Deprecated: Non-static method JApplicationSite::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/templates/kishore/lib/framework/helper.layout.php on line 117 Deprecated: Non-static method JApplicationCms::getMenu() should not be called statically, assuming $this from incompatible context in /home/kishoren/public_html/libraries/cms/application/site.php on line 250

माओवादीमा विवाद र कांग्रेसको संशय

दृष्टिकोणमा विवाद र सहमतिको खोजी बहुलवादी राजनीतिको मुख्य र मौलिक चरित्र हो । विभिन्न सामाजिक, आर्थिक र सांस्कृतिक विषयहरूमा राजनीतिक दलहरूले आआफनै दृष्टिकोण निर्माण गरेका हुन्छन् । यी दृष्टिकोणबीचका घर्षण लोकतान्त्रिक राजनीतिको स्वाभाविकता हो । संसारको सबभन्दा शक्तिशाली मानिने अमेरिकाको लोकतान्त्रिक पद्धति समकालीन राजनीतिमा सबभन्दा प्रभावकारी प्रयोग मानिन्छ । किनभने, अमेरिकी लोकतन्त्रले सामाजिक विविधतालाई स्वीकार गर्छ । त्यो देशमा सक्रिय रहेका दुई राजनीतिक दलहरू विश्व राजनीतिबारे पारस्परिक विमति जनाउँछन् । तर, अमेरिकी समाजका आन्तरिक हितमा उनीहरूबीच मतान्तरका बिन्दुहरू ज्यादै कम हुन्छन् । अर्को दलको नीतिको तुलनामा आफ्नो दलको नीति असन्तुलित लागेमा मन परेको नीतिका पक्षमा मतदानको अधिकार सुरक्षित हुन्छ सांसदमा ।

 

नेपालमा दलीय पद्धति यो हदसम्म उदार र प्रभावकारी भइसकेको छैन । प्रजातन्त्र पुनः स्थापनापछिको समयमा राजनीतिक आदर्शवादको अवसान भएको छ । नेताहरूले सैद्धान्तिक चिन्तन, लक्ष्यप्रतिको एकाग्रता र दलीय पद्धतिको विकासमा भन्दा सत्ताको केन्द्र कब्जामा लिने एक मात्र ध्येय राखेको देखिन्छ । सत्तामा नगएसम्म जनताका हितमा केही गर्न सकिँदैन भन्ने मान्यताले व्यापकता पाएको छ । नेताहरूको नियतमा कुनै खोट नभए पनि उनीहरू कुण्ठाग्रस्त देखिन्छन् । यो अवस्थामा राजनीति नै प्रयोगको अवस्थामा छ । यसको संस्थागत लोकतान्त्रिक चरित्र स्थापित नभइसकेको देशमा उदार र लोकतान्त्रिक प्रभावकारिताको आग्रह राखिनु पनि हुँदैन ।

देश गणतन्त्रको अवधारणामा प्रवेश गरे पनि पद्धतिहरूको विकास हुन बाँकी नै रहेकाले त्यसको सक्रिय र व्यावहारिक प्रयोगका लागि अझै लामो समय पर्खिनुपर्ने अवस्था छ । पहिलो त, गणतन्त्र संस्थागत गर्न विभिन्न विचारको प्रतिनिधित्व गर्ने दलहरूबीच सहमतिको निर्माण नै कठिन बनेको छ । दोस्रो, राजनीतिमा क्रियाशील तीन प्रमुख दलमध्ये पछिल्लो एकीकृत माओवादी मात्र गणतन्त्रपछिको लोकतान्त्रिक अभ्यासमा सक्रिय भएको नयाँ दलका रूपमा देखिएको छ । तेस्रो, स्वयं एकीकृत माओवादी र अन्य दुई प्रमुख दल नै आआफ्नो राजनीतिक वर्चस्वका लागि आन्तरिक किचलोमा अल्मलिएका छन् । आन्तरिक किचलो विवादका रूपमा रहेसम्म त समस्या उत्पन्न हुँदैन । यसले द्वन्द्वको रूप लियो भने पद्धति निर्माणको प्रक्रिया सुरु नै हुन सक्दैन ।

भर्खरै सकिएको समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवार छनोट प्रक्रियाले सबै दलभित्र चरम असन्तोष जन्माएको छ । पुराना र अनुभवी मानिएका कांग्रेस-एमालेको राजनीति परम्परागत ढाँचासँग जोडिएकाले ती दलभित्र आन्तरिक किचलोले ठूलो रूप लिने सम्भावना कम छ । यी दुवै पार्टीमा संस्थागत संरचना चाहने असन्तुष्ट समूह असन्तोषको आगो ओकलेर थन्किने छ । तर, युद्धको पृष्ठभूमिबाट चुनावी प्रक्रियामा आएको एकीकृत माओवादीका लागि आन्तरिक किचलो पन्छाउनु सहज देखिँदैन । त्यस पार्टीमा यो किचलो नेतृत्वको मूल प्रश्नसँग जोडिएको छ ।

