Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

सिमलको भुवाभित्र, अलमलमा जीवन

हामी पन्ध्र हजार एकसय मिटरको उँचाइमा उडनेछौं...हवाइ जहाजले गति लिंदैछ। आठसय किलोमिटर प्रतिघण्टा। सीटको माथिल्लो भागमा केही अक्षरहरु चम्किइ रहेका छन। फासेन योर सीट वेल्ट। नत्रभने उछिट्टिने डर हुन्छ। उछिट्टिए पनि कतै पुगी हाल्ने होइन नि। नो स्मोकिंग– अक्षरहरु चम्किइ रहेका छन। कति अविश्वासी हुन्छ मानिसको जात। एकछिन अघिमात्र तीन तीन ठाउँमा पूरै खल्ती टक्टक्याएर सलाई लाइटरको चेक जा“च गरी सकेपछि पनि के भनेको होला यो – सम्पूर्ण उडान अवधिभर धूम्रपान नगर्नु होला। अनि, यो पन्ध्र हजार मिटरमाथि कुन नेटवर्कले काम गर्ला र मोवाइल प्रयोगगर्ला मानिसले? कतै टावरको टुप्पो देखिइ पो हाल्छ कि। जहाजको झ्यालवाट चियाउन खोज्दछु। आँखालाई जतिसुकै धर्तीतिर ओराले पनि संसारलाई चियाएर हेर्न सकिदैन यो सानो झ्यालवाट। पन्ध्र हजार मिटरमाथि सिमलका भुवाजस्तै छरिएका वादलका समूहभित्र छिरेपछि मानिस आफैसंग रत्तिन थाल्दो रहेछ एकोहोरो, एकनासले।

आँखामा अलिकति पनि निद्रा नभएका वेला कहिल्यै तिमी लोलाएकी छौ? छेउमा वसेकी केटीलाई म सोध्न चाहन्छु। उ हान सुइनको किताव पढदैछे– माउण्टेन इज योंग। वाह, क्या किताव छ। इरोटिका। हवाइ जहाजमा चढेको वेला माउण्टेन इज योंग पढनुको मजा अर्कै छ। वे अप, वे अप। पढदा पढदै उ झ्यालवाट अलिकति चियाएर आकाशको रंग हेर्न खोज्दछे। उसको आँखामा हिमाल ठोकिन्छ, माउण्टेन इज योंग। डोण्ट डिस्टर्व हर।

म जागृत अवस्थामा थिइन। निंदाउनु र व्यू“झिनु वीचको भूमरीमा मेरा आँखाका नानीहरु घुमी रहेका थिए। भरेंगको टाउकोमा उभिएर चुरोट तान्नुका आफनै मजाहरु हुन्छन। अचेल पिटर यो कुनामा आउँदैन। उतै कुनामा हतार हतार चुरोट तान्दै उभिएको देखिन्छ। उ पनि प्रत्येक ठाउँ प्रत्येक मान्छे जस्तै हो। अर्थात म जस्तै। हान सुइन जस्तै। हान सुइनले हाम्रो देशको राजाको राज्याभिषेक हेरिन। हामीले पनि हेर्यौं। उनले हेरेको र हामीले हेरेको राज्याभिषेक फरक फरक थियो। अव शायद कसैले त्यस्तो राज्याभिषेक हेर्ने मौका नपाउला। नभए प्रत्येक पा“च वर्षमा वसन्तपुरको डवलीमा राज्याभिषेक समारोहको टिकट शो गरे हुन्छ नि। ग्रीन डलरका लागि टुगेदर वीथ टुरिज्म। पर्यटकहरु रमाउन पाउने थिए आफनै सन्तान दर सन्तानको रगतको खोलो वगाएर शासनगर्ने वंशको राज्याभिषेक समारोहमा।

सेतो वादलको वीचवाट हान्निदै एउटा वाक्य आयो र गोली जस्तै मेरो कानमा पस्यो – औषधि खाइस तैंले? आवाजमा स्नेह थियो। स्नेह होइन, माया“। स्नेह त पातलो पो हुन्छ। त्यसले सम्वन्धलाई खास अर्थमा व्याख्या नै गर्न सक्दैन। माया“को यो आवाज मेरै थियो। मैले नै दिएको थिए“ यो आवाज र आकार उसलाई। त्यसपछि उसले त्यो आवाजलाई इन्द्रेनी रंगमा डुवायो र त्यसमा कूची चोपेर विस्तारै अरु आकारहरु वनाउन थाल्यो। उसले सवैभन्दा पहिले वनाएको रंगीन आकार उसकै आमाको थियो। त्यसपछि भाईहरु र त्यसपछि पत्नी र छोरा। आफूले वनाएका ती आकारहरुलाई पूर्णता नै नदिइ एक सा“झ उ आफैं गायव भयो। प्रेडिक्टेवल त छ“दै थिएन उ। आफूलाई वाहेक अरु सवैलाई माया“गर्ने अचम्मको स्वभाव थियो उसको। उसको वचेको आकारलाई मैले धुवा“को मुस्लो वनाएर उडाइ दिए“। त्यो धुवा“ पक्कै पनि यो सेतो वादलसंग मिसिएको हुनुपर्दछ।

