Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

हिसि हराएको शहर

आत्महत्या होइन, हाराकीरी। आत्महत्या सोझो र सपाटहुन्छ। एकदुई तीखा शव्दहरु मनको भित्री तहमा गडेपछि जव मानिस असह्य वेदनाहरुले छटपटाउन थाल्दछ, त्यसवेला भावनाको अतिरेकमा आफनो घा“टीमा आफै सुर्किने कस्न थाल्दछ। हिजो विहानमात्रै, एकाविहानै, घाम भुल्किनसम्म पनि नपाउँदै, भर्खरै जवानीको सीमाना छुन लागेकी शहरकी एउटी केटीले आफनै कोठाको दलिनमा घा“टीमा पासो लगाएर आत्महत्याको प्रयास गरी। काठमाडौंमा अव दलिन राखेर वनाइएका आवासीय घरहरुमा रमाउनेहरु वा“की नै कति छन र? पूर्वको इच्छुमती र पश्चिमको विष्णुमतीलाई काठमाडौं शहरको सा“ध सीमाना मान्नेहरुको पुस्ता टुंगिइ सकेको छ। घरको मूल ढोकाको दाया“–वाया“ वनाइएका खोपामा राखिएका गणेश र भीमसेनलाई अक्षता चढाएर भरेङ उक्लि“दै गरेकी केटीकी आमाको आँखामा पासोको त्यो भयानक दृश्य नपरेको भए त्यो एउटा यौवन अकस्मात आएको आ“धी अचानक रोकिएजस्तै गरी रोकिन्थ्यो। भरेङ उक्लिदै गरेकी आमा त्यो दृश्य देखेर आत्तिएकी थिइ। उसको हातवाट खोपाको भीमसेनलाई नित्य जल चढाउने करुवा खसेर भरेङमा गुडेको थियो...टन, टन, टन।

आवाजले उ झन आत्तिएकी थिइ। त्यो तीन पुस्ता पुरानो करुवाको टुटी फुस्कियो कि के हो?

“कुन्या सु ह“?” माथि वुईंगलवाट आवाज आएपछि जवाफमा उ चिच्याएकी थिई, “क्वहां वय, याकन...” आवाजसंगै भरेङवाट आधा दर्जन पाइला तल ओर्लिएका थिए। काठमाडौं एउटा हाराकीरीवाट जोगिएको थियो।

शहरमा घरका मूल ढोकामा वस्ने गणेश र भीमसेनहरु विस्थापित हु“दै गएकाछन। शहरको आधाभन्दा वढी घना वस्ती शहर वाहिर सरी सकेकोछ। वस्तीहरुसंगै स्थानीय अरनिकोहरु पनि विस्थापित भएका छन। नयाँ वस्तीका घरहरुमा गणेश र भीमसेनको आवश्यकता नै पर्दैन। धर्म निरपेक्ष समाजमा देवताहरुको निरपेक्षता अस्वाभाविक होइन। तताजुले रक्सी वनाउने पुराना घरका वुईंगलहरु रेडवुलका गोदाम वनेका छन। घरका दोस्रा र तेस्रा तल्लाहरु व्राज र लिंगरिजका शो रुम वनेका छन। स्थानीय भाषा र संस्कृतिका अभियानहरु निरन्तर चलेका छन। चर्को ध्वनि–प्रदूषणले गर्दा वोलचालका स्थानीय भाषाहरु सुनिन छाडेका छन। अंग्रेजी भाषामा अर्थ नखुलाइ वोलिएको एक्लो भिन्तुना शव्दले अर्थ दिन छाडी सकेकोछ।
त्यो एउटा देशेमरु झ्या कसोकसो सुरक्षित राखिएकोछ फलामे ग्रीलका कुरुप पिंजराभित्र। काठमाडौंको पूरै संस्कृति हनुमान ढोकाको एउटै आंगनमा गज्यांग गुजुंग थुप्रिएको छ। तान्त्रिक परम्पराका शक्तिशाली देवता काल–भैरवको अवस्था शहरको ट्राफिक व्यवस्थापनमा लागेका प्रहरीहरुको भन्दा पनि दयनीय छ। तै पनि, हामी दन्त्यकथा वनी सकेका गौरवपूर्ण इतिहासमा रमाउन छाडेका छैनौ। अवको केही समयपछि त यो संस्कृतिले नै पनि आफनो गौरवशाली समयको वर्णन सुन्न केही शताव्दीपछिको सम्भावित उत्खननलाई पर्खिनु पर्नेछ। कति शताव्दी? सत्यमोहन जोशी र साफल्य अमात्यहरुले आगामी त्यो समयको पहिचानगर्न सक्दछन कि?