माओवादीभित्र दोस्रो संविधानसभाको चुनावभन्दा धेरै अघिदेखि किचलो सुरु भएको हो । कम्युनिस्ट पार्टीहरू ससाना शब्द र वाक्यका आधारमा समेत विभाजित हुने परिपाटी छ । शान्ति-प्रक्रिया प्रारम्भ भएदेखि उपाध्यक्ष बाबुराम भट्टराई अध्यक्ष प्रचण्डका अनन्यतम सहयोगीका रूपमा देखा परे । सिक्लेसबाट बालुवाटार अवतरण नगरेसम्म दुवै नेता पहिले होटलमा र त्यसपछि खुसीबँुस्थित हेडक्वार्टरमा सँगै बस्न थाले । अध्यक्षसँग भट्टराईको घनिष्ठताले पार्टीभित्र तनाव र तानातान उत्पन्न भएपछि भट्टराई स्वतन्त्र रूपले अलग बस्न थाले । तर, तनावको कारण यति मात्र पक्कै थिएन । समय क्रमसँगै माओवादी पार्टीभित्र नेताहरूबीच विवाद चर्किन थाल्यो । 'प्रचण्डपथ' का निर्माता तथा सिद्धान्तकार वरिष्ठ उपाध्यक्ष मोहन वैद्य 'किरण' नेतृत्वसँग असन्तुष्ट देखिए । असन्तुष्टि बढ्दै गएपछि लामो दूरीदेेखिका मतभेद पन्छाएर वैद्य र भट्टराई निकट हुन थाले । धोवीघाटमा पार्टीका तीनै जना उपाध्यक्षहरूले जसरी नेतृत्वलाई नंग्याए, त्यो माओवादी पार्टीभित्र अचिन्त्य खालको घटना थियो । धोवीघाटको परिणामस्वरूप भट्टराई देशको प्रधानमन्त्री भए भने पार्टीका सम्मानित नेता किरण बाहिरिन बाध्य भए ।

एकीकृत माओवादीका नेताहरूले वैद्य समूहको सांगठनिक प्रभावबारे जेसुकै दाबी गरे पनि उनको बहिर्गमनको असर पछिल्लो चुनावमा हार-जितको अंकगणितमा त निणर्ायक देखियो नै, माओवादीको आन्तरिक राजनीतिमा पनि यसले विभिन्न समूहबीच शक्तिसन्तुलनको अवस्था रहन दिएन । यतिबेला पार्टीका दुवै उपाध्यक्ष नेतृत्वको विरोधमा लागेका

छन् । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ 'प्रकाश' को विरोध नरम सुनिएको छ । उनको असन्तोषको वृत्त साँघुरो छ । डा. बाबुराम भट्टराई भने कडा रूपमा प्रस्तुत हुँदै छन् । अध्यक्षलाई किनारामा राखेर आपै+m अध्यक्ष हुने उनको चाहना त स्पष्ट नै छ । भट्टराईको व्यक्तित्व दुई प्रकारका आत्मरतिबाट सम्मोहित रहँदै आएको देखिन्छ । आफूजस्तो उच्च शिक्षित र दुनियाँका आर्थिक धारहरूको जानकारी राख्ने अब्बल नेता पूरै माओवादी पार्टीभित्र छैन भन्ने गौरवभाव निकै बलियो छ उनमा । शान्ति-प्रक्रियाको वैचारिक रणनीति निर्माणमा आफ्नो योगदान बढी रहेको छनक दिन उनी चुक्ने गरेका छैनन् । माओवादीमा उनीजस्तो बौद्धिक व्यक्तित्व अर्को नहोला पनि । तर, शान्ति-प्रक्रियामा दिएको 'वैचारिक योगदान' मा उनको दाबी लाग्दैन । पार्टी उपाध्यक्षको काम नै अध्यक्षलाई सघाउनु हो । कुनै पनि व्यक्तित्वको वैचारिक स्रोतका रूपमा काम गर्ने कसैले पनि यस्तो दाबी गर्दैन । चिनियाँ कम्युनिस्ट पार्टीमा चाउएन लाई कूटनीति र शासन-प्रशासनका मामिलामा माओत्से तुङभन्दा प्रखर र दक्ष थिए । तर, उनले त्यसको जस खोजेको कहिल्यै सुनिएन ।

