइजना महिला मेचको सर्किलवाट अलिकति वाहिर परेका छन। छाउपडी भएका छन दुवै महिला। पहिली खिरिली महिला भन्दछिन – छाउपडीको विरोधमा वोल्न थालेको त दश वर्षै भयो। कसो कसो मनले मान्दैन। आफू छाउपडी भएका वेला अलिकति हटेरै वसिदो रहेछ। अर्की महिलाका आँखामा गजवको आकर्षण छ। उनी केही नवोलेरै धेरै वोल्दछिन। समय युध्द र शान्तिका वीचको दोधारमा उभिएका वेला मौनताको भाषा नै वढी प्रभावशाली हुन्छ।

त्यो सा“झ भने मौनताको भाषा प्रभावशाली भएन। कतैवाट एक्कासी एउटा मानिस आंगनमा आइपुग्यो र कराउन थाल्यो– तिमी छाउपेडी नकच्चेरीहरु। तिमीहरुले नै हैन मेरो सानेलाई पोलेका? अहिले शान्ति शान्ति भनेर साखुल्ले भएकी छ्यौ। सानेले यसो गर्यो उसो गर्यो भनेर एउटीले दहवन व्यारेकमा तिम्रा नाठा मेजरलाई कुरा लगाउने, अर्कीले माओवादी गुहारेर साने त मेजरको मान्छे भनेर चर्काउने। अनि तिमी पन्च भलाद्मी भै खाका जा“ठाहरु सानेको लासमाथि मुचुल्का टा“सेर आउने। मेरो सानेको लासको पा“चलाख आउँछ चूप लाग भन्ने कुकुरहरु हैनौ तिमेरु? साला, वुझ, यो छत्रे छोराको लास वेचेर पैसा कमाउने मान्छे होइन। यी पाखुडामा काला पहाड उचाल्ने तागत अझै वा“की छन क्या। तिमेरुका धम्कीले वोल्न डराउने मान्छे होइन। तिमेरु सालाहरुको यो शान्ति प्रक्रिया भत्ता प्रक्रिया हो। आफनै भाइ छोराको रगत पिएर वा“च साला नामर्दी लोग।

मेचको सर्किल वनाएर वसेका मानिसहरु छटपटिन थालेपछि पनि छत्रे कराउन छाडेको छैन। केही वेर कराएपछि उ कराउँदै विस्तारै वाहिरियो। वेला वेलामा उ धेरै नेताको नाम लिदै थियोः माधे, शेरे, गिरिजे, प्रचण्डे...

मैले प्रोफेसरको अनुहारतिर हेरें। उनी जिल्ल परेका थिए। भाषामा केही वुझिदैन भने त्यसको भावले चाहिने जति अर्थ वुझाउँछ। मानिसको आवाज लाटो हु“दैन। आवाजले एकप्रकारको आनन्द र एकप्रकारको पीडा दुवै दिन्छ। मलाई थाह थियो, प्रोफेसरले छत्रेका शव्दहरुवाट आनन्द लिएका थिएनन। उनले छत्रेको आक्रोश र पीडाको त्यो भाषा राम्ररी वुझेका थिए। उनको आँखा अगाडी छत्रेको मनको घाउ फुटेर निस्केको रगतको भल वग्दै थियो।

© Kishore Nepal. All rights reserved.