हाराकीरी – आत्महत्याको एउटा विभत्स रुप हो। वादशाहको सेवा गर्दागर्दै पराजित भएको जापानी समुराइले पराजय र त्यसवाट उत्पन्न भएको अपमान र ग्लानीका विरुध्द हाराकीरी गरेजस्तै काठमाडौले आफनो पेटमा आफैं खन्जर प्रयोग गरेर छताछुल्ल आन्द्रभु“डी निकाली सकेको छ। काठमाडौ अव त्यो काठमाडौं छैन जहा“का साहूनीहरुले तीनतला माथिको वुईंगलवाट तल सडकमा कोपरा घोप्ट्याउँदा आफनै तालमा हिंडी रहेको कुनै ग्रामीण वटुवाको कमीज भिज्ने गर्दथ्यो। वटुवा केहीवेर टक्क अडिन्थ्यो र तीनतलामाथि आँखा तान्दै सोध्दथ्यो, “चोखो हो?” माथिवाट जवाफ आउँथ्यो, “च्व खः।” जवाफले सन्तुष्ट वटुवालाई “चोखो” अर्थात पवित्र र “च्व खः” अर्थात पिसाव वीचको अन्तर जानी रहनुपर्ने आवश्यकता नै थिएन।
अहिले पनि विलुप्त भएको छैन काठमाडौंको त्यो कोपरा–सभ्यता। कोपरा पोर्टेवल टोइलेट हो। अहिले शहर त्यसैमा रमाइ रहेकोछ। चोखो र च्व खः वीच कुनै दूरी वा“की रहेको छैन। किचन र टोइलेटवीचको आधा मिटरभन्दा कम दूरीमा शहर हा“सी रहेको भेटिन्छ। शहर नाची रहेको देखिन्छ।

धेरैपछि, मरु गणेशवाट छिरेर, काठमाडौं शहरको पश्चिमी भागहरुलाई नियाल्दा लागेको थियो, काठमाडौंका केही चरित्रहरु अहिलेपनि यतातिर लुकेर वसेका होलान। त्यहा“ त्यस्तो केही थिएन। शहरका नामूद छोयला वजी पसलहरु मध्ये केही नेवारी खाजा घरका नामले चिनिन थालेका थिए। अरु केही साइवर क्याफे र डिभिडी पसलमा रुपान्तरित भएका थिए। महानगरपालिकाको टिपर विग्रिएको कारणले मात्रै एक सातादेखि थुप्रिएको फोहोरको थुप्रो नजीक एक हूल केटाकेटीहरु झालमुरीको स्वादलिंदै शीलाकी जवानीमा रमाइ रहेका थिए। शहरको सर–सफाईको अनुगमनगर्न कहिल्यै कुनै सरकारी अनुगमन टोली नआएको यो वस्तीमा महानगरपालिकाले एउटा वोर्ड झुण्ड्याइ दिएको थियो, “वासी, सडे गलेका र झिंगा भन्किएका खानेकुरा नखाऔं।” वर्षौंदेखि टोलमा तीन कवलको पसल थापेर रफ्फू र रंगाईको कामगर्दै आएको रहीम वक्सको छोरो पुस्तैनी पेशा त्यागेर झालमुरीको व्यापारमा लागेको थियो। झालमुरीको उसको पोर्टेवल पसल त्यही वोर्डको मुनी थियो। रहीम वक्सले आफनो पसलको दुइवटा कवल भाडामा लगाएको थियो। किनभने, रहीमका लागि एउटा कवल नै पर्याप्त थियो रफ्फू रंगाइको विजनेसका लागि। छेउको पसल खूव चलेको थियो। किनभने, छेउछाउमा सवै खालको रक्सी पाइने यो वाहेक अर्को कुनै कोल्डस्टोर थिएन।