उसको जन्मको वेला म गीत सुन्दै थिए“, मुनिया“को गीत– चलत मुसाफिर मोह लियो रे पिंजरेवाली मुनिया“। उ जन्मी सकेपछि म लजाएको थिए“। लाज पनि कस्तो। वावुहु“दा पनि कोही लजाउँछ र? जमाना त्यस्तै थियो। त्यसपछि अहिले म लजाएको छु आफैसंग। यो लाज मेरो मानिसको नीरिहताले जन्माएको लाज थियो। एउटा जवान मानिस आगो, धुवा“ र खरानी वन्दैछ। धेरै मानिसहरु मिलेर जीवनको एउटा त्राशदी भोगी रहेको अवस्था छ। धेरै पटक मृत्युसंग साक्षात्कार  गरी सकेको छु र पनि यो एउटा मृत्युले मलाई अभिशापग्रस्त वनाइ दिएकोछ।

मानिस र मूढोमा मृत्युले कुनै विभेद गर्दैन। हामी सनातनदेखि रुखका सुकेका मूढाहरु र चिल्ला खस्रा ढुंगाहरुमा ईश्वरका आकृतिहरु खोप्दै र कु“द्दै आइ रहेका छौं। मूढाहरुमा भावनाका कुल देवता र ढुंगाहरुमा भगवानलाई धूप चढाउने किसिमको संस्कृति छ हाम्रो। हामी ईश्वरको नाममा धूप वालेर त्यसको सुगन्धमा आफै रमाउन चाहन्छौं। मृत्युपछि कपूर र श्रीखण्डले लाशको दुर्गन्ध निमिट्यान्न पारेर शोक मनाउने कस्तो सफेद चलन छ हामीकहाँ। यति धेरै विकास भै सक्यो रे क्या, तर देशमा एउटा विद्युत शवदाह गृहसम्म पनि छैन। त्यो भए नै पनि छ महिना त पावरको अभावमा खिया सुंघेर वस्नेछ त्यो राक्षस। अस्ति भर्खर केही मानिस विद्युत शवदाह गृहको शिलान्यासगर्न मसानघाट पुगेको खवर छापिएको थियो। विचराहरुले त्यो शवदाहगृहको नाममा एकछाक खाना समेत पनि खान पाएनछन। उनीहरुको लागि तयार पारिएको खाना उनीहरुभन्दा भोकाएका मानिसहरुले खाइ दिएछन। आखिर भातको थाल वरिपरि तैरिइ रहेको छ सत्य।

मैले उसलाई विसाइ सकेको छु। अथवा उसले मवाट विश्राम लिइ सकेको छ। तै पनि उसको आवाज पटक पटक कानमा ठोकिइ रहन्छ औषधिको वहानामा। विहान उडनुभन्दा दुइ घण्टा अघिमात्रै म औषधि खाएर उडेको जस्तो लाग्दछ। नखाएको पनि हुन सक्दछ। विर्सिएकोे हुन सक्दछ। टाउको गर्धनसंग जोडिने पछाडिको भाग विस्तारै दुख्न थालेको छ। एकछाक एउटा गोली नखा“दा पनि दुख्न थाली हाल्दछ। न उसको आवाज हराउँछ न मेरो मोह। यो त अव जीवनभर चलीरहने एउटा क्रम हो। इल्युजन अफ माइण्ड। मैले यसपटक हिन्दी भाषामा सम्भि्कए“– उच्च रक्तचाप से वचनेका सौ आसान तरीके। त्यसपछि असहज भावमा टाउको घुमाएर मैले हवाइ जहाजका सवै सीटहरुमा आँखा पुर्याउने चेष्टा गरें। त्यतिवेला मलाइ लागेको थियो, उ पन्ध्र हजार मिटर तल धर्तीमा पो हराएको हो। पन्ध्र हजार मिटरमाथि त उ भेटिन पनि सक्दछ। उ पन्ध्रहजार मिटर माथि नै भेटन सकिने मानिस थियो। पन्ध्रवर्षमा उ शेक्सपियरको ह्याम्लेट पढेर केही शव्दहरुको अर्थ खोज्दथ्यो भार्गव इंगलिश–हिन्दी शव्दकोषमा। तर, यो केटीले जस्तो कितावलाई छाडा फैलाएर निंदाउन सक्दैनथ्यो उ।

छेउमा वसेकी केटी निंदाएकी थिइ। टाउको अप्ठेरोसंग वाया“पट्टि ढल्किएको थियो उसको। हान सुइनको माउण्टेन इज योंग उसको छातीमा जीवन्त देखिइ रहेको थियो। कहिलेकहीं किताव छापिएको कागजको रंग र मानिसको छालाको रंग उस्तै उस्तै देखिन्छ। कागजवाट सेतो चमक उडेपछि त्यो पहेंलिन थाल्दछ। कैलिन थाल्दछ। माट्टिन थाल्दछ। त्यो केटीको छालाको रंगसंग कितावको पानाको रंग दुरुस्त मिलेको थियो।