चुनावमा पराजयपछि एकीकृत माओवादीभित्र सुनिन थालेको विवाद र गनगनलाई केही माओवादी नेताहरू निणर्ायक हुने बताइरहेका छन् । भट्टराईले पार्टीका आन्तरिक समस्या र चुनौतीबारे राख्दै आएका वैचारिक अवधारणा प्रकारान्तरले वैचारिक कम र महत्त्वाकांक्षी बढी देखिन्छ । उनले यसलाई लुकाएका पनि छैनन् । जतिबेला सबै दलहरू माओवादी अध्यक्षसँग अघिल्लो संविधानसभाको म्याद थप्ने सहमतिमा पुग्दै थिए, त्यतिबेला चुनावको मिति घोषणा गरेर भट्टराईले अध्यक्षतिर तीरको निसाना ताकेका हुन् ।

एकीकृत माओवादीभित्र उठ्न थालेको नेतृत्व परिवर्तनको विवाद अस्वाभाविक पनि होइन र अन्यथा हिसाबले हेर्नु आवश्यक पनि छैन । यो एकीकृत माओवादीको नितान्त आन्तरिक समस्या हो । तर, नेतृत्व परिवर्तनपछि पार्टीको एकीकृत स्वरूप रहने छ कि छैन ? जनताको चिन्ता र चासो यतिसम्म मात्र हो । पारदर्शी सांगठनिक संरचना भएका राजनीतिक दलहरूको जस्तो पारदर्शी छैन माओवादी पार्टीको सांगठनिक संरचना । त्यसैले पनि नेपाली समाजमा यो चिन्ता र चासो बढी देखिएको हो । विद्रोहको प्रारम्भकालमा अध्यक्ष प्रचण्डले विभिन्न समूहमा बाँडिएर रहेका विभिन्न विचारका कम्युनिस्ट समूहहरूलाई कसरी जोडेका थिए ? कसरी ती समूहहरू देशको बलियो र एकल विद्रोही शक्तिका रूपमा स्थापित

भयो ? अहिलेसम्म जेजति लेखिएका छन्, तिनको आधिकारिकता स्थापित भएको छैन । माओवादीको वास्तविक इतिहास लेखिन बाँकी नै छ ।

जनताले संविधानसभाको सबभन्दा ठूलो पार्टीका रूपमा चुनेपछि कांग्रेसका नेताहरू माओवादीसँगको आफ्नो सम्बन्ध सहज बनाउन संवेदनशील देखिएका छन् । संविधानसभामा संख्यात्मक आकार ठूलो वा सानो जस्तो भए पनि माओवादीलाई 'वाद' गरेर नयाँ नेपालको नयाँ संविधान लेखिन सक्दैन । लेखियो भने पनि त्यो टिकाउ हुन सक्दैन । तर, स्वर्गीय सभापति गिरिजाप्रसाद कोइराला र माओवादीबीचको सम्बन्धमा रहेको हार्दिकता परिवर्तित समयमा त्यही तहमा रहन सक्दैन । दुई पार्टीबीच वैचारिक दूरी कम हुन सक्छ । त्यसैले पनि, लोकतन्त्रका पक्षधरहरूले माओवादीभित्रको आन्तरिक विवादलाई गम्भीरतासँग हेर्न थालेका हुन् । खास गरेेर, भट्टराईका बारेमा कांग्रेसभित्र चर्को संशय छ । उनी माओवादी नेतृत्वका लागि सक्षम व्यक्ति हुन् कि होइनन् ? कांग्रेसको चासो यसमा देखिँदैन । भट्टराईको व्यक्तित्व कहिल्यै पनि कांग्रेसमैत्री रहेन । अतीतदेखि नै उनको राजनीति कांग्रेस-विरोधमा केन्दि्रत रहँदै आएको छ । शान्ति-प्रक्रियाका बेला भट्टराईको अपि्रय टिप्पणीले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको अपमान गरेको घटना जगजाहेर छ ।

गणतन्त्रको जग भर्खरै हालिएको र लोकतन्त्र संस्थागत नभइसकेको देशले पार्टीहरूभित्रका विवाद, विचलन तथा विघटनलाई थेग्न सक्दैन । पार्टी नेतृत्व चुनावबाट निष्पक्ष हिसाबले स्थापित हुन सक्ने परिस्थिति नबनेसम्म जनताका लागि संघर्ष गर्दै नेतृत्वमा स्थापित भएका नेताहरूको आधिकारिकतालाई जनता-जनार्दनले पत्याउने चलन छ देशमा । त्यसैले विखण्डन ल्याउने खालको विग्रह कुनै पनि पार्टीमा आउनु हुँदैन । विद्रोहबाट आएको एकीकृत माओवादीमा त झन त्यस्तो परिस्थिति आउनु शान्ति र स्थायित्वका पक्षमा हुँदैन ।

© Kishore Nepal. All rights reserved.