वांगेमुढाको छेउतिर पनि अलिकति काठमाडौं वा“की थियो। तर, सडकको मोडमा रहेको चन्द्रमान साहूको त्यो पुरानो किराना पसलको अस्तित्व मेटिइ सकेको थियो। जाइफल र जीराका लागि प्रसिध्द रहेको त्यो पसलमा कोला र आइसक्रिमहरुले घेरिएर वसेकी साहूनी चन्द्रमानकी छोरी नै थिइ– चन्द्रमाया“ साहूनीकी ठ्याक्कै डुप्लिकेट। चन्द्रमाया“ कपाल कोरेपछि गुनकेशरीको एक थुंगा फूल आफनो जुरोमा सिउरिन्थिन र त्यसलाई का“टाले च्याप्थिन। उनकी छोरीलाई शहरको प्रतीकका रुपमा रहेको गुनकेशरी फूलको पहिचान नै छैन।
चन्द्रमाया“ किराना पसलको पहिलो तलामा ठूलो र गोलो चकटी ओछ्याएर वस्ने गर्दथिन। शहरको एउटा एक्सक्लुसिव वार जस्तै थियोे चन्द्रमाया“को यो गुप्ती पसल। गुप्ती किनभने यो पूरै सार्वजनिक थिएन। लिमिटेड एडिसनका नामले उत्पादन गरिने व्हिस्कीको वोत्तल जस्तो थोरै मानिसको मात्र पहू“च थियो यो तुच्चा छेंमा। हाकु छोयला र व“ वनाउन ओस्ताद थिइन चन्द्रमाया“ साहूनी। पाव्लो नेरुदादेखि निर्मल वर्मासम्म – सयौं कवि र लेखकहरुको चर्चा हुन्थ्यो प्रत्येक सा“झ। पीरो हाकु छोयलाको स्वादसंग तीखो कविता। नयाँ नयाँ विम्व र प्रतीकको खजाना खुल्दथ्यो। रात शुरु भै सकेपछि कविता र कथाका परिकल्पना र थीमको कुम्लो वोकेर लठारिंदै निस्किन्थे साहित्यकारहरु।

चन्द्रमाया“को घरसंगै जोडिएको अर्को एउटा घरमा तमाखु पसल थियो चन्द्रमानको भाईको। उसकी भाइ वुहारी राममाया“ तमाखु वेच्नमा भन्दा कतिवेला को आउला र पानी मांग्ला भन्ने ध्याउन्नमा हुन्थिन। पानी खाउँ न साहूनी, मुखवाट आवाज झर्नपनि नपाउँदै उनी ढलोटको चम्किलो करुवामा पानी लिएर मानिसका अगाडि उभिइ हाल्दथिन। तिर्खाएका मानिसलाई पानी पिलाउँदा धर्म हुने मान्यता वा“की रहेपनि त्यो मान्यता अव स्मृति–भ्रम भै सकेको छ। शहरमा पानीको अभाव र चाप वढेपछि राममाया“की वुहारी सत्यप्रियाले पानीको व्यापार शुरु गरेकीछिन। एक लिटरको वीस रुपैया“। एक जारको दुइसय वीस रुपैया“।

यो त हाराकीरी नै हो काठमाडौंको। काठमाडौंले धेरैलाई उदारतापूर्वक जीवनको वरदान दियो। आफू अपमानित भएर पनि सवैको सम्मान गर्यो। दुनिया“का सारा सभ्यताहरुलाई समेट्दा समेट्दै कतिखेर यो हाराकीरीको अवस्थामा पुग्यो? कसैले पनि थाह पाएन। शहरहरु विस्तारहु“दा सभ्यता मासिदैन। काठमाडौंको हकमा भने यसको उल्टो भएकोछ। शहरका प्रसिध्द जात्राहरुहेर्न कुनै रेष्टुरा“ धाउनुपर्ने, काष्ठकलाका प्रसिध्द नमूनाहेर्न कुनै डिलक्स होटलको आंगनमा पुग्नुपर्ने र चौरमा पलेंटी मारेर रमाउने लप्ते भोय्का लागि पार्टी प्यालेस खोज्नुपर्ने जस्ता विसंगतिले काठमाडौंको व्यक्तित्व ताछेकोछ। काठमाडौं एउटा ठूलो दहवाट ठूलो शहर र ठूलो शहरवाट हाराकीरीको टापू सावित हुन थालेको छ। कुनै मूर्ति नभएको काष्ठमण्डपमा पहिचान विनाका अनेकन मूर्तिहरु थुपारिएका छन। समावेशी शव्द जतिसुकै फैलिएपनि शहर घोर संकुचनको जालोमा जेलिदै गएकोछ।