म झ्याल वाहिर, आकाशको मध्यतिर, त्यो केटीको छालाको रंगसंग मिल्ने वादलको टुक्रा खोज्दैछु। केटी अहिले पनि निंदाइ रहेकी छ। उसको निंद्रालाई कसैले डिस्टर्वगर्न सकेको छैन। निंदाउनु सा“च्चै सुखको कुरा हो। सात दिनमा आधुनिक समयको सवै काठमाडौं घुमी सकेर, सवै ठमेल चाहारी सकेर, सवै स्तुपका मानेहरु घुमाइ सकेर, हान सुइनसंगै माउण्टेन इज योंगका पानाहरुमा उतिवेलाको काठमाडौं भोग्नु र निंदाउनु कति धेरै सुखको कुरा हो।

कुछ ही देरमें हम इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्ट पर उतर रहें हैं, कुर्सीका पेटी वा“ध लिजिये और खाना टेवल वन्द किजिये...विमान विस्तारै ओरालो लाग्न थालेको भान हुन्छ। तर, होइन विमान त झन झन झन झन माथि उक्लिदैंछ। पन्ध्रहजार दुइसय, पन्ध्रहजार पा“चसय, पन्ध्रहजार सातसय। अर्को विमानलाई छड्के हान्न कप्तानले उँचाइको स्पीड वढाएकोछ। उसलाई थाह छ यस्तोमा धेरै यात्रुहरुको मुटु ढुकढुक हुन्छ। उनीहरु महामृत्युन्जयको जपगर्न थाल्दछन। ओंम ह्रीं क्लीं महामृत्युन्जय देवाय नमः। कप्तानले जहाजलाई स्वाभाविक गतिमा ल्याएर ओराल्न थाल्दछ। विस्तारै विमानभित्रको जीवन स्वाभाविक हु“दै जान्छ।

वल्ल आँखा खुल्छ हान सुइनको। उ वाल्ल परेर चारैतिर आँखा घुमाउँछे। त्यसपछि जहाजको सीटको पकेटमा राखिएको आफनो व्यागवाट मिनी व्यूटी कीट र लिपस्टिक निकाल्छे। त्यसलाई त्यतिकै थन्क्याएर इमिग्रेसनको फर्म टिप्छे। उसलाई थाह भै सकेको छ  केही वेरमा विमान इन्दिरा गान्धी विमानस्थलमा उत्रिदैछ। उ अलिकति हा“सी भने राम्रो हुन्छ – मनमनै म मनको कुरा सम्भि्कन्छु। उ म तिर फर्केर सा“च्चै हा“स्छे र कलम मांग्छे।

मेरो आँखा एकपटक फेरी जहाजको झ्यालवाट वाहिर चम्किन्छ। सेता वादलहरुको सीमा सकिदैछ। मेरा आँखा जवर्जस्ती काला वादलहरुमा केन्द्रित हुन थालेका छन। तर यी काला वादल होइनन। तुवा“लोका धव्वा मात्र हुन। मानिस र प्रकृतिले आ–आफना सीमाहरु नियन्त्रणमा लिइ सकेका छन। मानिस वस्न त सिमलका भूवाजस्ता वादलहरुको भीडमा नै रमाएर वस्न चाहन्छ। त्यो एउटा कल्पना मात्रै हो। यथार्थ त चार वजेको समयमा पनि ४३ डिग्रीवाट तल ओर्लिन नचाहने तातो हावा हो। ओर्लिदा ओर्लिदै जहाज एकपटक नराम्रोसंग वहकिन्छ। जहाजको सात नम्वर सीटमा वसेको एउटा केटो अचानक ताली वजाउन थाल्दछ। मानिसहरु उसको मुख हेर्न खोज्दैछन।

जहाजले रनवे काटी सकेकोछ। हान सुइनको आवाज पर्दछ मेरो कानमा, एक्स्क्यूज मी। म उतिर फर्किन्छु। उ मेरो हातमा कलम थमाउँदै भन्छे, थ्यांक यू। यात्रा सकिन्छ। होइन, या त यात्राको प्रारम्भ मात्रै हो। अहिले त यात्रा शुरुमात्रै भएको छ।

यसले काल भैरव र देशयामरु झ्या हेरी कि हेरिन? कुनै दिन हामीले राज्याभिषेकको टिकट शो गर्यौं भने यसलाई वोलाउनु पर्दछ। वसन्तपुरको डवलीमा कुमारीसंग यसले तेलकासा खेल्नु पर्दछ। किनभने यसले हान सुइन पढेकी छ। इमिग्रेसनवाट वाहिर निस्किदासम्म हामीसंगै थियौं। त्यसपछि उ कता लागि मैले थाहै पाइन। किनभने मेरा आँखाहरु पर देखिएको मेरो आफनै आकारलाई पछ्याइ रहेका थिए। उ त्यहा“ त्यतिखेर मुसुक्क हा“सेर उभिएको आभाश दिइ रहेको थियो। नियति, म आफना अभिशापग्रस्त पाइलाहरुले उसलाई जीवनभर पछ्याइ रहन वाध्य थिए“।

© Kishore Nepal. All rights reserved.