“गानो गोलामा, धातु वगेकोमा, अमिलो पानी आएकोमा, वात र पित्तमा – ल आयो, महाऋषि धन्वन्तरीको अचूक फर्मुलामा हाम्रो आफनै कारखानामा शुध्द हिमाली जडिवुटीवाट तयार पारिएको यो औषधि तातोपानी वा मन तातो दूधसंग राति सुत्ने वेलामा पिउनु होस र खटिया तोड शक्ति आर्जन गर्नुहोस,” तासका आधा दर्जन चटक देखाइ सकेपछि औषधिको चटके प्रचारक डमरु वजाउँथ्यो। टुंडिखेल तालीको गडगडाहटमा डुव्दथ्यो। अहिले प्रचारवाट डमरु हटेको छ र पनि शैली उस्तै छ। मानिसहरुको उर्लिदो भीडमा चटके विक्रेता र ग्राहकहरु मध्ये को वढी छन? संख्याको ठेगान लाग्नसक्ने त अवस्था नै छैन। हाराकीरीपछि पनि काठमाडौं टुक्रा टुक्रा अस्तित्वमा जसोतसो वा“चेको छ निस्सासिदै। हृदयहीन मानिसहरुको कृतध्नताले पटक पटक घाइते भएर पनि उसलाई कुनै असर पारेको छैन। उसले त हाराकीरी गरी सकेकोछ।

के हुन्थ्यो काठमाडौ शहर मात्रै भएर राजधानी नभएको भए? यो खाल्डोवाट राजधानी अन्यत्र कतै सरेको भए सम्भवतः राजनीतिक नेताहरुले यसलाई मृत शहर घोषित गर्ने थिए होलान। घोषणा गर्दैमा कुनैपनि जीवित संस्कृति र सभ्यता मर्ने भए संसारका धेरै शहरहरु खण्डहरमा परिणत भै सकेका हुन्थे। राजनीतिको पनि केन्द्र नभइ दिएको भए निरन्तरका प्रतिघातहरुवाट जोगिन्थ्यो काठमाडौं संस्कृति। केन्द्रिय राजनीति र राजधानीको अतिरिक्त भारी वोकेकै कारण यसले अहिलेको जस्तो अपयशहरुको भारी वोक्नु पर्दैनथ्यो। सारा देशको शोषण गरेर आफूलाई मात्र सिंगारेको र सजाएको दोष खेप्नु पर्दैनथ्यो। नेपाल जित्ने वित्तिकै पृथ्वी नारायण शाहले राजधानी वोकेर गोर्खा नै लगेको भएपनि के विग्रिने थियो र काठमाडौं शहरको? कहाँनिर जोडिएको छ र काठमाडौ राजधानीसंग? राजधानीको ढल र फोहोर, कुण्ठा र निरासा, घात र अन्तर्घात वेहोर्दा वेहोर्दै हाराकीरी गरेको छ काठमाडौं शहरले। राजधानीका झूठा र फोस्रा आश्वासनहरुले निस्लोट परेको काठमाडौं आफैले गरेको हाराकीरीपछि छताछुल्ल भएका  आन्द्राभू“डी कुहिएर फैलिएको वीष लागेर मरेका मानिसहरुको असंख्य लास सकी नसकी घिसार्दैछ। राजधानीमा प्रति महिना औसत पा“चसय मानिस ट्राफिक दुर्घटनामा परेर मर्ने गर्दछन।

काठमाडौं आफना सम्पूर्ण सभ्यता र संस्कृतिहरु सहित छर–छिमेकका गाउँसंग आवधिक हिसावले भाडामा लिइएका विभिन्न डम्पिंग साइटहरुमा गाडिएको छ। त्यो हिसी परेको समुद्रजस्तै लाग्ने काठमाडौं अव कहाँ वा“की छ र?

© Kishore Nepal. All rights reserved.